मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान

काठमाडौं । मानव अधिकार आयोगले नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान थालेको छ । नेपाल बाल स्रंगठनको जग्गा भाडामा लगाउँदा भएको अनियमिततामा तत्कालीन अध्यक्ष रितासिंह वैद्यको संलग्नता रहेको, तर सत्ता र शक्तिको आडमा उनीमाथि मुद्दा नचलाउने भनी सरकारी वकिल कार्यालय, काठमाडौँले निर्णय गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानविन तथा अनुसन्धान प्रारम्भ गरेको जनाएको छ ।

 

 

आयोगले उच्च सरकारी वकील कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको आयोगका प्रवक्ता टीकाराम पोखरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अनाथ बालबालिका पाल्ने बाल संगठनमा ३३ वर्षसम्म अध्यक्ष रहेकी रितासिंह वैद्यले नक्सालस्थित झन्डै २९ रोपनी जग्गा ५४ वर्षका लागि कौडीको भाउमा लिजमा लगाउँदा अनियमितता गरेको निष्कर्षसहित पाँच वर्षअघि उच्चस्तरीय छानबिन आयोगले प्रतिवेदन बुझाएको थियो ।

 

 

गत १४ वैशाखदेखि अनुसन्धान थालेको सिआइबीले जग्गा लिजमा दिने क्रममा ठगी भएको भन्दै संगठनकी तत्कालीन अध्यक्ष वैद्यसहित २० जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी मागेको थियो । जिल्ला अदालत काठमाडौंले २७ वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । सरकारको दबाबमा परेको सिआइबीले घटनामा संलग्नविरुद्ध मुद्दा चलाउन आवश्यक नरहेको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझायो । यही प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले पनि मुद्दा नचलाउने निर्णय गरेको छ ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९