नासिँदै गएको जल भण्डार र सगरमाथा संवाद-२०२५

नेपालमा हिमतालहरूको संख्यामा निरन्तर वृद्धि भइरहनु, हिमाली क्षेत्रमा तापक्रम बढ्नुको नतिजा हो। औद्योगिक देशहरूले वायुमन्डलमा थुपारेको हरित गृह ग्यासका कारण हामीले हाम्रो जलको भण्डार गुमाउँदै गएका छौं।

 

–  प्रकाश रेग्मी

खैरा छालाले अंग्रेजी वर्णमालामा लेखिएका तथ्याङ्क र त्यसका नतिजा सजिलै स्वीकार गर्ने तर आफ्नै भाषा र आफ्नै देशका लेखकहरूले लेखेका तथ्याङ्क र त्यसका नतिजाका बारेमा थप प्रमाणको आवश्यकताको माग गर्ने हाम्रा ब्युरोक्रेसीको चरित्रको तीतो अनुभवबाट यो लेखक अज्ञात छैन। यसमा कति कानुनी बाध्याता होलान् त कति समय र खर्च बडाउने अभिप्राय पनि होलान्। तर पनि यस विश्व पानी दिवस-२०२५ जुन प्रत्येक वर्ष मार्च २२ का दिनमा मनाइन्छ, यसको नारा पनि हिमनदी संरक्षण रहेको र नेपालमा हुँदै गरेको सगरमाथा संवाद  २०८२ जेठ २, ३ र ४ को पूर्वसन्ध्यामा छोटो विवेचना गर्ने प्रयास गरें।

 

 

जलवायु परिवर्तनका कारण विश्वको लगभग ७० प्रतिशत ताजा पानी आपूर्ति गर्ने हिमनदी र बरफका पत्रहरू अतिरिक्त गतिमा पग्लिँदै जाँदा, करोडौं मानिसहरूको लागि दीर्घकालीन पानीको स्रोत खतरामा पर्ने देखिन्छ। हिमनदीहरू हराउँदै जाने दरमा वृद्धि भएका कारण संयुक्त राष्ट्र संघको महासभाले सन् २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष घोषणा गरेको छ।

 

 

यसै सन्दर्भमा नेपाल सरकारका हालका प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाइमा २०८२ जेठ २, ३ र ४ गते सगरमाथा संवादको कार्यक्रम आयोजना गर्ने घोषणा भएको छ। नेपाल सरकारले झन्डै पाँच करोड खर्चेर यो कार्यक्रम हुँदै छ। यो संवाद आयोजना गर्नुको उद्देश्य नेपाल सरकारले जलवायु परिवर्तनमा पर्वतीय राष्ट्रहरूका बीच जलवायु न्यायका लागि नेतृत्वदायी भूमिका खेल्न प्रयास गर्ने भनिएको छ ।

 

 

नेपाललगायत संसारका पर्वतीय र विकासमा पछाडि परेका देशहरू हालको विकसित जलवायु परिर्तनले निम्त्याएको अनेकौं समस्याको चपेटामा छन्। सूर्बाट आएको सौर्य विकीरणको ४७ प्रतिशत भाग सोझै जमिन र महासागरले अवशोषित गर्छ, सात प्रतिशत विकीरण सोझै अन्तरीक्षमा अर्थात् वायुमण्डल भन्दाबाहिर जान्छ। बचेको ५० प्रतिशत ताप बादल, हावामा रहेको पानी, हावामा रहेका धुलकणहरूसँग मिसिँदै पुन: अन्तरिक्षमा  जान्छ। यसरी जुन अप्रत्यक्ष रुपबाट अन्तरीक्षतिर तापको विकीरण जाने बाटोमा रहेका बादल र हावामा जुन अतिरिक्त धुलकण र कार्बन बढेको छ, त्यसले अतिरिक्त ताप अवशोषित गर्दछ र वायुमण्डलको तापमान बढाउन सहयोग गर्छ। हावा सधैं गतिशील जुने हुनाले कुनै एक स्थानमा भएको अतिरिक्त तापक्रमसहितको हावा सजिलै संसारको कुनै पनि कुनामा पुग्न जान्छ। त्यसैले, हामीले नगरेको गल्ती भएर पनि हामी जलवायु परिवर्तनको प्रभावबाट प्रताडित छौं।

