मधेस प्रदेशकै उत्कृष्ट गौर अस्पताल १०० बेडमा स्तरोनत्ति

रौतहट। मधेश प्रदेशमै उत्कृष्ट गौर प्रादेशिक अस्पताल १०० बेडमा स्तरोन्नती भएको छ।कार्यसम्पादन संगै उपचारका लागी आउने बिरामीको संख्याको आधारमा प्रादेशिक अस्पताल गौर लाई ५० बेडबाट १०० बेडमा स्तरोन्नती गरीएको हो।अस्पतालको लागी अस्थायी दरबन्दी स्वीकृत गर्ने प्रस्तावमा प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार १०० बेडको अस्पताल स्तरोन्नति तथा सञ्चालनको स्वीकृती प्रदान गरिएको मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ।

 

५० बेडबाट १०० बेडमा स्तरवृद्धि अस्पतालको क्षमतामा वृद्धि हुनुले विगतदेखि बिरामीहरूले पाउँदैआएको सेवा सुविधामा थप सुधार हुने अपेक्षा गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महमद अनवर हासमिले न्युज कारखाना लाई बताएका छन्।

प्रादेशिक अस्पतालमा थप विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मी,
पूर्वाधारमा ,सुधार, थप उपकरण र सुविधा सम्पन्न भवनहरूमा
बिरामीको स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउने
समितिका अध्यक्ष हाशमीले जानकारी दिएका छन्।

 

स्तरवृद्धि अस्पतालको विकास र सुधारको लागि एउटा महत्वपूर्ण कदम हो ,यसले गौर क्षेत्रका जनतालाई अझ राम्रो स्वास्थ्य सेवा प्रदान गर्ने तथा उपचारको लागि हजारौँ रुपैयाँ खर्चेर बाहिर जानुपर्ने बाध्यता हटेको मेडिकल सुप्रीटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले विश्वास लिएका छन् ।

 

यस अघि सदरमुकाम गौर स्थित प्रादेशिक अस्पताल गत माघ महिनामा मधेश प्रदेश मै उत्कृष्ट बनेको थियो भने देशको टपटेन अस्पतालको सूचीमा पर्न सफल भएको थियो।
मधेश प्रदेश स्वास्थ मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्वान्यन कार्यक्रम अनुसार गरिएको अनुगमन निरिक्षण पछि कार्यसम्पादन मूल्यांकनको आधारमा उक्त घोषणा गरिएको थियो।

 

प्रादेशिक अस्पताल गौर मूल्यांकनको आधारमा कुल ८९ प्रतिसत मार्क ल्याएर मधेश प्रदेशको ६ वटा प्रादेशिक अस्पताल मध्ये १ नम्बर र देशकै ५० बेडका २० प्रादेशिक अस्पताल मध्ये उत्कृष्ट १० मा पर्न सफल भएको थियो।

 

न्यूनतम सेवा मापदण्ड कार्वान्यन कार्यक्रम अन्तर्गत प्रदेश लगायत स्थानबाट गएको अनुगमन टोलीले अस्पतालले दिइरहेको सेवा, डाक्टर स्वास्थ्यकर्मीको अवस्था, उनीहरूले बिरामी संग गर्ने ब्यवहार,भौतिक पूर्वाधारको अवस्था, एम्बुलेन्स, क्यान्टिन, बिरामीको बेड, अपरेसन कक्ष ,शौचालयको अवस्था, सरसफाई, अस्पतालले बिरामीलाई दिने सुविधा लगायतको मूल्यांकन गरी उत्कृष्ट घोषित गरेको थियो।

 

केही समय अघिसम्म रेफरल अस्पातालको नामले परिचित भएको  प्रादेशिक अस्पताल गौर समितिका अध्यक्ष हासमी, मेडिकल सुरिटेण्डेण्ट डाक्टर ठाकुरको नेतृत्वमा  कार्यरत सम्पूर्ण डाक्टर, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी अहोरात्र खटेर छुट्टै पहिचान कायम गर्न सफल भएको स्थानीयहरूले बताउँदै आएका छन्।यस आर्थिक बर्षको ७ महिनामा बिभिन्न जटिल अपरेसन, सघन सेवा सहित ४३ हजार भन्दा बढी बिरामीलाई उपचार सेवा दिएको अस्पताको तथ्याङ्कमा उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९