रौतहट । बारा प्रहरीलाई ठुलो सफलता प्राप्त भएको छ।ट्याक्टरको तेल ट्यांकी भित्र राखेर ठूलो परिमाणमा ब्राउन सुगरको तस्करी गर्ने २ जना भारतीय तस्करलाई बारा स्थित प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला शिवनगर ईनरवा पञ्चायत वडा २ का ट्याक्टर चालक बर्ष ३० को टुटु कुमार र सोही ठाउँका बर्ष ३२ को टुटु अंसारी रहेको बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताएका छन्।
विशेष सूचनाको आधारमा २७ गते दिउँसो साढे बजे जिल्ला प्रहरी कार्यालय कलैयाबाट गएको टोलीले फेटा गाँउपालिका ३ चौतारा स्थित भारत बिहार घोडासाहनबाट आउँदै गरेको  ना ३ त ४७१४ नम्बरको ट्याक्टरलाई रोकी चेक जाँच गरिएको थियो।
चेकजाँचको क्रममा तेलको ट्याङ्की भित्र पलाष्टिकमा बेरी लुकाई छिपाई लगी रहेको ब्राउन सुगर १५८ ग्राम ९१० मिलि ग्राम बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले बताएका छन्।बरामद लागुऔषध ब्राउन सुगर, ट्याक्टर सहीत दुवैजना भारतीय नागरिक लाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारवाही प्रक्रिया अगाडी बढाईएको बारा प्रहरीको सूचनामा उल्लेख गरिएको छ।अभियान अन्तर्गत प्रहरी ठूलो परिमाणमा लागुऔषध, भन्सार छलीको सामान बरामद गर्नुका साथै दर्जनौं कारोवारी लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । 
         
        
                                                
                                                
                                                
                                                
                                                
                                                




































                    
                    
                    
                    
                    




























































































































