सिरहामा चुरे दोहन गरी सडक निर्माण, मुकदर्शक नियामक निकाय

सिरहा। पछिल्लो समय सिरहामा राष्ट्रिय गौरव योजनाको नाममा राष्ट्रिय वन, सामुदायिक वन, खोला , तथा निजि आवादी जग्गाहरुबाट अनियन्त्रित रुपमा ग्राभेल उत्खनन् गरी सडक निमार्ण गर्ने गरेको पाईएको छ। ठेक्केदार कम्पनिहरुले स्थानिय प्रहरी प्रशासन, जनप्रतिनिधि, वनका कर्मचारी, सामुदायीक वनका अध्यक्षलाई आर्थिक प्रभावमा पारी सडक निमार्णका लागी आवश्यक सामाग्रीहरु माटो, ग्राभेल, र वालुवाहरु नजिकैकाे चुरे मासेर भएपनि सडक निमार्ण कार्य गर्ने गरेको पाईएको हो।

 

यसको उदाहरण हो । सिरहाको गोलबजार ननगरपालिका ७ चोहर्वा वजारदेखि वडा नम्वर १० ध्रमपुर घुर्मीघाटसम्म भैईरहेको सडक निर्माणमा चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रबाट वन उपभोक्ता समितिका अध्यक्ष देव कुमार तामाङ, वन कर्मचारी र प्रहरी प्रशासनकै मिलेमत्तोमा ग्राभेल उत्खनन् भैरहेको स्थानियहरु बताउँछन्। स्थानियहरुका अनुसार ‘रातको समयमा वनभित्रै स्काभेटर लगेर सालको रुख ढाल्दै ग्राभेल उत्खनन् गरी टिफरमा ओसार्ने गरेको छ। यो विषयमा नियामक निकाय सवैलाई जानकारी छ तर कसैले चुइक बाेल्दैनन्। वन उपभोक्ता समूहका अध्यक्ष देवकुमार तामाङ त झन आफनै रोहवरमा चुरे उत्खनन् गराउछँन। उत्खननकाे क्रममा ढलेको सालको रुख पनि टिफरमा लोडगरी स्थानिय स–मिलहरुमा विक्रि वितरण गरिएको छ। वनको कर्मचारीलाई जानकारी गराउँदा समेत रुखको विषयमा केहि बोल्दैनन्।

 

स्थानिय प्रमोद कुमार सिंहका अनुसार ‘उपभोक्ता समूहका अध्यक्ष तामाङले नै आफनै निजि जग्गाबाट करीव एक सय टिप माटो तथा ग्राभेल दिएका छन । वनका कर्मचारी, जनप्रतिनिधी सवैलाई जानकारी छ। तर, यो उत्खनन् रोक्न कोही अग्रसर देखिनन्। उनले भने, ‘उत्खनन् को वारेमा हामिले पटक–पटक वनका कर्मचारी, सामुदायीक वनका अध्यक्ष, प्रहरी र जनप्रतिनिधि सहितलाई जानकारी गराएपनि सरोकारवाला निकायले कुनै वास्ता गरेनन्। जिम्मेवार निकाय नै उत्खनन् कर्ताको पक्षपोषणमा लाग्दा प्राकृतिक सम्पदाको अनियन्त्रित दोहनले उत्खनन् भईरहेको वरिपरिका स्थानियहरु त्रसित भएका छन।

 

त्रसित स्थानियहरुले चुरे दोहन बन्द गर्न र उत्खनन् गराउने सामुदायीक वनका अध्यक्ष देवकुमार तामाङमाथी कारबाही गर्न नाम किटान गरी वडा नम्बर १० को वडा कार्यालयमा सामूहिक उजुरी दिएको वडा अध्यक्ष उपेन्द्र मुखियाले जनाए। उनले भने, ‘स्थानियहरुलाई डराई धम्काइ वन नै मासेर ग्राभेल उत्खनन गरेको स्थलगत अनुगमनमा जादा देखिएको छ । यो वडावासिको लागि अत्यन्तै गम्भीर बिषय हो। स्थानीयले दिएको निवेदनको आधारमा सम्बन्धित निकायलाई  दोषी उपर छानबिन गरि कडा कार्यवाही गर्न पत्र पठाइदिएको छु।’

 

संरक्षणको जिम्मा पाएको सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी नै उत्खनन् गराउन सक्रिय रहेको स्थानियको आरोप छ। चुरे चौफाल सातपत्रे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देव कुमार तामाङ्गसंग सामुदायीक वन भित्रैवाट उत्खनन् भईरहेको छ? यो कसरी सम्भव भएको हो? तपाईलाई यसवारे जानकारी छ की छैन? भन्ने प्रश्नमा उनले अल्मलिएर भन्ने, ‘ आफूलाई उत्खनन् बारेमा कुनै जनकारी नै छैन। एकछिन पछि, त्यो त निजि जग्गा हो। यो सडक निमार्णमा मैलेपनि सयौँ टिफर माटो तथा ग्राभेल दिएको छु।’  उनले यहाँ रातभरी वन तथा खोलाबाट उत्खनन् भईरहेको स्विकार गरेका छन ।

 

उनले थपे, ‘यहाँ रात परेपछि वन तथा खोलामा स्काभेटर लगाएर उत्खनन् भईरहेको हुन्छ। यहाँ सवैको मिलेमत्तो छ। मेरो एक्लो प्रयासले त्यो रोकिंदैन।’तर अध्यक्ष तामाङ्गले नै ठेकेदारलाई स्थानीय स्तरमा ग्राभेल र माटो उत्खनन् गर्न सघाउने  गरेको स्थानियहरुको आरोप छ।  यता,डिभिजन वन कार्यालय लहानका डिभिजनल प्रमुख शैलेन्द्र कुमार मिश्राले उत्खनन् भएको विषयमा हामीले अनुसन्धान गरिरहेको बताए। उनलेभने, ‘प्रहरीले स्काभेटर समाएको भन्ने सुनेको छु। हामीले पनि अनुसन्धान गरिरहेका छौं। दोषि उम्किनु हुँदैन। त्यसको लागि सवैको सहयोग आवश्यक छ।’ इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर साहले भने सडकमा रहेको ग्राभेल सम्याउने क्रममा स्थानीयले मिलाउन नदिएर विवाद भएपछि स्काभेटर सुरक्षाको लागि ल्याएर नगरपालिकाको जिम्मा लागाएको बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहा,  सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष...

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

काठमाडौँ, सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उहाँहरूबीच भएको भेटमा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको थियो ।       भेटमा सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९