
नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले भन्सार छली चोरी पैठारीमा गरी ल्याएको करिब १० लाख ६२ हजार मुल्य बराबरको अवैध मोबाइल बरामद गरेको छ ।
सोमबार बिहान पाल्हिनन्दन गाउँपालिका वडा न. ५ भगतपुरा स्थितबाट अबैध रुपमा भन्सार छलेर भारतबाट नेपाल तर्फ मोटरसाइकलमा ल्याउदै गरेको Smart7 मोवाईल ११ पिस र POCO M4 Pro मोवाईल २५ पिस प्रहरी चौकी गेर्मीबाट प्रहरी सहायक निरीक्षक कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीलाई देखेपछि उक्त मोबाइलहरू सोही स्थानमा छाडी मानिस मोटरसाइकल लिई फरार भएकोमा उक्त मोबाइल प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाइ साथै उक्त मोबाइल कसले ल्याएको हो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।