मेरा गाउँको खड्क्या मन्त्री

कालीकोट । “मेरा गाउँको खड्क्या मन्त्री” उपन्यासका लेखक स्वर्गीय गगनसिंह थापा प्रति भावपूर्ण श्राद्धसुमन अर्पण गर्दछु । आदरणीय व्यक्तित्व, साहित्यकार, कर्मठ शिक्षक, निस्वार्थ समाजसेवी तथा निडर नेताका रुपमा स्वयम उपन्यासकार उपन्यासमा उपस्थित भएको पाए । अर्कोतर्फ अछामी, खस, थारु, हिन्दी, अंग्रेजी, नेवारी, संस्कृत, डोटेली, भाषाविदका रुपमा पनि उहाँलाई कृतिभित्र नै भेटाए । त्यसैले यो उपन्यास आञ्चलिकताको विशिष्ट स्वरुप मान्न सकिन्छ ।

 

उपन्यासको उठान सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको पूर्वी भागमा पर्ने कटासे बजारलाई केन्द्रविन्दु मानी यसैको सेरोफेरोमा आधारित रही जमिदारी प्रथाले पारेको प्रभाव र पञ्चायती शासनको घोर विरोधबाट सुरुवात गरेको पाए । आर्थिक अवस्थाले छाक टार्न नसक्ने खड्कबहादुर नेपाली रोजीरोटीको बन्दोबस्त गरिदिन आग्रह गर्दा टीकापुरमा पुगेको उसको दलबललाई गाँसबासभन्दा उल्टै अशिक्षित तथा शारीरिक असक्ततता भएको व्यक्तिलाई हेपुवा शब्दबाट “खड्क्या मन्त्री” को उपाधि पाएको पाइन्छ । “खड्क्या मन्त्री” हजारौ घरबार विहिन वर्गको प्रतिनिधि पात्र हो । “खड्क्या मन्त्री” ले पाएको दुःख मास्टरले गरेको सहयोग सामाजिक मानवताको नमुना योग्य कार्य हो । आज पनि हजारौ धौरीहरु रहेकी छन् ।

 

जिमिदार बाजेको एक्लो छोरो काठमाडौको महंगो कलेजमा पढ्ने प्रेमप्रसाद शर्मा डेरामा समेत कमैया, कमलरी राखी खाना पकाउने, लुगा धुने मान्छे राख्नुले उच्च वर्गीय खानदानको हैकमवादी प्रवृतिको झल्को दिएको छ । राजदरबारमा काम गर्ने उच्चपदस्तकी छोरी सुप्रभासित प्रेम सम्बन्धमा राख्नु, पश्चिम कैलालीकी सामान्य परिवारमा जन्मेकी प्रेरणाको सम्बन्ध दरबार निकटको केटासँग भएको देखाउनुमा लेखकले वर्गभन्दा भावनात्मक सम्बन्ध बलियो हुने पक्षलाई दर्शाएको पाइन्छ । दरबारबाट नारीप्रति गरिने अभद्र व्यवहारले उच्च वर्गदेखि सर्वसाधारण नारीको कुमारित्वको रक्षा गर्न नसकेको र राज्यले चाहेर पनि मिरेन्द्रलाई नियन्त्रण गर्न नसक्ने अवस्थाको छरप्रष्ट गरिएको छ । त्यसैले सुप्रभाको रक्षा गर्न छोरीलाई प्रेमको साथ कैलाली पाठाएको घटनाले यो उपन्यास झन सान्दार्भिक रहेको छ ।

 

जिमिदार बाजेको घरमा सुप्रभाको प्रवेशले सुखद ल्याएको केही दिनमा सासु र बुहारीको खटपट सुरु भएको हुन्छ । अर्को तर्फ “खड्क्या मन्त्री” को छोरा राम ठुलो भएर भारतमा रोजगारी गरी धनपैसा कमाएको र सेठकी छोरीसँग विवाह गरी घरजम गरेकाले “खड्क्या मन्त्री” का दिन लौटेको छ । सीता गाउँकी मास्टर्नी भएकी छ भने राम भारतमा गई चौकिदारी गरेर घर खेत जग्गा जमिन जोडेको “खड्क्या मन्त्री” को परिवार हो । यता जिमिदारले छोरो प्रेमलाई टाउकोमा हिर्काएको र मष्तिष्कमा असर परेको हुँदा मानसिक असन्तुलन भएको छ । सत्ताको आडमा रहेका उच्चवर्गलाई पुरातनवादी मानसिकताबाट ग्रसित बनेका छन् ।

 

“खड्क्या मन्त्री” मन्त्री समाजमा सहयोग गर्ने भएकाले प्रेमको खोजी कार्यका “खड्क्या मन्त्री” को छोरा राम र उसकी बुहारी सीताले भारतको लखनउ लगायतको ठाउँमा पुगी खोजी कार्य गर्नु निम्न वर्गीमब मानवतावाद भेटिन्छ । छोरोको पीरमा परी जिमिदार बाजेको मृत्यु हुनुले पञ्चायती सत्ताको अन्त्य भएको संकेत गरेको पाइन्छ । आस्तिक स्वभावकी सुप्रभाले पति प्रमेको वियोगले तड्पिएकी छिन् । सिद्धबाबाले प्रेम जीवित रहेको छ भनेकाले भेट हुनेमा विश्वासमा रहेको पाइन्छ । उता सुप्रभाको माइतीबाट काठमाडौ लैजान आएका दाजु भाउजुहरुलाई पारिवारिक कुरा लुकाउँदै काल्पनिक घटना बनाई प्रेमको मानसिकता गुमाएको प्रसङ्गले पारिवारिक गोपनियताको रक्षा सुप्रभाले गरेकोले पारिवारिक तिक्तता हुन नदिएको पाइन्छ । वृद्ध सासुलाई समेत पशुपतिनाथको दर्शन गराउने र काठमाडौ सँगै बस्ने योजना बनाउने बुहारीको मायाले छोराबुहारीको प्रेममा आफूले भाडो हालेको पश्चाताप गरेको पाइन्छ । पशुपतिनाथको दर्शन गर्न गएका बेला प्रेमलाई बाबाहरुको हुलबाट सुप्रभाले प्रेमलाई पहिचान गर्नु र पुनः मिलन भएको प्रसङ्गबाट उपन्यासको कथावस्तुको अन्त्य भएको छ ।

