ओमन हुँदै खाडी मुलुकमा नेपाली महिलाको तस्करी

काठमाडौं । भिजिट भिसाको आवरणमा सुरक्षाकर्मी, अध्यागमन अधिकारी र नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा संगठित रूपमा मानव तस्करी भइरहेको खुलासा भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानका आधारमा नेपालबाट विशेष गरी खाडी मुलुकतर्फ नेपाली महिलाहरूको अवैध तस्करी भइरहेको प्रहरी स्रोतले जनाएको छ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव बेचबिखन तथा अनुसन्धान ब्युरो परिचालन गरेपनि तस्करी नियन्त्रणमा पूर्ण रूपमा सफलता हासिल गर्न नसकेको बताएको छ ।

 

दैनिक २५० भन्दा बढी नेपाली महिलाको तस्करी
विमानस्थलबाट भिजिट भिसाको सहारामा विशेष गरी दुबई, कुवेत, ओमन, कतार, साउदी अरब, बहराइन, सिरिया, इराक लगायतका खाडी मुलुकमा नेपाली महिलाहरूको अवैध रूपमा तस्करी भइरहेको छ । प्रहरीका अनुसार दुबईमा मात्र दैनिक २५० जना नेपाली महिलाहरू भिजिट भिसामा गएको देखिन्छ, जसमा ठूलो संख्यामा तस्करीका सिकार भएका छन् । दुबई सरकारले भिजिट भिसामा कडाइ गरेपछि तस्करहरू ओमनलाई ‘ट्रान्जिट प्वाइंट’का रूपमा प्रयोग गर्न थालेका छन् । नेपालका विभिन्न ट्राभल एजेन्सीहरूको संलग्नतामा महिला तस्करी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विभिन्न एयरलाइन्स मार्फत मानव तस्करी व्यापक रूपमा भइरहेको पाइएको छ ।

 

 

नक्कली कागजातको प्रयोग र एयरलाइन्स कर्मचारीको संलग्नता
नेपाल सरकारले २०८० माघ १० गतेबाट लागू गरेको छ-बुँदे मापदण्डका आधारमा भिजिट भिसामा विदेश जान लाग्ने व्यक्तिले आवश्यक कागजात पेस गर्नुपर्ने नियम भएपनि तस्करहरूले नक्कली कागजात बनाएर तस्करीलाई निरन्तरता दिइरहेका छन् । प्रहरीका अनुसार, दुईतर्फी टिकट भएपनि एउटा मात्र प्रयोग गर्ने, रिटर्न टिकट नक्कली बनाउने, होटल बुकिङ नक्कली गर्ने, ५०० अमेरिकी डलर बोक्नुपर्ने मापदण्डलाई नजरअन्दाज गर्ने कार्य भइरहेको छ ।

 

 

यस क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एयरलाइन्सका कर्मचारीहरू पनि प्रत्यक्ष संलग्न रहेको खुलासा भएको छ । तस्करहरूले एयरलाइन्सका कर्मचारीहरूसँग मिलेर १०,००० रुपैयाँसम्म रकम बुझाएर बोर्डिङ पास प्राप्त गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

 

 

खाडी मुलुकतर्फ महिला तस्करीको भयावह अवस्था
नेपाल सरकारले २०७३ सालदेखि नेपाली महिलालाई घरेलु कामदारका रूपमा खाडी मुलुक जान रोक लगाएको भएपनि तस्करहरूले गैरकानुनी रूपमा महिलाहरूलाई आकर्षक तलब र सुरक्षित रोजगारीको प्रलोभन देखाएर तस्करी गरिरहेका छन् । यसरी गैरकानुनी रूपमा गएका महिलाहरूको अवस्था अत्यन्त दयनीय रहेको छ । उनीहरू शारीरिक शोषण, यौन हिंसा र जबरजस्ती श्रम शोषणको सिकार हुने गरेका छन् । यस्तै सरकारसँग २०७३ सालदेखि हालसम्म खाडी मुलुकमा अवैधानिक रूपमा पुगेका करिब २ लाख नेपाली महिलाको कुनै आधिकारिक तथ्यांक नै छैन ।

 

 

कडा कदम चाल्नुपर्ने अवस्था
नेपाल सरकारले हाल भिजिट भिसाको व्यवस्थापनलाई थप कडाइ गर्दै श्रम स्वीकृति प्रणालीलाई प्रभावकारी बनाउनु पर्ने देखिन्छ । खाडी मुलुक जाने महिलाहरूलाई भिजिट भिसाको सट्टा वैधानिक श्रम स्वीकृति दिलाएर पठाउने व्यवस्था गर्न सकियो भने सरकारले उनीहरूको सुरक्षा र कार्यमा निगरानी राख्न सक्नेछ । गृह मन्त्रालय, श्रम मन्त्रालय, अध्यागमन विभाग र सुरक्षा निकायहरू मिलेर यो समस्या नियन्त्रण गर्न गम्भीर रूपमा लाग्नुपर्ने देखिन्छ । अन्यथा, नेपाली महिलाहरू मानव तस्करहरूको सञ्जालमा परेर जीवनभर शोषणको शिकार बन्ने अवस्था रहिरहनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’

काठमाडौँ,वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले दक्षिण कोरियाको इपिएस प्रणालीमार्फत कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय रहेको जानकारी गराउँदै कुनै पनि व्यक्ति, फार्म वा सामाजिक सञ्जालमार्फत दिइएको गलत आवश्वासनप्रति विश्वास नगर्न कामदारहरुलाई आग्रह गरेको छ ।   कुनै पनि व्यक्ति, फर्म वा सामाजिक सञ्जालमार्फत दिइएका गलत...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड तलब योजना पारित

टेक्सास, अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।     टेस्लाको वार्षिक सेयरधनी...

पैयुँले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने

पर्वत,  जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई रु ३० लाख राहतस्वरूप वितरण गर्ने भएको छ ।पैयुँ गाउँपालिका-५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि राहत...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी, म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९