 

 

विश्वव्यापी रूपमा नेपाल जलवायु परिवर्तनको जोखिमको हिसाबले चौथो स्थानमा राखिएको छ। पृथ्वीको सतह तथा वायुमण्डलको तापमानमा आएको वृद्धिको कारण देशको उत्तरमा रहेको हिमालयको हिउँ अतिरिक्त दरमा पग्लदै जाँदा हिमतालहरूको संख्यामा वृद्धि हुनुका साथै हिमतालका आकारमा वृद्धि हुँदै आएको देखिन्छ। यो प्रक्रियाले नेपालका नदीहरूमा बेमौसमी बाढी तथा पहिरो गएका समाचारहरू आउने गर्दछन्। जसले गर्दा हजारौं घरहरू, कृषियोग्य जमिन र सडकहरूको विशाल क्षेत्र जोखिममा परेको देखिन्छ।

 

 

प्रविधिले साँघुरो बनाएको विश्व परिवेशमा आफ्नो देशबाट टाढै रहेर पनि प्राप्त गर्न सकिने सूचनाका आधारमा आफूले जानेका काम गरेर लेखमार्फत् पाठक वर्गमा पुर्‍याउन मन लाग्यो। यस सानो सोधका लागि सेटेलाइटबाट प्राप्त गर्न सकिने नेपालका हिमतालहरूको अवस्थिति, विश्व बैंकको जलवायु परिवर्तन ज्ञान पोर्टल र नेपाल सरकारको जलविज्ञान तथा नाप विज्ञान विभागले सर्वसाधरणका लागि इन्टरनेटमार्फत् उपलब्ध गराएका सूचनाहरूलाई प्रयोग गरेको छु।

 

 

टेबलमा सन् १९०१ देखि सन् २०२०, जम्मा १२० वर्षसम्मको विभिन्न १२ महिनाको औसत तापक्रम देखाइएको छ। उक्त डाटालाई विश्व बैंकको जलवायु परिवर्तन ज्ञान पोर्टलमा विभिन्न ढाँचामा डाउनलोड गर्न सकिने गरी उपलब्ध छन्। टेबलमा देखाए बमोजिम यस अवधिमा प्रत्येक महिनाको औसत तापक्रम बढेको देखिन्छ। पहिलो ३० वर्षको आधार अवधिभन्दा चौथो अन्तिम ३० वर्षे अवधिमा सबै महिनामा औसत तापक्रम बढेको तथ्य टेबलबाट देख्न सकिन्छ।

 

 

टेबलको डाटाबाट विकसित गरिएको चार्टमा हेर्दा गर्मी महिनाका दिनहरूमा भन्दा जाडो महिनाका दिनहरूमा तापमान बढी दरमा बढेको देखिन्छ। सन् १९०० देखि हालसम्म  पृथ्वीको सतहको तापक्रम लगभग १.१ डिग्री सेल्सियसले बढेको अनुमान गरिन्छ। नेपालमा  कुल १२० वर्षको अवधिमा औसत तापमान ०.७२ डीग्री सेल्सियसले बढेको डाटाले देखाउँछ। तर, महिना अनुसार तापक्रम वृद्धि भने फरक-फरक छन्। सबैभन्दा कम तापक्रम बढेको महिना जुन हो।  यस १२० वर्षको अवधिमा जुन महिनामा जम्मा ०.१८ डिग्री  सेल्सियसले तापक्रम बढेको देखिन्छ भने नोभेम्बर महिनामा सबैभन्दा बढी वा १.५५ डीग्री सेल्सियसले तापक्रम बढेको देखिन्छ।

 

 

