बैतडीमा रहेका पञ्चदेवल शिव धाम सप्तदेवल संरक्षण र पर्यटकको प्रखाइमा

सुदूरपश्चिमको बैतडी जिल्लाका बिभिन्न स्थानमा रहेको पञ्चदेवल शिव धाम सप्तदेवल संरक्षण र प्रयटकको प्रखाइमा रहेका छन । बैतडीको दशरथ चन्द नगरपालिका वडा न.४ मा रहेको किम्वदन्ती (कथन) अनुसार द्वापर युगमा वनबास यात्राको क्रममा पाण्डव हरुले एकै रात मा निर्माण गरेका देवल हुन भन्ने मान्यता रहेको छ । बैतडीमा रहेका अलौकिक पर्यटकिय तथा धार्मिक स्थलहरु प्रसार प्रसारको अभावमा ओझेलमा परेका हुन । अदभुत वास्तुकला, शिवकुण्ड मान्यता अनुसार द्वापर युगमा पाण्डव हरुले वनबासको समयमा बनाएको भन्ने जनश्रुति रहिआएको छ ।
यहाँ निर्मित स्तंभ हरु ६ ओटा पूर्ण बनेका र सातौं अधुरो बनेको देख्न सकिन्छ जनश्रुति अनुसार ६ देवल बनाई सकेपछि सातौं बनाउने क्रममा उज्यालो हुन गएको र त्यसैले सातौं देवल अधुरै रहेको हाल समेत देख्न सकिन्छ । अहिले यो पवित्र स्थल नेपाल पुरातत्व विभागको रेखदेखमा रहेपनि संरक्षण र प्रसारपचारको अभाव रहेको बैतडीको दशरथ चन्द नगरपालिका वडा न. ४ देवलहाँटका स्थानिय उद्धव सिंह मार्कण्डले बताए ।
उनले भने “दर्शन गर्न चाहनेले जहिले पनि यता आउन सकिन्छ। जे पनि कोरिएको अथवा बनाइएको छ त्यो सबै ढुङ्गा मा नैं छ त्यसैले अहिलेको बिज्ञान तथा प्रबिधिको यूगमा समेत यस्तो हस्त निर्मित बनाउनु पर्यो भने असम्भव जस्तै लाग्छ । आँखाले हेर्दैमा लाग्छ कि यी स्थल हरु हालका वर्ष हरुमा निर्माण त गरिएका होइनन्” ?
बैतडीका पवित्र पञ्चदेवल शिव धाम सप्तदेवल बारे यहाँका स्थानिय व्यक्ति हरु बाट प्राप्त जानकारी अनुसार २०७९ पोष ३ गते पञ्चदेवल मन्दिर अङ्कित हुलाक टिकट प्रकाशन गरिएको थियो भने यो मन्दिर एकै रातमा पाण्डवहरूले निर्माण गरिएको किम्बदन्तीे छ। यो सम्पदा २०६४ सालमा पुरातात्विक विभाग रामशाहपथ काठमाडौंमा दर्ता भएको थियो । स्थानिय उद्धव सिंह मार्कण्डका अनुसार सुदुरपश्चिम प्रदेशभरि दुर्लभ लाखेनाँच, गौरा पर्वको अवसरमा यसै क्षेत्रमा मनाइने गरिन्छ । पञ्चदेवल रहेको स्थानमा २०३६ सालमा शंकर आचार्य नरहरी योगी महाराज आउनु भएको समेत भनाई स्थानियको भनाई रहेको छ । स्थानिय भन्छन यस पवित्र स्थललाई पञ्चदेवल मनिए पनि यहाँ सात वटा देवलहरू रहेका छन । उनिहरुका अनुसार यो मन्दिर पाण्डवहरुले निर्माण गरेको हुनाले यस मन्दिरको नाम पञ्चदेवल शिव धाम सप्तदेवल रहन गएको हो । पञ्चदेवल शिव धाम सप्तदेवलमा पुरानो शिलालेख छ। उक्त शिलालेखमा लेखिएको अक्षर आज सम्म कसैले पनि बुम्न नसक्ने खालका छन् । परम्पारा देखि नै पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर मुल पुजारी भट्ट परिवार र पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर भण्डेर मार्कण्ड परिवार रहने प्रचलन रहेको छ । पञ्चदेवल नजिकै कालभैरवको मन्दिर समेत रहेको छ। त्यस्तै पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर नजिकैे शिव कुण्ड पनि छ । पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर नजिकै सहस्रलिंग समेत रहेको छ जसको दर्शन गर्न मात्रै नेपाल र भारतका बर्षैनी लाखौ भक्तजन आउने गर्दछन्। हस्रलिंगमा १ हजार ८ शवलिंग कुँदिएका छन् । बैतडीमा रहेका देवालय सहस्रलिंग शिंवकुण्ड धार्मिक रुपमा मात्रै नभएर ऐतिहासिक र पर्यटनको दृष्टिकोणले समेत महत्वपूर्ण रहेका छन् । यस्ता सम्पदाहरुको समयमै उचित संरक्षण र प्रसाप्रचार गर्न सकेमा समग्र बैतडीको मात्रै नभएर राष्ट्रकै अर्थतन्त्रसमेत सबल बन्ने सम्भावना बोकेको छ । तर स्थानिय सरकार र केन्द्र सरकारको ध्यान यस्ता क्षेत्रमा केन्द्रत नहुँदा ओझेलमा परेका छन ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९