
नवलपरासी पश्चिममा सशस्त्र प्रहरी प्रमुख एसपी धिरेन्द्र राज न्यौपानेले जिल्लामा आएदेखि अबैध काम गर्नेमाथि धमाधम एक्सन लिँदै आएका छन् । बेलाबेला भारतबाट नेपालतर्फ नेपालबाट भारततर्फ अबैध रुपमा आयातनिर्यात गर्ने गिरोह सक्रिय रहेको खबर सार्वजनिक हुँदै गएपछि एसपी न्यौपानेले जिल्लामा आगमन भएपछि अवैध काम गर्नेमाथि कडा एक्सन लिएपछि बिहीबार ठुलो परिमाणमा अवैध कोइला बरामद भएको हो ।
पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले तस्करीमा संलग्न ३ ट्याक्टर र कोईला गरि १५ लाख ९७ हजार ५ सय मुल्य बराबरको अवैध कोईला नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीले बिहीबार अवैध भन्सार छली चोरी पैठारीमा संलग्न ३ वटा ट्याक्टर अंन्दाजी १५ लाख बढीको मुल्य बराबरको अवैध कोईला प्रतापपुर गाँपालिका वडा .४ हरखपुरा स्थितबाट नियन्त्रणमा लिएको हो । बिहीबार बिहानको समयमा भारतबाट भन्सार छलि अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ९७ हजार ५ सय मुल्य बराबरको कोईला लु १ त १९०५ , लु १ त ५४०९ , लु २ त १९११ नम्बरको ट्याक्टरमा कोईला लोड गरिएको सशस्त्र प्रहरी भुजहवाबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा न.४ हरखपुरा स्थितबाट बरामद गरेको हो ।
बरामद गरिका ट्याक्टर र कोईला आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर बेलाशपुरका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक केशव राज थापाले जानकारी दिनुभयो ।