महिला संघका २० केन्द्रीय सदस्यद्धारा सामुहिक राजीनामाको चेतावनी

काठमाडौं । नेपाल महिला संघकी अध्यक्ष उषा राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संघका २० जना केन्द्रीय सदस्यहरूले नेपाली कांग्रेसका सभापतिलाई ज्ञापन–पत्र बुझाएका छन्। संघको विधानविपरीत र अलोकतान्त्रिक ढंगबाट काम भइरहेको गुनासो गर्दै उनीहरूले पारदर्शी र विधिसम्मत ढंगले अधिवेशन गराउन माग गरेका छन्।

 

ज्ञापन–पत्रमा अध्यक्ष राउतले कुनै बैठक नगरी एकलौटी निर्णय लिँदै आएको आरोप लगाइएको छ। “संघको हित विपरित गतिविधि भइरहेकाले संगठनको आन्तरिक जीवनमा प्रतिकूल असर परेको छ,” ज्ञापन–पत्रमा उल्लेख छ। उनीहरूले पर्सा, बारा, सिरहा, रौतहट, महोत्तरी, सर्लाही, झापा, ताप्लेजुङ, कास्की, हुम्लालगायत ११ जिल्लाका निर्वाचित अध्यक्षहरूलाई अवैधानिक रूपमा हटाइएको दाबी गरेका छन्।

 

त्यस्तै, सर्लाहीमा क्रियाशील सदस्य मनोमानी ढंगले पठाइएको, दोलखामा कार्यरत अध्यक्षले जवरजस्ती अर्का व्यक्तिलाई संयोजक बनाइएकोजस्ता गतिविधि प्रति पनि उनीहरुले आपत्ति जनाएका छन् । नेपाली कांग्रेसले संघको अधिवेशन समयमै गर्न निर्देशन दिएपनि त्यसको अवज्ञा भएको, निर्देशन समितिमा रहेका वरिष्ठ नेताहरूले समेत सहजीकरण गर्न नसकेको उल्लेख गर्दै उनीहरूले पार्टी सभापतिलाई हस्तक्षेप गर्न आग्रह गरेका छन्।

 

“यदि अध्यक्षले यस्तै एकलौटी तरिकाले नाटकीय अधिवेशन गर्ने प्रयास गरे हामी उक्त निर्णय मान्दैनौं,” ज्ञापन–पत्रमा भनिएको छ, “पार्टीले मागअनुसार कदम चालेन भने हामी सामूहिक राजीनामा दिन बाध्य हुनेछौं।” केन्द्रीय सदस्यहरु चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा। अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रन्जिता गिरी, डा। सिता घिमिरे, तारा थपलिया, सुस्मा तिवारी, लक्ष्मी बाराकोटी, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, गिता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सनिशा भेटवाल, र पार्वती आचार्यले हस्ताक्षर गरेको ज्ञापन–पत्रको बोधार्थ कांग्रेसका उपसभापतिद्वय, महामन्त्रीद्वय, सहमहामन्त्री, महिला विभाग र महिला संघ निर्देशन समितिलाई समेत पठाइएको छ .

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९