काठमाडौं। नेपाल बार एशोसियसनका भावी अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले रमणकुमार श्रेष्ठलाई २२८७ मतले पछाडि परेका हुन्।गत शनिवार सम्पन्न निर्वाचनको मत परिणाम आउने क्रम जारी रहदाँ मिश्रले ३९६४ मतसहित दोब्बर मतले अग्रता लिइरहेका छन् ।काठमाडौं जिल्ला बारको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा श्रेष्ठ भने १६७७ मतले पछाडि परिसकेका छन ।काठमाडौं जिल्ला अदालत बारबाट मात्रै मिश्रले १०८२ मत प्राप्त गर्दा श्रेष्ठले जम्मा २५२ मत मात्रै पाउन सकेका हुन ।विजय प्यानलमा महासचिवका उम्मेदवार केदारप्रसाद कोइराला ३७३९ मत ल्याउदाँ रमणका टिमका महासचिव यज्ञमणि न्यौपानेले १५७१ मतमा सिमित रहेका छन ।अब ललितपुर जिल्ला अदालत बार र पाटन उच्च अदालत बारको मात्र मतगणना बाँकी छ।
         
        
                                                
                                                
                                                
                                                
                                                

































                    
                    
                    
                    
                    


























































































































