
कैलाली । परशुरामका करन कामी कैलालीमा मृत फेला परेका छन। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले घोडाघोडी–१ को लक्ष्मीपुरको बागेश्वरी सामुदायिक वनमा डडेल्धुराको परशुराम नगरपालिका–९ का १८ वर्षीय करन कामी मृत फेला परेको जानकारी दिए। उनकाअनुसार कामीको शव दिउँसो ४ बजेतिर भेटिएको हो। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।