अचानक किन इजरायलले बर्खास्त गरयो १००० आफ्ना सैनिकलाई

तेल अहिव । प्यालेस्टाइन बिरूद्दको युद्दका बारेमा प्रश्न उठाउने १००० सैनिकलाई इजरायलले हटाए पछि हल्लीखल्ली मच्चिएको छ । गाजा युद्धमा प्रश्न उठाउँदै उनीहरूले भनेका थिए, ‘यो युद्ध अब राजनीतिक उद्देश्यका लागि भइरहेको छ, अनाहकमा मानिसहरू मरिरहेका छन् ।’ यही कुरा नै तीनीहरूलाई मंहगो भएको छ ।

 

खासमा इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आफ्ना करिब १००० रिजर्व सैनिकहरूलाई बर्खास्त गरेको हो। इजरायलका सैन्य प्रमुख इयार जमीर र वायुसेनाले रिजर्ववादीहरूलाई बर्खास्त गर्ने निर्णय लिएका हुन । तर, यो बर्खास्तगी कहिलेसम्म कायम हुन्छ भन्ने इजरायलले अहिलेसम्म केही जानकारी भने दिइएको छैन् ।

 

यी सैनिकहरूले गाजामा जारी युद्धको विरुद्ध आवाज उठाएका थिए र बन्धकहरूको रिहाइलाई प्राथमिकता दिँदै तत्काल युद्धविरामको माग गरिरहेका नै सैनिकहरू थिए।इजरायलमा पहिलो पटक यति ठूलो संख्यामा सैनिकलाई बर्खास्त गरिएको यो पहिलो पटक मानिएको छ । बर्खास्त गरिएका अधिकांश सैनिकहरू गाजा र लेबनानमा हालै भएका युद्धहरूमा संलग्न रहेका आरक्षित सैनिकहरू हुन्।

 

यसअघि पनि गत महिना इजरायलका सयौं वायुसेना रिजर्भ सैनिकहरूले केही इजरायली अखबारहरूमा सरकारलाई पठाएको पत्र प्रकाशित गरेका थिए । यसमा उनले गाजामा चलिरहेको युद्धले अहिले राजनीतिक स्वार्थ पु¥याएको बताए । उनीहरूको तर्क थियो, ‘यसको अब कुनै सैन्य उद्देश्य छैन।’

 

गाजामा १८ महिनादेखि चलिरहेको युद्धले न बन्धकहरूलाई बचाइरहेको छ, न हमासलाई नै नष्ट गरेको छ। बरु यो युद्धमा सैनिक, बन्धक र सर्वसाधारण मारिएका छन् । यदि युद्ध जारी रह्यो भने बन्धकहरू, सैनिकहरू र निर्दोष मानिसहरू अझै मरिरहने छन् ।

यो पत्रमा सयौं सेवानिवृत्त अधिकारीहरूले हस्ताक्षर गरेका थिए। यो इजरायलका धेरै प्रमुख पत्रिकाहरूमा प्रकाशित भएको थियो। यस पत्रमा हस्ताक्षर गर्नेहरूमा रिजर्भ नेभिगेटर अलोन गुरजस्ता बरिष्ठ अधिकारीहरू पनि, जसलाई पहिले नै बर्खास्त गरिएको छ। इजरायली सेनाले यो पत्रलाई ‘अनुशासन हिन’ र ‘सैन्य नीति’ विरुद्ध मानेको छ। एक आइडिएफ प्रवक्ताले भने, ‘हाम्रो प्राथमिकता देशको सुरक्षा हो। हामी धेरै मोर्चाहरूमा लडिरहेका बेला, त्यस्ता कार्यहरूले सैन्य एकतालाई कमजोर बनाउँछ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९