प्रदेशको योजना खरिदविक्रि प्रकरणः मन्त्री साह नै किनबेचमा ब्यवस्त

सिरहा । सरकारले सुशासनको प्रतिबद्धता दोहोर्याइरहेको बेला मधेश प्रदेशका मन्त्रीहरू भने बिचौलियाहरु मार्फत योजनाहरू ‘बिक्री’ मा व्यस्त रहेको पाईएको छ।मधेस प्रदेशका वन तथा वतावरण मन्त्री त्रिभुवन साह विचौलिया र स्वयम् आफै पनि योजनाको काम गरीरहेको पाईएको हो।

 

 

कानुनतः मन्त्रालयहरुले जिल्ला स्थिति पुर्वधार बिकास कार्यालय वा सम्बन्धित वडामा योजनाको उपभोक्ता समिति गठन गर्न चिट्ठी  पठाउनुपर्ने प्रावधान छ। तर, वन मन्त्री साह आफै वडा अध्यक्षहरुलाई आर्थिक प्रलोभन देखाएर काम गर्ने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक वडा अध्यक्षले जानकारी दिए। उनले भने, ‘प्रदेश सरकारको योजनामा परेका चिट्ठी उपभोक्ताले जिल्लास्थित  पुर्वाधार बिकास कार्यालयमार्फत पाउनुपर्ने हो। तर, वन मन्त्री साह आफै चिट्ठी बोकेर वडामा आईरहेका छन्। योजना लिने हो भने पहिले नै कमिशन दिनुपर्यो, अन्यता मन्त्रीले भनेजस्तो उपभोक्ता समिति गठन गर्न आर्थिक प्रलोभन सम्म दिने गरेको छ।’

 

निवार्चित भएकै दिन मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले ‘म एक रुपैयाँ पनि भ्रष्टाचरी गर्दिन, जनताको पक्षमा अवाज उठाउँछु, मैले भ्रष्टाचार गर्योभने, मलाई यो क्षेत्रमा जुत्ताको माला लगाएर घुमाउनु’ भन्दै ठुलठुलो भाषण छाँटेका थिए। तर, जनमत पार्टी नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री बने लगतै साह भ्रष्टाचारमा लिप्त भएको प्रमाण सहितको तथ्यहरु बाहिरिन थालेको छ।

 

 

यतिमात्र हैन मन्त्री साह नामको लागि उपभोक्ता समिति गठन गरेर योजनाका काम भने आफैले गराइरहेको पुष्टि हुने प्रमाण प्राप्त भएको छ। मन्त्री साहले नै मिर्चैया नगरक्षेत्रभित्र सडक ग्राभेलिङ तथा स्तरवृद्धि कार्यकालागि करोडौं रकम बिनियोजन गराएराएका छन्। सो योजनाको लागि उनले अनाधिकृतरुपमा ग्राभेल उत्खनन् गराएर स्टोक गरी राखेको छ।  आफैले केही कामहरु गर्नुपर्ने भएकाले ग्राभेल स्टोकगरी राखेको मन्त्री साहले स्वीकार गरेका छन्। उनले सिरहाको मिर्चैया नगरपालिका ५ स्थित शिला पेट्रोल पम्पको पछाडी भारीमात्रामा अनाधिकृत रुपमा उत्खनन गरिएको ग्राभेल डम्पिङ गरेर राखेका छन्।

 

ग्राभेल मन्त्रीकै हो या होईन भनी बुझ्न सिरहा संवादाता मुकेश कुमार यादबले उपभोक्ता समिति बनेर मन्त्री साहसँग सम्पर्क गर्दा उनले ढुक्कसँग भने, ‘यो मेरै ग्राभेल हो। आफनै योजनामा प्रयोग गर्न ल्याएको हो। मेरो काम भएपनि बढी भएको ग्राभेल बेच्छु। तपाईलाई कति टिप चाहिएको हो? कसरी लिने हो?’ भन्दै मन्त्रीकै यस्तो अभिव्यक्तिले उनी आफैं ठेक्केदार भएर योजना निमार्ण कार्य गराईरहेको पुष्टि हुन्छ।

