काठमाडौं। नेपाली र भारतीय सेनाको संयुक्त टोलीले संयुक्त रूपमा तेस्रो सर्वोच्च शिखर कञ्चनजंगा चढने भएका छन् ।भारतका रक्षामन्त्री राजनाथ सिंहले विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा आरोहणको लागि भारतीय र नेपाली सेनाको संयुक्त अभियानलाई झण्डलोत्तन गरीबिदाई गरेका छन ।सो समारोहमा नेपाली सेनाको सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी ध्रुव प्रकाश शाहले भारतीय रक्षामन्त्री सिंहसँगै झण्डलोत्तन समारोहमा सहभागी भएका थिए ।
काठमाडौँ, नेपालले विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न आग्रह गर्दै त्यसले विश्वलाई शान्ति र सहकार्यको मार्ग देखाएको बताएको छ ।बुद्धजयन्तीका अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको प्रतीकका...





















































































































































