ह्वाइटहाउसमा ट्रम्प र जेलेन्स्कीबीच के के भयो ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसको ओभल अफिसमा कसैले पनि अपेक्षा नगरेको घटना घट्यो । शान्ति सम्झौताको बारेमा रुस र युक्रेनबीच भइरहेको वार्ता अचानक वाकयुद्धमा परिणत भयो ।

 

ट्रम्प र जेलेन्स्की एकअर्कासँग बहस गर्दै र एकअर्कालाई दोषारोपण गर्दै गरेको देखियो । परिस्थिति यस्तो बिन्दुमा पुग्यो कि ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्न र सम्झौता तयार भएपछि मात्र वार्तामा आउन भने । यो सम्पूर्ण घटनाका कारण युक्रेन र अमेरिकाबीच खनिज सम्झौता हुन सकेन र युक्रेन अमेरिकाबाट खाली हात फर्कनु पर्यो । यद्यपि, सामाजिक सञ्जाल एकसमा उनले ट्रम्पलाई उनको समर्थनको लागि धन्यवाद दिए र भने, ‘युक्रेनलाई न्यायपूर्ण र दिगो शान्ति चाहिन्छ।’

 

युक्रेन-अमेरिका वार्ता असफल भएपछि, युक्रेनी राष्ट्रपतिले फक्स न्यूजलाई एक विशेष अन्तर्वार्ता दिए । यसमा उनले विवादको लागि माफी मागेनन्, तर उनले यो प्रकरणलाई दुवै पक्षको लागि राम्रो ठानेनन् । यद्यपि, जेलेन्स्कीले यदि अमेरिकाले आफ्नो हात फिर्ता लियो भने, हामीलाई युक्रेनलाई रूसबाट जोगाउन गाह्रो हुने बताए । उनले सम्पूर्ण घटना टेलिभिजनमा देखाइएकोमा दुःख व्यक्त गरे ।  उनले भने- ‘म विनम्र हुन चाहन्छु । म राष्ट्रपतिलाई सम्मान गर्छु । म अमेरिकी जनताको सम्मान गर्छु ।’

 

ओभल अफिसमा भएको बैठकमा जेलेन्स्कीमाथि ट्रम्पले आक्रोश पोखेका थिए । उनले जेलेन्स्कीलाई लाखौं मानिसको जीवनसँग खेलेको भन्दै आलोचना गरे । ट्रम्पले जेलेन्स्कीको कार्यले तेस्रो विश्वयुद्ध निम्त्याउन सक्ने समेत बताए । यसपछि, जेलेन्स्की अचानक अमेरिकासँगको महत्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर नगरी ह्वाइट हाउसबाट निस्किए । ट्रम्पले युक्रेनलाई भविष्यमा सहयोग गर्न यो एक शर्त भएको भन्दै सम्झौताको खोजी गरेका थिए ।

 

ट्रम्प, जेलेन्स्की र प्रतिनिधिमण्डलले दिउँसो लन्च गर्ने समेत बताइएको थियो । यो व्यवस्था क्याबिनेट कोठा बाहिर गरिएको थियो, तर तनावपूर्ण बहसपछि स्थगित भएको थियो । ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र जेलेन्स्कीले लगभग ४५ मिनेट वार्ता गरे, जसमध्ये अन्तिम १० मिनेट तीन जनाबीच चर्को बहस भएको थियो । आफ्नो पक्ष प्रस्तुत गर्दै जेलेन्स्कीले रुसको कूटनीति प्रतिको प्रतिबद्धतामाथि शंका व्यक्त गरेका थिए । यसका लागि, मस्कोले तोडेका प्रतिबद्धताहरूलाई उनले उद्धृत गरेका थिए ।

 

यो तनावपूर्ण अवस्था उपराष्ट्रपति भान्सले जेलेन्स्कीलाई यसो भनेपछि शुरु भएको थियो- ‘मलाई लाग्छ कि तपाईं ओभल अफिसमा आएर अमेरिकी मिडियाको अगाडि यो मुद्दा चलाउन खोज्नु अपमानजनक छ । म यो कुरा पूर्ण सम्मानका साथ भन्दैछु । जेलेन्स्कीले आपत्ति जनाउन खोजे, जसको जवाफमा ट्रम्पले ठूलो स्वरमा भने, ‘तिमी लाखौं मानिसहरूको जीवनसँग खेलिरहेका छौ । तिमि तेस्रो विश्वयुद्धको निम्तो दिइरहेका छौं र जे गरिरहेका छौ, त्यो देशप्रति अत्यन्तै अनादरपूर्ण छ ।’

बैठकको सुरुमा ट्रम्पले अमेरिकाले युक्रेनलाई सैन्य सहयोग प्रदान गरिरहने तर धेरै सहयोग प्रदान नगरिने बताएका थिए । यो सबै घटनाक्रम पछि जेलेन्स्कीको अमेरिका भ्रमण कुनै सम्झौता बिना सकिएको छ ।  यस घि हुने भनिएको खनिज सम्झौता समेत हुन सकेन ।  जेलेन्स्कीले पुटिनले सधै सहमतिको उलंघन गरेको र युद्ध पनि उनैले शुरु गरेको हुनाले सुराक्षा ग्यारेन्टी बिना कुनै सहमति नगर्ने अडान लिएको देखिएको छ । राष्ट्रपति ट्रम्प र उनको प्रशासनले भने जेलेन्स्कीमाथि दबाब बढाएर खनिज सम्झौता गर्ने र पुटिनलाई खुशी नै राखेर युद्धविराम गराउने रणनीति बनाएको बुझेपछि जेलेन्स्की झस्किएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९