राष्ट्रपतिको एक टविटले गुम्यो सर्बसाधारणको ४ बिलियन डलर, भइरहेछ हंगामा

ब्युनर्स । अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइली अहिले निकै संकटमा फसेका छन् ।खासमा उनले सामाजिक सञ्जालमा क्रिप्टोकरेन्सीको प्रचार गरेका थिए । जुन घटना पछि उनीमाथि ठगीको आरोप लगाइएको छ । गत शुक्रबार राष्ट्रपति माइलीले सामाजिक सञ्जाल एक्समा एक पोस्ट पोस्ट गरिदिए, जसले ४ बिलियन भन्दा बढी घाटा हुन गएको जनाइएको छ । जसमा उनले क्रिप्टोकरेन्सी लिब्रा कोइनलाई साना व्यवसाय र स्टार्टअपहरूलाई फन्ड गर्न मद्दत गर्ने उपकरणको रूपमा समर्थन गरेका थिए र क्रिप्टोकरेन्सी किन्न उत्प्रेरित गर्दै लिङ्क साझा गरेका थिए । तर, यसपछि क्रिप्टोकरेन्सी बढ्नुको सट्टा नराम्ररी क्र्यास भयो, जसका कारण लगानीकर्तालाई अर्बौं डलरको नोक्सानी हुन पुगेको छ ।

 

 

अभियोजकहरूले घोटालाको छानबिन गर्ने तयारी गरिरहेका छन्, जसले गुनासोहरूको बाढी निम्त्याएको छ। आरोप लागेपछि राष्ट्रपति माइलीले प्रस्टिकरण दिएका छन, ‘खासमा मैले कुनै प्रचार गरेको होइन, मात्रै सेयर गरेको हुँ ।’उनले एक टिभी च्यानलसँग थप भनेका छन, ‘यसमा रकारको कुनै भूमिका नभएकोले यो निजी पक्षबीचको समस्या हो। मैले राम्रो विश्वासका साथ काम गरेको छु।’ अर्जेन्टिनाको संघीय अभियोजकको कार्यालयले माइलीले धोखाधडी वा आपराधिक कार्यमा भाग लिएको र आफ्नो कर्तव्य उल्लंघन गरेको आरोप पछि अब अनुसन्धान सुरू भएको छ । राष्ट्रपति माइलीले पछि क्रिप्टोका बारेमा लिंक साझा गरेर गल्ती गरेको भन्दै त्यो पोस्ट अहिले हटाइसकेका छन् ।

 

घाटा कति भयो ?
अर्जेन्टिनाका अर्थशास्त्री, क्रिप्टो विशेषज्ञहरू र विपक्षी राजनीतिक व्यक्तित्वहरूले राष्ट्रपतिको आलोचना गरिरहेका छन किनभने डिजिटल सम्पत्ति धोखाधडी वा पोन्जी योजना हुन सक्छ। उद्योग पर्यवेक्षकहरूले भने कि यो एक घोटाला हुन सक्छ, जहाँ विकासकर्ताहरूले क्रिप्टो टोकन सुरु गर्छन्, लगानीकर्ताहरूलाई आकर्षित गर्छन् र त्यसपछि यसलाई छिटो बेच्छन्। उजुरी गर्ने एक एनजीओले राष्ट्रपति माइली आपराधिक संगठनको हिस्सा भएको आरोप लगाएको छ।

 

उनको पोष्ट पछि जसले लिबरा क्रिप्टोकरेन्सीसँग ठगी भएको जनाएको छ । जस अनुसार ४० हजार भन्दा बढी व्यक्तिको ४ अर्ब डलर अर्थात (३,४७,८२,६०,००,०००० रकम) भन्दा बढीको नोक्सानी बेहोर्नु परेको छ कोबे लिटर, एक संगठन, जसले विश्वव्यापी पूँजी बजारको विश्लेषण प्रदान गर्दछ, उसले भन्यो कि धेरै ठूला होल्डरहरूले यसको सुरुवातको मिनेटमा आफ्नो क्रिप्टोकरेन्सी बेच्न थालेका थिए । आलोचना पछि माइलीले उक्त परियोजनासँग सम्बन्धित विवरणबारे आफूलाई थाहा नभएको र थाहा पाए लगत्तै प्रचार गर्न बन्द गरेका थिए । उनले भनिरहेका छन कि सो निजी कम्पनीसँग आफ्नो कुनै सम्बन्ध छैन।तर, अहिले बिपक्षी दललगायत धेरैले राष्ट्रपति माइलीको तिब्र आलोचना गरिरहेका छन् । उनीहरूले राष्ट्रपति माथी पुर्ण अनुसन्धान हुनु पर्ने माग राखिरहेका छन् ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९