 

मधेस प्रदेशमा हहिले जनमत पार्टी नेतृत्वको सरकार छ। एकातिर पार्टी अध्यक्ष सिके राउत भ्रष्टाचारविरुद्ध चर्को स्वरमा बोलिरहेका हुन्छन्। तर, उनकै पार्टीले नेतृत्व गरीरहेको प्रदेश सरकारमा आफ्नै पार्टीका मन्त्रीहरु खुलेआम योजना खरिद विक्री तथा ठेक्केदारी गर्ने कार्यमा लिप्त छन्। अध्यक्ष राउतले यो क्रियाकलापलाई नजरअन्दाज गरे आगमी दिनमा पार्टीको अवस्था रसातलमा पुग्ने निश्चित रहेको उनकै कार्यकर्ताहरु दुखेसो गर्छन्। प्रदेश उपभोक्ता कार्यविधि अनुसार मन्त्रालयले विनियोजन गरेको योजनाको चिट्ठी सिधै वडा कार्यालयमा जानुपर्ने प्रावधान छ।

 

 

तर, मन्त्री साहले आफनो आसेपासे, कार्यकर्ता तथा स्वयम् आफैपनि योजनाका चिट्ठीहरु लिएर वडा वडामा गएर वडा अध्यक्षहरुलाई पचास हजार देखि एक लाख सम्मको प्रलोभनमा पार्ने प्रपञ्च रचिरहेको नाम नखोल्ने शर्तमा एक वडा अध्यक्षले बताए। उनले भने, ‘नामकै लागी उपभोक्ता समिति गठन गर्ने गरी मन्त्री साह आफैले ठेक्केदार पनि खटाउने गरेको छ। उनले थपे, ‘वन तथा वतावरण मन्त्री त्रिभुवन साह आफैले योजनाको चिट्ठी हातमै लिएर पनि आउनु हुन्छ, उपभोक्ता समिति गठन गर्न समनव्य गरीदिएवापत पचास हजारको अफर नै गरे। रकमको बार्गेनिङ गर्नथालेपछि मैलै मन्त्री साहलाई प्रकृया पुरा गरी चिट्ठी आए मात्र प्रकृया अगाडी बढाउने भनेपछि मन्त्री निस्कनु भयो।’मिर्चैया नगरपालिकाका ११ का वडा अध्यक्ष चन्द्रदिप यादव भन्छन्, ‘मन्त्रीले मन्त्रालय, पुर्वधार विकास तथा वडा अध्यक्ष समेतसंग आफैले आर्थिक सेटिङ गरी योजनाको  डिजाइन, बजेट र कार्यान्वयन प्रक्रिया समेत मिलाउने गरीरहनु भएको छ।’ उनले थपे, ‘सबै प्रकृया ‘सेटिङ’ अनुसार नै अगाडि बढ्छ। उहाँकै मान्छे उपभोक्ता समिति बनाउँछन्, उहाँकै ग्राभेल आउँछ। यसरी प्रदेश सरकारको जिम्मेवार व्यक्ति स्वयम् लाभ उठाउने कार्यमा संलग्न हुनुले सुशासन र उनको नैतिकतामथी पनि प्रश्न उठ्छ।’जनताको सेवा गर्ने बाचा गरेर गएका जनप्रतिनिधी आफै राज्य दोहनमा लागेको प्रति जसपाका नेता राम दयाल यादवले चिन्ता व्यक्त गरे। उनले भने, ‘मन्त्री साह ठेकेदार हो की मन्त्री? खुट्याउनै नसकिने भएको छ। उपभोक्ता समितिको आवरणमा योजना कब्जा गर्दै छ। यो अनैतिक र अख्यिारको दुरुपयो पनि हो।’मन्त्रीका क्रियाकलापले उनको नैतिकतामाथी  गम्भीर प्रश्न उठाएको छ। भ्रष्टाचारमा लिप्त भएको प्रमाण सहितको तथ्य बाहिरीने भएपछि उनी अहिले कसैको सम्पर्कमा आउन चाहिरहेका छैनन।  यस सम्वन्धमा मन्त्री साहको प्रतिकृयालिन खोज्दा उनको फोन स्वकिय सचिवले उठाए। उनले मन्त्री जी अहिले वैठकमा हुनुहुन्छ। बैठक पछि कुरा गराउने भनेपनि पछि पटक पटक फोन सम्पर्क गर्दा पनि फोन उठेन।  

