ह्वाइटहाउसमा ट्रम्प र जेलेन्स्कीबीच के के भयो ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसको ओभल अफिसमा कसैले पनि अपेक्षा नगरेको घटना घट्यो । शान्ति सम्झौताको बारेमा रुस र युक्रेनबीच भइरहेको वार्ता अचानक वाकयुद्धमा परिणत भयो ।

 

ट्रम्प र जेलेन्स्की एकअर्कासँग बहस गर्दै र एकअर्कालाई दोषारोपण गर्दै गरेको देखियो । परिस्थिति यस्तो बिन्दुमा पुग्यो कि ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्न र सम्झौता तयार भएपछि मात्र वार्तामा आउन भने । यो सम्पूर्ण घटनाका कारण युक्रेन र अमेरिकाबीच खनिज सम्झौता हुन सकेन र युक्रेन अमेरिकाबाट खाली हात फर्कनु पर्यो । यद्यपि, सामाजिक सञ्जाल एकसमा उनले ट्रम्पलाई उनको समर्थनको लागि धन्यवाद दिए र भने, ‘युक्रेनलाई न्यायपूर्ण र दिगो शान्ति चाहिन्छ।’

 

युक्रेन-अमेरिका वार्ता असफल भएपछि, युक्रेनी राष्ट्रपतिले फक्स न्यूजलाई एक विशेष अन्तर्वार्ता दिए । यसमा उनले विवादको लागि माफी मागेनन्, तर उनले यो प्रकरणलाई दुवै पक्षको लागि राम्रो ठानेनन् । यद्यपि, जेलेन्स्कीले यदि अमेरिकाले आफ्नो हात फिर्ता लियो भने, हामीलाई युक्रेनलाई रूसबाट जोगाउन गाह्रो हुने बताए । उनले सम्पूर्ण घटना टेलिभिजनमा देखाइएकोमा दुःख व्यक्त गरे ।  उनले भने- ‘म विनम्र हुन चाहन्छु । म राष्ट्रपतिलाई सम्मान गर्छु । म अमेरिकी जनताको सम्मान गर्छु ।’

 

ओभल अफिसमा भएको बैठकमा जेलेन्स्कीमाथि ट्रम्पले आक्रोश पोखेका थिए । उनले जेलेन्स्कीलाई लाखौं मानिसको जीवनसँग खेलेको भन्दै आलोचना गरे । ट्रम्पले जेलेन्स्कीको कार्यले तेस्रो विश्वयुद्ध निम्त्याउन सक्ने समेत बताए । यसपछि, जेलेन्स्की अचानक अमेरिकासँगको महत्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर नगरी ह्वाइट हाउसबाट निस्किए । ट्रम्पले युक्रेनलाई भविष्यमा सहयोग गर्न यो एक शर्त भएको भन्दै सम्झौताको खोजी गरेका थिए ।

 

ट्रम्प, जेलेन्स्की र प्रतिनिधिमण्डलले दिउँसो लन्च गर्ने समेत बताइएको थियो । यो व्यवस्था क्याबिनेट कोठा बाहिर गरिएको थियो, तर तनावपूर्ण बहसपछि स्थगित भएको थियो । ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र जेलेन्स्कीले लगभग ४५ मिनेट वार्ता गरे, जसमध्ये अन्तिम १० मिनेट तीन जनाबीच चर्को बहस भएको थियो । आफ्नो पक्ष प्रस्तुत गर्दै जेलेन्स्कीले रुसको कूटनीति प्रतिको प्रतिबद्धतामाथि शंका व्यक्त गरेका थिए । यसका लागि, मस्कोले तोडेका प्रतिबद्धताहरूलाई उनले उद्धृत गरेका थिए ।

 

यो तनावपूर्ण अवस्था उपराष्ट्रपति भान्सले जेलेन्स्कीलाई यसो भनेपछि शुरु भएको थियो- ‘मलाई लाग्छ कि तपाईं ओभल अफिसमा आएर अमेरिकी मिडियाको अगाडि यो मुद्दा चलाउन खोज्नु अपमानजनक छ । म यो कुरा पूर्ण सम्मानका साथ भन्दैछु । जेलेन्स्कीले आपत्ति जनाउन खोजे, जसको जवाफमा ट्रम्पले ठूलो स्वरमा भने, ‘तिमी लाखौं मानिसहरूको जीवनसँग खेलिरहेका छौ । तिमि तेस्रो विश्वयुद्धको निम्तो दिइरहेका छौं र जे गरिरहेका छौ, त्यो देशप्रति अत्यन्तै अनादरपूर्ण छ ।’

