पर्साका एसपी गौतम मिश्रको एक महिना : तस्करीमा आक्रामक, ८ करोड बढीको राजश्व

वीरगन्ज – जिल्ला प्रहरी कार्यालय पर्सा तस्करीमा आक्रामक देखिएको छ। पर्सा प्रहरीले एक महिनामा आठ करोड भन्दाबढीको भन्सार छलीको सामान बरामद गरेको छ। एक महिनाअघि पर्सामा नयाँ प्रहरी प्रमुखका रुपमा प्रहरी उपरीक्षक  गौतम मिश्र पुगेका थिए। उनले आफ्नो सुरुवाती कार्यकालमा तस्करीविरूद्ध कारबाही चलाएका छन्। गत माघ १४ गते पर्सा प्रहरी प्रमुखको कार्यभार सम्हालेदेखि फागुन १४ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरूले ८ करोड १२ लाख, ८ हजार ५३ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।

 

 

यस क्रममा पर्सा भन्सारबाट जाँचपास भएर छुटेका मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। बिल बिजकभन्दा बढीको सामान (तस्करी) लोड गरिएका ट्रकहरू प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक र उक्त बरामद सामान राजश्व अनुसन्धान कार्यालय पथलैया तथा भन्सार कार्यालय पर्सामा बुझाइएको छ।जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुभास भट्टका अनुसार सोही अवधिमा प्रहरीले २३ लाख रुपैयाँसहित तीन जना हुण्डी कारोबारीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ।एसपी गौतमको सक्रियता र विशेष सूचनाको आधारमा प्रहरीले सोही अवधिमा जिल्लाको विभिन्न ठाउँमा लगाइएको २८ कठ्ठा जगामा लगाइएको लागुऔषध गाँजा १३ हजार ४०० बोट, एक कठा जग्गामा लगाइएको अफिम ५०० बोट नष्ट गर्नुका साथै ७६ किलो ८०० ग्राम गाँजा र २५ किलो चरेस बरामद गरिएको प्रहरीको तथ्यांकमा  छ।

 

 

त्यस्तै, एक महिनाको अवधिमा फैसला कार्वान्यनतर्फ ३४४ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ, जसबाट ४८ लाख,४७ हजार ४२२ रुपैयाँ जरिवाना र १५ वर्ष १० महिना २२ दिन कैद भुक्तान भएको प्रवक्ता भट्टले जानकारी दिए।प्रहरीले पर्सामा घरेलु मदिराको उत्पादन तथा बिक्री-वितरणको गुनासो बढेसँगै प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। जिल्लाको विभिन्न स्थानमा रहेको १४ वटा रक्सी भट्टीमा छापामारी ९ हजार ६५० लिटर कच्चा पदार्थ र ६४० लिटर तयारी मदिरा नष्ट गर्नुका साथै मदिरा उत्पादनमा प्रयोग गरिने विभिन्न उपकरण भाँडाकुँडा बरामद गरिएको तथ्यांकमा जनाइएको छ।

 

 

 

वीरगन्जस्थित होटलहरूमा महिलालाई व्यावसायिक रूपमा यौनधन्दामा लगाएको सूचनाको आधारमा बसपार्कलगायत विभिन्न स्थानमा रहेका चार वटा होटलमा छापामारी ६ जना महिलाको उद्धार गरिएको छ। यसक्रममा चार जना होटल सञ्चालकलाई कारबाहीको दायरामा ल्याइएको जनाइएको छ।

 

 

त्यस्तै, एसपी गौतम मिश्रको ३० दिने कार्यकालमा विभिन्न प्रकृतिका ६ वटा आपराधिक मुद्दा दायर गर्नुका साथै संलग्न एक महिलासहित ६ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।त्यसैगरी, सोही अवधिमा प्रहरीको आयोजनामा  ६२१ वटा सामुदायिक प्रहरी-साझेदारी कार्यक्रम भएको छ। जसबाट कुल २२ हजार,१८३ नागरिक लाभान्वित भएको पर्सा प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ।’प्रहरी सम्पूर्ण नागरिकको साथमा छ, ढुक्क भएर कुनै पनि विकृति वा अपराधबारे समयमै सूचना दिन पर्साबासीलाई म आग्रह गर्दछु,’ मिश्रले भने।

 

 

नागरिकको सहयोगबिना अपराध नियन्त्रण असम्भव रहेकाले सूचना दिने मानिसको गोपनीयता राखिने उनले विश्वास दिलाएका छन्।आफूले शून्य सहनशीलता साथ काम गर्ने तथा कुनै आपराधिक घटनामा प्रहरीले पूर्ण व्यावसायिक बनेर काम गर्ने एसपी मिश्रले प्रतिवद्धता जनाएका छन्।मिश्रले आक्रामक कारबाही थालेपछि एक महिनामै तस्करी, हुण्डी, लागुऔषध कारोबारीसँगै आपराधिक प्रवृत्तिका मानिसहरूमा त्रसित बनेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’

काठमाडौँ,वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले दक्षिण कोरियाको इपिएस प्रणालीमार्फत कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय रहेको जानकारी गराउँदै कुनै पनि व्यक्ति, फार्म वा सामाजिक सञ्जालमार्फत दिइएको गलत आवश्वासनप्रति विश्वास नगर्न कामदारहरुलाई आग्रह गरेको छ ।   कुनै पनि व्यक्ति, फर्म वा सामाजिक सञ्जालमार्फत दिइएका गलत...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड तलब योजना पारित

टेक्सास, अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।     टेस्लाको वार्षिक सेयरधनी...

पैयुँले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने

पर्वत,  जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई रु ३० लाख राहतस्वरूप वितरण गर्ने भएको छ ।पैयुँ गाउँपालिका-५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि राहत...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी, म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९