साउदी अरबको लगानीको स्कोपलीले किन्यो ‘पोकेमोन गो’

काठमाडौँ । साउदी अरेबियाको सार्वजनिक लगानी कोष (पिआईएफ)  द्वारा समर्थित अमेरिकामा रहेको फर्म स्कोपलीले निआन्टिक ल्याब्सको भिडियो गेम डिभिजन ३.५ अर्ब डलरमा किन्ने सम्झौता गरेको छ ।स्कोपलीले पोकेमोन गो, मोन्स्टर हन्टर नाउ र पिकमिन ब्लूम जस्ता खेलहरू बनाउन प्रयोग गरिएको गेम डिभिजन अधिग्रहण गरेको जानकारी दिएको हो ।अप्रिल २०२३ मा, पिआईएफको पूर्ण स्वामित्वमा रहेको स्याभी गेम्स ग्रुपले ४.९ अर्ब डलरमा स्कोपली अधिग्रहण गरेको थियो ।

 

 

लगभग एक दशक अघि सुरु गरिएको भए पनि, पोकेमोन गो अझै पनि विश्वको सबैभन्दा लोकप्रिय भिडियो गेमहरू मध्ये एक हो, जसमा २० करोडभन्दा बढी साप्ताहिक सक्रिय खेलाडीहरू छन् । निआन्टिक ल्याब्सको मोबाइल गेम व्यवसायले २०२४ मा १ अर्ब डलरभन्दा बढी आम्दानी गरेको थियो ।अमेरिकामा आधारित फर्मले सम्झौता अन्तर्गत आफ्ना इक्विटी होल्डरहरूलाई अतिरिक्त ३५० डलर मिलियन वितरण गर्ने बताएको छ, जसले कम्पनीका शेयरधारकहरूको लागि लगभग ३.८५ बिलियन डलरको कुल मूल्य प्रदान गर्नेछ ।

 

 

यसका साथै निआन्टिक एआईमा पनि प्रवेश गरेको छ ।  यसको संस्थापक र सीईओ, जोन हान्केको नेतृत्वमा निआन्टिक स्पेटियल नामक नयाँ कम्पनीको शुरुवात गरेको घोषणा गरेको छ । कम्पनीलाई २५० मिलियन डलर पूँजीको साथ वित्त पोषित गरिएको र निआन्टिकको ब्यालेन्स शीटबाट २०० मिलियन डलर र स्कोपलीबाट ५० मिलियन डलर लगानी गरिएको उल्लेख छ ।

 

 

भिजन २०३० को सुरुवातदेखि, साउदी अरेबियाले गेमिङ उद्योगलाई सक्रिय रूपमा प्रवर्द्धन गरिरहेको छ, पीआइएफले पहिले नै निन्टेन्डो, इलेक्ट्रोनिक आर्ट्स र टेक-टू इन्टरएक्टिभ जस्ता प्रमुख कम्पनीहरूमा आफ्नो हिस्सेदारी बनाएको छ ।२०२४ मा, साउदी अरेबियाले ईस्पोर्ट्स विश्वकप पनि आयोजना गर्‍यो, जसमा ६० मिलियन डलरभन्दा बढीको पुरस्कार पूल रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९