चामलसँग तरकारी साटेर ल्याउने दिन गए

कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका गयाप्रसाद चौधरी आवत जावत गर्न मोटरसाइकलको प्रयोग गर्नुहुन्छ । पक्की घरमा बस्नुहुन्छ । खेत जोत्नका लागि उहाँसँग पावर टिलर छ । सिँचाइका लागि पम्पसेट र विद्युतीय मोटर छ । यी सबै सम्पत्ति उहाँले व्यावसायिक तरकारी खेतीबाट जोड्नुभएको हो । डेढ दशक अघिदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका उहाँले वर्षमा रु दश लाख बढीको तरकारी बेच्दै आउनुभएको छ । खर्च कटाएर आधाभन्दा बढी रकम आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । चौधरी परिवारसँग एलानी एक बिघा जग्गा छ । त्यसै जग्गामा व्यावसायिक तरकारी खेती हुने गरेको छ । “परम्परागत रुपमा खेती गर्दा वर्षभरिका खानका लागि पुग्दैनथ्यो”, विगत सम्झँदै चौधरीले भन्नुभयो, “सानो बारीमा थोरै सिमी र खुर्सानी लगाइने गरिएको थियो, बुबासँगै काँधमा झोला झुण्याउँदै घरघरमा पुगेर चामलसँग तरकारी साटेर ल्याउने गरेका थियौँ ।” उहाँ भन्नुहुन्छ, “त्यसै चामलको माड पूरै परिवारको छाँक टार्ने साधन हुन्थ्यो, जग्गामा सिँचाइ सुविधा नहुँदा अन्न राम्ररी फल्दैनथ्यो ।” खेतमा छर्नका लागि थोरै बीउ राख्ने गरिएको थियो ।
त्यसमा घुन लाग्दा अरुसँग बीउ मागेर खेतमा छरिने गरिएको उहाँ बताउनुहुन्छ । “खेतबारीमा अन्न थोरै फल्न थालेपछि परिवार पाल्न कठिन भयो, अधियामा जग्गा कमाउन थाल्यौँ”, उहाँले भन्नुभयो, “अधिया लगाएर आउने अन्न बेचेर आएको रकम बचत ग¥यौँ, बचत रकमबाट सिँचाइका लागि पम्पसेट खरिद गरियो, सिँचाइको सुविधाले अन्न फल्न थाल्यो, त्यस पछि तरकारी खेती सुरु ग¥यौँ ।” व्यावसायिकरुपमा तरकारी खेती गरेको १५ वर्ष बितेको छ । सिँचाइ सुविधाले केही नफल्ने जग्गामा चौधरी परिवारले तरकारी खेतीसँग अन्नसमेत लगाउने गरेका छन । घरका लागि खानका लागि राखेर अन्न बेच्नका लागि भ्याउने गरेका छन् । यस वर्ष मात्रै गोलभँेडा रु चार लाख, आलु रु ५० हजार, भिण्डी रु ४० हजार, काउली, बन्दा रु १५ हजार, करेला, काँक्रा लौका, फर्सी गरी रु तीन लाख बढीको उहाँले बिक्री गरेर आम्दानी लिएका छन । दश कट्ठा जग्गामा चौधरी परिवारले वर्षभरिनै तरकारी खेती गर्दै आएका छन । बाह्र जनाको परिवारको खर्च तरकारी खेतीले धानिँदै आएको गयाप्रसाद बताउनुहुन्छ ।
गयाप्रसादजस्तै सुन्दरीफाँटाका शिवराज चौधरीले पनि तरकारी खेती गर्दै आउनुभएको छ । वैदेशिक रोजगारीमा मलेसिया पुगेर फर्केका चौधरीले व्यावसायिकरुपमा तरकारी खेतीलाई अँगाल्दै आउनुभएको छ । “चार वर्ष मलेसियामा बस्दा बिरामी परेपछि घर फर्के”, उहाँले भन्नुभयो, “विदेशबाट कमाएर ल्याएको पैसा उपचारमा सिद्धियो, उपचार गरी निको भएपछि थोरै रकम लगानी गरी व्यावसायिकरुपमा तरकारी खेतीमा संलग्न छु ।” आठ जनाको परिवारको खर्च तरकारी खेतीबाट आएको रकमले धानिँदै आएको उहाँ बताउनुहुन्छ । “परिवारसँगै बसेर खेतबारीमा काम गर्छौं, तरकारी उत्पादन गरी बेच्छौँ”, उहाँले भन्नुभयो, “स्वदेशमै थोरै आम्दानी भए पनि खुसी छु, परिवारको सुखदुःखमा साथ दिन पाएको छु”, सुन्दरीफाँटका आधा दर्जन बढी किसान व्यावसायिक तरकारी खेतीमा संलग्न छन् । व्यावसायिक तरकारी खेती गर्ने किसानलाई उत्पादित तरकारी बेच्नका लागि बजारको अभाव खेप्नुपरेको छ । भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा कुनै बेला लागत खर्चसमेत उठाउन गाह्रो हुने गरेको तरकारी खेतीमा संलग्न किसान किरन चौधरीले बताउनुभयो । “तरकारी खेती गर्नका लागि पुँजीको अभाव छ”, उहाँले भन्नुभयो, “गाउँका अधिकांशको जग्गा एलानी छ, बैंकले बिना धितो ऋण दिँदैन, बैंक ग्यारेण्टीको व्यवस्था सरकारले गरेर ऋण उपलब्ध गराउने व्यवस्था गरिदिनुप¥यो ।” तरकारी खेतीको क्षेत्र विस्तार गर्न पुँजीको अभावमा गर्न नसकिएको उहाँ बताउनुहुन्छ ।
उत्पादित तरकारी सडकको असहताका कारण बजारसम्म पु¥याउन निकै गाह्रो हुने गरेको बसन्ती चौधरीले बताउनुभयो । गाउँको उत्तरपश्चिममा खार खोला, पूर्वमा ओदाल खोला र दक्षिणमा ओदाल खोला र वनहरा नदी पर्दछ । नदी खोलामा पुल नहुँदा उत्पादित तरकारी बर्सातका बेला बेच्न नपाइने गरेको उहाँको भनाइ रहेको छ । व्यावसायिक तरकारी खेती गर्ने किसानलाई प्रोत्साहित गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री नमूना कृषि कार्यक्रमअन्तर्गत अनुदानको रकम दुई वर्षदेखि उपलब्ध गराइदै आएको छ । गत आवमा कार्यक्रमअन्तर्गत रु ३० लाख र चालु आवमा रु १० लाख रकम अनुदानबापत उपलब्ध गराइएको छ । नुदान रकमबाट व्यावसायिक तरकारी खेतीमा संलग्न किसानले लागि टनेल, मिनीटिलर, पावर टिलर, स्प्रे ट्याङ्की, हजारी, क्रेटलगायत खरिद गरी उपयोगमा ल्याएका छन् । अनुदानको रकमबाट तरकारीको बीउ खरिद गरी वितरण गर्ने कार्यसमेत हुने गरेको छ । मुख्यमन्त्री नमूना कृषि कार्यक्रममा एक सय ४५ परिवार आबद्ध रहेका छन् । कृष्णपुर नगरपालिकाका कृषि शाखाका प्रमुख लालबहादुर धामी व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई मागको आधारमा तालिम र कृषि औजार, उपकरण, प्लाष्टिक टनेललगायत ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने कार्य हँुदै आएको बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

‘गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ’

‘गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ’...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९