जाडो महिनाहरू हिमछादित क्षेत्रमा हिउँ जम्माहुने समय हो। यो जम्मा भएका हिउँ विस्तारै तापक्रम बढेसँगै पग्लिएर हिमनदी, हिमताल हुँदै नदीमा रुपन्तरित हुन्छन् र आफ्नो मार्गका क्षेत्रहरूमा सिन्चित गर्दै जीव र वनस्पति जगतलाई अति आवश्यक पर्ने पानीको आपूर्ति गर्छन्। यसरी हिउँ भण्डार हुने समयमा नै तापक्रम बढ्नुले नेपालका उच्च पर्वतीय क्षेत्रहरूमा हिउँ भण्डारको मात्रा घटिरहेको हुनुपर्छ भन्ने आँकलन गर्न सजिलै सकिन्छ। तर, कति मात्रामा घटेको छ भन्ने मापन गर्न भने त्यति सजिलो छैन।

 

 

यसरी औद्योगिक संसारले सिर्जना गरेको समस्याका कारण हामीजस्ता अविकसित देशका जनताहरूले सजाय भोग्नु परिरहेको छ। हामी विवश छौं, हामीले उक्त बढेको तापक्रम रोक्न वा घटाउन खासै उल्लेखनीय क्रियाकलाप गर्न सक्दैनौं। तर, भावी पुस्ताका लागि ‘वातावरण जोगाऊँ’जस्ता नाराका साथ विश्व सनुदायबीच वातावरण अधिकारका मुद्दाहरू प्रखर रुपमा राख्न सक्छौं। यस सन् २०२५ मे महिनामा हुने सगरमथा संवादका अवसरमा वातावरण संरक्षणका लागि अधिकारका रुपमा सहयोगको आह्वान गर्न यस संवाद कार्यक्रमले हामीलाई अवसर मिलाएको छ।

 

 

नेपालमा हिमतालहरूको संख्यामा निरन्तर वृद्धि भइरहनु, हिमाली क्षेत्रमा तापक्रम बढ्नुको नतिजा हो। औद्योगिक देशहरूले वायुमन्डलमा थुपारेको हरित गृह ग्यासका कारण हामीले हाम्रो जलको भण्डार गुमाउँदै गएका छौं। हाम्रो जल भण्डार जोगाउनु हाम्रो आफ्नै जिम्मेवारी हो भने यस गुम्दै गएको जल भण्डार संरक्षणका लागि आवश्यक सहयोग प्राप्त गर्नु हाम्रो अधिकारको रुपमा हेरिनु पर्दछ। अनि अधिकारका रुपमा प्राप्त भएका सहयोगलाई तीन तरिकाले उपयोग गर्नु पर्दछ भन्ने प्रणेताको सुझाव रह्यो।

 

