मोटरसाईकलको ट्यांकी भित्र गाँजा तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ

रौतहट । मोटरसाईकलको ट्यांकी भित्र गाँजा तस्करी गरिरहेका रौतहटका एकजना युवक सिमाना संग जोडिएको भारत बिहार पूर्वी चम्पारण झरौखर थाना क्षेत्रमा पक्राउ परेका छन्। मोटरसाइकलको ट्यांकी भित्र ४ किलो भन्दा बढी लागुऔषध गाँजा सहित स्थानिय बौधिमाई नगरपालिका ३ मटिअर्वा गाउँका मुकेश साह भारतीय क्षेत्रमा संयुक्त टोलीद्वारा पक्राउ गरिएको सीमा सुरक्षा बल एस एसबी क्याम्प जमुनियाका प्रमुख सहायक कमान्डेन्ट भाग सिंह गुर्जरले न्युज कारखानालाई बताएका छन्।

 

सीमावर्ती भारतीय गाउँ पीठवा छेउ पिलर संख्या ३५६–४ नजिकै मंगलवार साँझ आरोपी मुकेश साह प्रदेश २–०३–००७ प १७६७ नम्बरको कालो रङको १५० सिसिको पल्सर मोटरसाईकल चढेर शंकास्पद अवस्थामा भारतीय क्षेत्रमा प्रवेश गरेका थिए।

 

सीमाक्षेत्रको गतिबिधि नियालिरहेका झरौखर थानाका गस्ती टोली र एसएसबी क्याम्प जमुनियाको टोलीले उक्त मोटरसाईकल रोकेर चेकजाँच गरेका थिए। चेकजाँचको क्रममा मोटरसाईकलको ट्यांकी भित्र पेट्रोलको स्थानमा ४ किलो ३०० ग्राम गाँजा बरामद गरिएको एसएसबीका सहायक कमान्डेन्ट गुर्जरले जानकारी दिएका छन्।

 

 

पक्राउ परेका मुकेशले मोटरसाईकलको ट्यांकी भित्र गाँजा र पेट्रोल सीट मुनी राखेर यसरी नै यस अघी पनी नेपालबाट भारतीय क्षेत्रमा तस्करी मार्फत गाँजा पुर्याएको सोधबुझको क्रममा स्वीकार गरेको एसएसवीले जनाएको छ। बरामद गाँजा, मोटरसाईकलसहित मुकेश साहलाई आवश्यक कारवाहीको लागि मंगलवार साँझ झरौखर थानाको जिम्मा लगाईएको एस एसबी क्याम्प जमिनियाले जनाएको छ।

 

 

मकवानपुरको बिकट ठाउँहरुमा उत्पादित लागुऔषध गाँजा पछिल्लो समय रौतहट र बाराको बिभिन्न नाका हुँदै तस्करीको माध्यमबाट तस्करले भारतीय क्षेत्रमा पुर्याइरहेका छन्। बिहार पूर्वी चम्पारण जिल्लामा प्रहरी प्रमुख एसपीको रुपमा आईपीएस अफिसर सुवर्ण प्रभातले जिम्मेवारी सम्भाले देखी अपराधी तथा लागुऔषध कारोबारीहरुको भागाभाग भएको छ। एसपी प्रभातको निर्देशनमा दर्जनौं अपराधीका साथै ठूलो संख्यामा लागुऔषध कारोवारी लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको जिल्ला प्रहरी कार्यालय मोतीहारीले जनाएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९