 

सारमा भन्दा “मेरो गाउँको खड्क्या मन्त्री” उपन्यासमा खड्कबहादुर नेपाली “खड्क्या मन्त्री” को दुखान्त पारिवारिक अवस्था तथा प्रेमिल जोडीको तनावरहित जीवन निर्वाहको नमुना हो । खानको लागि समस्या भएपनि जिन्दगीभरि एक पटक नछुट्न्या भएर “दिदीगोसी ! तमीलाई थाहा छ, हामी जोगी जोगिनी भ’र साथमा गाउँगाउँ हट्टा छौं” (पृ. ६०) । यसैले यो वाउन्नेवीरसँग विवाह गरेकाी हौं । पठनीयका हिसाबले सरस, रसिलो र सरल भाषाशैलीको प्रयोग गरिएको छ । सामाजिक विकृतिको खरो विरोध गरिएको पाइन्छ । जातीय समानता, वर्गीय विभेदको अन्त्य गर्न यस कृतिको महत्त्वपूर्ण स्थान रहने देखिन्छ । भाषिक समानताको उच्च रुप रहेको छ । खस र अछामी भाषाको प्रयोग भएकाले कतै नेपाली भाषी तथा अन्य भाषाी पाठकका लागि कठिन लाग्न सक्छ । उपन्यासमा रतिरागात्मक प्रसङ्गको उठान भएकाले यौन कुण्ठालाई खुलेरै अभिव्यक्त गरिएको छ । घरमा कोही नभएको मौका छोपी बास बस्नु, नगरकोटमा घुम्न गई होटेका कोठामा लुटुपुटु भएर सुत्नुले रागात्मक बनाएको छ । पढ्न थालेपछि पढौं पढौं लाग्ने भएकाले रोचक उपकथाहरुको प्रयोग गरिएको छ । त्यसैले यो उपन्यासमा कर्णाली र सुदूर पश्चिमको भौगोलिक, धार्मिक, साँस्कृति, आर्थिक, राजनीतिक, पारिवारिक र सामाजिक चालचलनको झल्को भेटिन्छ । अन्तमा “खड्क्या मन्त्री” को पारिवार, जिमिदार बाजेको पारिवार र सुशान्तको परिवारको सुखद मिलन भएकाले कथावस्तुका हिसाबले गतिशील मान्न सकिन्छ । अन्तमा यो उपन्यास प्रकाशन गर्ने स्व. गगनसिंह थापााका छोरा हिक्मत थापा र गगन फाउन्डेसनलाई आभार प्रकट गर्दछु ।

 

कृति : मेरा गाउँको खडक्या मन्त्री

लेखक : गगनसिंह थापा

बिधा : उपन्यास

आवरण कला : रमेश पौडेल

प्रकाशक : गगन फाउन्डेसन

मूल्य : रु . ३००

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ २७ पैसा र बिक्रीदर १७४ रुपैयाँ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ २७ पैसा र बिक्रीदर १७४ रुपैयाँ...

चैत्र शुक्ल नवमी: देशभरका राम मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ,  रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ ।प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका– ९ आरुबारीस्थित राम मन्दिर, डिल्लीबजारस्थित राममन्दिर, राजधानी...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी

काठमाडौँ, सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ  । यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिने व्यवस्था थियो । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारण सभा : अध्यक्ष बाहेक सबै सर्वसहमत चयन

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा, खैरेनीमा रहेको शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष आत्मा प्रसाद जैसीको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर – ३ का वडाअध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

महेन्द्रनगर (धनुषा),  मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले एसइई परीक्षा विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले यसको सञ्चालनमा कुनै किसिमको लापरबाही हुन नहुने बताउनुभएको छ ।शिक्षा तथा संस्कृति मन्त्रालय मधेस प्रदेशको आयोजनामा आज जनकपुरधाममा विद्यालय शिक्षा परीक्षा एसइई–२०८२ लाई व्यवस्थित,...

पुगेन आँखा उपचारको सहज पहुँच, भएन सचेतना

काठमाडौं  विगत एक वर्षमा ४ लाख भन्दाबढी आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको छ । नेपाल नेत्रज्योति संघको सञ्जालभित्र आवद्ध २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्र तथा बिभिन्न बाह्य कार्यक्रमहरु मार्फत ४ लाख ५४ हजार ९ सय ४२ जना आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको...

प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज (पर्सा), प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।वीरगञ्जको नारायणी रङ्गशालामा भएको उक्त खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो । सुरुआती चरणमा ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३ दशमलव २ ओभरमा सबै विकेट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९