घोडाघोडीको एक जंगलमा झुण्डिएको अवस्थामा शव भेटियो

कैलाली । कैलालीको एक जंगलमा झुण्डिएको अवस्थामा बेवारिसे शव फेला परेको छ। अन्दाजी २० वर्षको पुरुषको शव घोडाघोडी नगरपालिका वडा नं १ बागेश्वरी सामुदायिक वनको जंगलमा रुखमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा दुई तीन दिन पहिला नै झुण्डिएर मृत्यु भएको देखिएको छ । शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । स्थानीयले घाँस काट्न जाँदा शव देखिपछि प्रहरीलाई खबर गरेका थिए। उक्त शव पहिचानका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घबहादुर साउँदले बताएका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?