१. निरन्तर अनुगमनः नक्सामा देखाइए अनुसार नेपालको उत्तरी भाग जलश्रोतको भण्डार हो। निरन्तर बढिरहेको तापक्रमको कारण उक्त क्षेत्रको हिउँ अतिरिक्त गतिमा पग्लिरहेको छ। हिमनदीहरू द्रूत दरमा पग्लँदै, हिमताल बन्दै अनि नदी हुँदै छिटो-छिटो गतिमा बगेर पानी खेर गइरहेको छ। त्यसैले, ती हिम क्षेत्र निरन्तर अनुगमनको परिधिमा हुनु आवश्यक छ। निरन्तर अनुगमनले कुन क्षेत्रको तापक्रमको ढाँचामा कसरी परिवर्तन भइरहेको छ भन्ने सूचना प्रदान गर्दछ र भावी प्रभावकारी योजना बनाउन सहयोग मिल्छ। निरन्तर अनुगमनका लागि जलवायु स्टेशनहरू नै मुख्य सूचनाका स्रोत हुन सक्छन्। उल्लेखित नक्सामा ती जलवायु स्टेशनहरू स्थायी जल भन्डारका क्षेत्रहरूभन्दा बाहिरतिर वितरित भएको देखिन्छ। विभिन्न समयमा विभिन्न उद्देश्यका लागि स्थापना भएका ती स्टेशनहरूले हिम क्षेत्रको सूचना दिन नसक्ने हुनाले अब थपिने स्टेशनहरू हिमछादित क्षेत्रतिर आकर्षित गर्नुपर्ने देखिन्छ। २. संरक्षणः लामो समयदेखि निरन्तर बढिरहेको तापक्रमका कारण हिमनदीहरूको लम्बाई छोटिँदै अनि हिमतालहरूको संख्या बढ्दै गइरहेको छ। हिमतालमा पानीको मात्रामा पनि क्रमश: बढ्दै गएको छ र उनीहरू विस्फोट हुने अवस्थामा छन्। ती विस्फोट भए भने एक त जल भण्डारमा रहेको पानीको मात्रा अचानक घट्ने, दोस्रो हिमताल भन्दा तल्लो तटीय क्षेत्रमा ठूलो धनजनको नोक्सान हुने अवस्था छ। त्यसैले, उक्त तालहरूमा आवश्यक बाँध तथा सुरक्षित पानीको निकास मार्ग बनाएर पानीको संरक्षण साथै तालभन्दा तल्लो तटीय क्षेत्रलाई सम्भावित जोखिमबाट संरक्षण गर्नुपर्ने देखिन्छ।३. अनुकूलनः चार्ल्स डार्विन को सिद्धान्त ‘सबैभन्दा सक्षमको अस्तित्व’ बमोजिम परिवर्तित हावापानीसँगै मानिसले आफ्नो जीवनशैलीमा पनि परिवर्तन गरेर जीवनलाई सहजतातिर उन्मुख गराउँदै जानु अति बुद्धिमानी ठहर्छ। त्यसैले, प्रभावित क्षेत्रहरूमा सूचनाका माध्यमबाट प्रविधि हस्तान्तरणका साथै मानिसलाई अति आवश्यक पर्ने खाद्यान्नलगायतका वस्तुहरू उत्पादन र उपभोग ढाँचामा समयानुकूल परिवर्तन गराउने  खालाका प्रयासका कामहरू गर्नुपर्ने देखिन्छ।  

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ,  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो ।   कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गर्नुभएको आयोगका प्रवक्ता...

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

काठमाडौँ,  नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।   सहमतिपछि प्रधानममन्त्री सुशीला कार्कीले सरकार र जेनजी...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले सबैभन्दा बढी घरेलु हिंसाका घटना दर्ता हुने गरेको जनाएको छ ।  आयोगले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय महिला आयोगको खबर गरौँ ११४५ निःशुल्क हेल्पलाईन सेवा’को आठौँ स्थापना दिवसका अवसरमा आयोगका सचिव रेखा कँडेलले पछिल्लो समय घरेलु हिंसाको घटनामा वृद्धि भएको...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

जलेश्वर (महोत्तरी),  पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विश्वविद्यालयको जग्गाबाट आएन भाडा

तुलसीपुर (दाङ),  नेपाल संस्कृत विश्वविद्यालयको बेलझुण्डीस्थित जग्गाको भाडा प्राप्त हुन सकेको छैन । विश्वविद्यालयको ३३ बिघा ३१ कट्ठाभन्दा बढी जग्गा १० वर्षका लागि भाडामा सम्झौता भएको थियो । जुन तुलसीपुर १८ निवासी टेकबहादुर डाँगीले लिनुभएको थियो ।   विसं २०७१ साउन १ गतेदेखि बाख्रापालन गर्ने भनेर...

स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन

काठमाडौँ,स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरेर स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउनुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको विश्व स्वास्थ्यको सर्वव्यापी पहुँच दिवसका अवसरमा आयोजित अन्तरक्रियामा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले स्वास्थ्य बीमाले लागू गरिएका कार्यक्रममार्फत सबै नेपालीका स्वास्थ्यमा पहुँच पुर्याउन सकिने...

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान

दमौली (तनहुँ),  यहाँको आँबुखैरेनी गाउँपालिकाले तनहुँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेतालाई नगदसहित सम्मान गरेको छ । गाउँपालिकाले आज एक कार्यक्रम आयोजना गरी पदक विजेता विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो । जिल्ला खेलकुद विकास समितिले भिमादमा आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आँबुखैरेनीले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९