भैरहवामा फुटपाथमा पार्किङ, टर्न निषेधमा गाडी निरन्तर प्रवेश

भैरहवा । पैदलयात्रु निर्वाध आवगमनको सहजताका लागि फुटपाथ प्रयोग गरिएपनि रुपन्देहीको भैरहवामा यस्को विपरित फुटपाथलाई पार्किङको रुपमा प्रयोग गरिएको छ ।सडकमा सवारी साधनको चाप दिन प्रतिदिन बढ्दै गए पनि पार्किङ स्थलको व्यवस्थापन हुन नसक्दा भैरहवा अस्तव्यस्त हुदै गएको छ । भैरहवाको बुद्धचोक देखि बर्मेली टोलको पश्चिम तर्फको सर्भिस रोड पार्किङ निषेध गराई  फुटपाथमा पार्किङ गराइएको छ ।

 

 

केवल पैदल यात्रुको सहजताका लागि बनाइने फुटपाथमा यहाँ मोटरसाइकलहरु क्रमबद्ध रुपमा पार्किङ गरि राखिएको छ । पछिल्लो केही दिन देखि फुटपाथ खाली गराउने र अव्यवस्थित पार्किङ्गमा कडाई गर्दै आएको सिद्धार्थनगर नगरपालिका र ट्राफिक प्रहरीले फुटपाथमै पार्किङ्ग गर्दा भने रमिते बनेको छ ।

 

सिद्धार्थनगर नगरपालिकाले पछिल्लो केही दिन देखि नगरप्रहरीको प्रयोग गर्दै सिद्धार्थनगरको सडकपेटी अतिक्रमणलाई हटाउने अभियान गर्दैछ । नगरपालिकाले फुटपाथलाई व्यवस्थित गरी पैदलयात्रुको सहजताका लागि यो अभियान सुरु गरेको छ ।

 

भैरहवाको मुख्य बजर बैंक रोड, गल्लामण्डी, मैत्री पथ, नयाँ सडक, नारायणस्थान लगायतको सडकहरुमा दैनिक नगरप्रहरीले फुटपाथ खाली गराउदै राखिएको सामान समेत नियन्त्रणमा लिई कारवाही गरेका छन । सडकपेटी खाली गर्ने अभियानले थुपै्र व्यवसायीहरु कारवाहीको दायरामा आई जरिवाना समेत दिदा नगरपालिकाले बुद्धचोक नजिकै राखेको फुटपाथको पार्किङको विषयमा केही गर्न सकेको छैन ।

 

नगरपालिकाको समन्वयमा नै केही समयका लागि फुटपाथमा पार्किङ गरिएको हो, अल्पकाालिन रुपमा यस क्षेत्रको पर्किङको लागि फुटपाथ प्रयोग गर्ने भनिएपनि ३ वर्ष वित्दा समेत यसलाई निरन्तरता दिदै फुटपाथमै पार्किङ गरिरहेको छ ।फुटपाथ सहित सर्भिस रोडमा समेत जथाभावी पार्किङ गर्दा पैदल यात्रीलाई समस्या भएको सामाजिक अगुवा विजय सागर श्रेष्ठले बताए । यसरी जथाभावी पार्किङ गर्दा र एउटा लेनमा चल्नुपर्ने साधन उल्टो लेनमा चल्दा दुर्घटनाको जोखिम धेरै भएको उनले बताए ।

 

सिद्धार्थनगर बैकरोडका व्यवसायीहरुले नगरप्रहरीले ज्यादती गरेको बताएका छन । दादागिरी शैलीमा फुटपाथको मात्रै होइन पसल भित्रको सामान पनि गाडीमा हालेर लगेको गुनासो गरेका छन ।झयामझुमे सामान उठाएर गाडीमा हालिएको छ यो गलत ढंगले नगरप्रहरीहरु लागेको व्यवसायीहरुले बताएका छन । उनीहरुले के के सामान लग्यो भन्ने पनि आफुहरुलाई थाहा नभएकोले जरिवाना पछि कसरी चिनेर ल्याउने भन्ने पनि दुविधा भएको बताए ।

 

भैरहवामा प्रवेश निषेध गरेको क्षेत्रमा सवारीसाधन निरन्तर प्रवेश गर्दा समेत ट्राफिक प्रहरी मुकदर्शक भई बसेको छ । भैरहवाको बर्मेली टोलमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले उत्तर तर्फ जादा दाया टर्न निषेध गरेको छ । ट्राफिक व्यवस्थापनका लागि डिभाइडर हटाएर राखिएको बुद्धचोकबाट आउने सवारीसाधनलाई सजिलै नारायण पथ र दाया सर्भिस रोड जाने सहजताका लागि उक्त टर्न खोलिएपनि त्यसको विपरित दिशाबाट गएको सवारीसाधन पनि सहजै त्यो बाटोको प्रयोग गरिरहेको छ ।

 