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’

काभ्रेपलाञ्चोक,  धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ (कृत्रिम बुद्धिमत्ता सम्मेलन)को आयोजना गरिएको छ । केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गतको आर्टिफिसियल इन्टेलिजेन्स क्लब (केयुएआइसी)को आयोजनामा हुन लागेको सो सम्मेलन क्लबमार्फत सञ्चालन गरिएको ‘एआई कन्भर्जेन्स–२०२६’ अन्तर्गत दोस्रो चरणको यस कार्यक्रम आयोजना गरिएको जनाइएको छ...

काठमाडौँमा दुईदिने थारु राष्ट्रिय माघी महोत्सव हुने

काठमाडौँ, थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित गर्दै दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने भएको छ । यो पर्वलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थरुहट तराई क्षेत्रमा बस्ने थारु समुदायले माघ/माघी/तिला सङ्क्राइत/खिँचरा/खिँचरी/खिँचडीका नामले हर्षोल्लासपूर्वक मनाउँदै आएका छन् ।   थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक पाँच दशमलव ५४ अङ्कले घटेर दुई हजार ६३५ को बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड २३ लाख नौ हजार ७४४ कित्ता शेयर ७८ हजार ८०८ पटक...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर,  पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका लागि चार हजार ५०० जनाले आवेदन दिएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा निर्वाचन प्रहरीका लागि आवेदन परेका जानकारी दिनुभयो । प्रदेश प्रहरीका अनुसार कैलालीमा दुई हजार...

दिक्तेल बजारको सडक ढलान सकियो, अब सौन्दर्यकरणको काम

खोटाङ, २८ पुसः जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम सम्पन्न भएको छ । विक्रम संवत् २०७६ मा सुरु गरिएको दिक्तेल बजारको सडक ढलानको कामले सात वर्षपछि बल्ल पूर्णता पाएको हो । दिक्तेल बजारस्थित किरात चोकदेखि हाडडाँडासम्मको भित्री सडक ढलान भएसँगै अब हिउँदमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिलोमा भासिएको चित्तलको उद्धार

झापा,  यहाँको दमक नगरपालिका–२ स्थित हिलोको दलदलमा भासिएको अवस्थामा फेला परेको एउटा पोथी चित्तलको आइतबार उद्धार गरिएको छ । स्थानीय काली मन्दिर पछाडि ध्रुव गुरागाईंको खेतको हिलोमा भासिएर हिँडडुल गर्न नसक्ने अवस्थामा उक्त चित्तल स्थानीयबासीले फेला पारेका थिए । सब डिभिजन वन कार्यालय र...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’

काभ्रेपलाञ्चोक,  धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ (कृत्रिम बुद्धिमत्ता सम्मेलन)को आयोजना गरिएको छ । केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गतको आर्टिफिसियल इन्टेलिजेन्स क्लब (केयुएआइसी)को आयोजनामा हुन लागेको सो सम्मेलन क्लबमार्फत सञ्चालन गरिएको ‘एआई कन्भर्जेन्स–२०२६’ अन्तर्गत दोस्रो चरणको यस कार्यक्रम आयोजना गरिएको जनाइएको छ...

त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौँ,  महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । त्रिविले आगामी माघ १ गतेदेखि लागू हुनेगरी स्वास्थ्य बिमा कार्यक्रममार्फत दिइँदै आइएको उपचार सेवा बन्द गरेको हो ।   विसं २०७७ देखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत...

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

बैतडी,  प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो । जिल्ला छनोट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९