काठमाडौं । संसदको अबरोध खुल्ला गर्नका लागि सभामुख देबराज घिमिरेले छलफल सुरू गरेका छन् ।बिधुत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाइ पदच्युत गर्ने सरकारको निर्णय प्रति असहमती जनाउँदै हिजो देखी बन्द गरिएको संसदको अबरोध खुलाउन सभामुखले छलफल गरिरहेका हुन् ।
उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिए पछि सभामुखले छलफल गरेका हुन् । ‘सभामुखले अहिले बानेश्वरमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहनुभएको छ, अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना प्राप्त भएको छैन,’ सभामुख घिमिरेका प्रेस बिज्ञले भने ।
































































































































