सबैले देखिने गरि राखिएको ट्राफिक चिन्हलाई वेवास्ता गर्दै आम सर्वसाधरण गलत बाटो प्रयोग गरिरहेका छन । प्रवेश निषेधको चिन्ह लाई नजरअन्दाज गरि सवारीसाधन आवगमनले  दुर्घटनाको उच्च जोखिम छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले टर्न खोल्दा केही समय प्रहरी खटाएपनि अहिले ट्राफिक प्रहरीको डयुटी नै हटाइएको छ ।

 

 

यस्तै भैरहवा क्षेत्रको राजमार्गमा ट्राफिक व्यवस्थापनका लागि बुद्धचोक र देवकोटा चोकमा रहेको ट्राफिक लाइट नियमित रुपमा नचल्दा दुर्घटनाको उच्च जोखिममा छ । स्वचलित रुपमा २४ घण्टा बल्नुपर्ने ट्राफिक बत्ती कहीले बल्ने र कहिले नबल्दा चालकहरु झुक्किएर झन दुर्घटनाको जोखिम बढेको छ ।

 

ट्राफिक लाइटले काम नगर्दा ट्राफिक व्यवस्थापन स्वचालित नहुने र चालक आफ्नै सुरमा गाडी हाक्ने गरेका छन । बेलाबखत सडकमा भएको ट्राफिक प्रहरीले हातको इशाराले संकेत गरेपनि ड्युटीमा भएको प्रहरी पनि छेउमा मोबाइल चलाउदै र कुराकानीमै मस्त हुन्छन ।

 

 

रुपन्देहीको भैरहवामा यि मात्रै होइनन नम्बर प्लेट अस्पष्ट भएको छरपस्ट देखिन्छ, हाइवेमा इरिक्सा, भन्सार र सुविधा विनाका भारतिय गाडीको निर्वाध प्रयोग, वसपार्कबाट छुट्नु पर्ने गाडी चोक र सर्भिस रोड बसपार्कको रुपमा परिणत जस्ता कार्यले भैरहवामा ट्राफिक प्रहरी नै नभएको अनुभूति भइरहेको छ ।

 

 

जिल्ला ट्राफिक प्रहरी कार्यालयले रुपन्देहीका निमित्त प्रमुख वरिष्ठ सई ज्ञानेन्द्र शर्माले समग्र ट्राफिक व्यवस्थापनका लागि नियमित रुपमा चेकजाँच र नियम विपरीत गरेकालाई कारावहीको दायरामा ल्याएको बताए ।हाइवेमा चल्ने इरिक्सा र भन्सार विना आएका विधुतीय गाडीहरुलाई कारवाहीको दायरामा ल्याएका छौ, हिजो मात्रै ४५ वटालाई कारवाही गरेका छौ भने, फुटपाथमा भएको पार्किङको विषय केही दिनमा समाधान हुने बताए । यस्तै प्रत्येक दिन अपरेशन गरेका छौ, राइट टर्न निषेधमा सवारीसाधनको प्रवेश भएको पाइएकोले डयुटी खटाएर त्यसलाई  नियमन गर्ने वरिष्ठ सई शर्माले भने । उनले एकै पटक सबै काम नहुने बताउदै अबको एक हप्ता पछि नतिजा देखिने परिवर्तन हुने उनले दाबी गरे । नगर प्रहरीको विषयमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले नगर प्रहरीद्वारा सिद्धार्थनगर नगरपालिकाभित्र बजार क्षेत्रमा जथाभावी रूपमा गरिएको पार्किङ, सडक क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका होर्डिङ बोर्ड, हेलमेट तथा सडक पेटीमा राखिएका सामग्रीहरूलाई हटाउने तथा नियन्त्रणमा लिने कार्यलाई तीव्र रूपमा अगाडि बढाएको बताए ।फुटपाथमा गरिएको पार्किङको विषयमा पनि नगरपालिका सचेत छ, नगरवासीको सहजताका लागि नै नगरपालिकाले अभियान चलाएको छ । इरिक्सा, फोहोरमैला, फुटपाथ खाली गराउने पार्किङ लगायतको विषयमा नगरप्रहरी लागेको छ । छाडा चौपाया, इरिक्सा व्यवस्थापनको विषय चुनौति रहेपनि विस्तारै सहज हुदै गएको छ भने  फोहोरमैलाको विषयमा सर्वसाधरणले जथाभावी फोहोर फाल्नेलाई कारवाहीको दायरामा ल्याउने बताए ।  नगरवासीको सहजताको लागि नै गरेकोले नगरवासी, व्यवसायी र सबै सम्बन्धित पक्षलाई यस कार्यमा सहयोग गरी नगर क्षेत्र सफा, सुरक्षित र व्यवस्थित राख्न योग्दान गर्न आग्रह गरे ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहा,  सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष...

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

काठमाडौँ, सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उहाँहरूबीच भएको भेटमा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको थियो ।       भेटमा सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९