बैठकको सुरुमा ट्रम्पले अमेरिकाले युक्रेनलाई सैन्य सहयोग प्रदान गरिरहने तर धेरै सहयोग प्रदान नगरिने बताएका थिए । यो सबै घटनाक्रम पछि जेलेन्स्कीको अमेरिका भ्रमण कुनै सम्झौता बिना सकिएको छ ।  यस घि हुने भनिएको खनिज सम्झौता समेत हुन सकेन ।  जेलेन्स्कीले पुटिनले सधै सहमतिको उलंघन गरेको र युद्ध पनि उनैले शुरु गरेको हुनाले सुराक्षा ग्यारेन्टी बिना कुनै सहमति नगर्ने अडान लिएको देखिएको छ । राष्ट्रपति ट्रम्प र उनको प्रशासनले भने जेलेन्स्कीमाथि दबाब बढाएर खनिज सम्झौता गर्ने र पुटिनलाई खुशी नै राखेर युद्धविराम गराउने रणनीति बनाएको बुझेपछि जेलेन्स्की झस्किएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौँ, उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताउनुभएको छ । उपराष्ट्रपति यादवले ज्येष्ठ नागरिकको गरिमालाई अक्षुण राख्न ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, सामाजिक सुरक्षा, सामुदायिक सहारा र मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभएको छ । “परिवारमा उहाँहरूको उपस्थितिलाई...

अध्यक्ष ओली र मन्त्री खरेलबीच भेटवार्ता

काठमाडौँ, निर्वाचनको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेता सँगको संवादलाई वर्तमान सरकारले निरन्तरता दिएको छ । यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उहाँको गुण्डुस्थित निवासमा भेटवार्ता गर्नुभएको छ ।     राजनीतिक संवाद समितिका सदस्यसमेत रहनुभएका मन्त्री...

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ,  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ।आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रू चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

पुस २७ गतेदेखि ‘इन्डो–नेपाल मेचीनगर मिडिया कप’ फुटबल प्रतियोगिता

झापा,  झापामा यही पुस २७ र २८ गते ‘इन्डो–नेपाल मेचीनगर मिडिया कप २०८२’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा हुने प्रतियोगिता काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।दुई देशबीचको आपसीसम्बन्ध स्थापित तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ,  कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीनस्थित कोरला नाकाबाट १० पुससम्ममा निकासी तथा पैठारी गरी उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न

काठमाडौँ,  नेपाल–चीन सांस्कृतिक आदानप्रदानलाई प्रव्रद्धन गर्ने उद्देश्यसहित आयोजना भएको हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन, प्रविधि र सांस्कृतिक कथाबीचको सम्बन्धलाई प्रस्तुत गरिएको थियो । प्रदर्शनीले नेपाली शैक्षिक समुदायलाई प्रविधि–सशक्त चिनियाँ एनिमेसन संस्कृतिको बहुआयामिक अनुभव प्रदान गरेको...

नि:शुल्क स्वास्थ्य शिविरबाट पाँच सय बढी लाभान्वित

दमौली (तनहुँ), शुक्लागण्डकी नगरपालिका–११ राइपुरस्थित ढोरफूलबारी सहिद अस्पतालमा बिहीबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय बढी लाभान्वित भएका छन् । वडा नम्बर ११ को कार्यालयको सहकार्य, तनहुँ सेवा हस्पिटल दुलेगौंडा र यूआरएल फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।     शिविरमा भिडियो एक्सरे, इसिजी,...

दोस्रो सतिसाले गोल्डकपको उपाधि इन्ट्रा पथरी–११ लाई

पथरी (मोरङ),  दोस्रो सतिसाले गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले चुमेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा इन्ट्रा पथरी–११ ले बेतना युनाइटेड फुटबल क्लब बेलबारीलाई टाइब्रेकरमा २–४ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसँगै इन्ट्रा पथरी–११ ले नगद रु दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९