काठमाडौं उपत्यका वायु प्रदुषणको उच्च जोखिममा

काठमाडौं उपत्यका एक पठारजस्तै रुपमा रहेको छ। जाडो र सुक्खा मौसम बढेसँगै तराईका क्षेत्रहरूमा पराल र भुसको प्रयोग गरेर आगो ताप्ने, वन क्षेत्रमा आगो लगाउनेजस्ता क्रियाकलापले गर्दा वायुमन्डलको तल्लो तहको हावा तातेर हल्का हुन गई माथितिर उडेर जान्छ।

– प्रकाश रेग्मी

परिचय

हाव पृथ्वीमा रहेका सबै जीवजन्तु र वनस्पतिका लागि नभई नहुने कुरा हो। यसको अभावमा जीव र वनस्पति संसारको अस्तित्वको कल्पना गर्न सकिँदैन। विकसित परिवर्तित परिप्रेक्ष्यमा मानवीय अधिक क्रियाकलापका कारण हावाको प्राकृतिक संरचनामा बिचलन आई मानवीय स्वास्थ्यमा प्रतिकूल असर हुने सम्भावना बढ्दै गएको छ।

लेखनको क्रममा आफू प्रविधिले सम्पन्न मुलुकमा रहेकाले आफ्नो देशमा पनि त्यस्तै होला भन्ने कल्पना आउँदो रहेछ। अर्थात् बितेको र आफूले नै भोगेको कुरा पनि बिर्सने हुँदो रहेछ। यसै गत हप्ताको वायु प्रदुषण तथ्याङ्कको डेटा प्राप्त होला भन्ने आशाले लेखन कार्य सुरुआत गरें तर सोचेको डाटा प्राप्त हुन नसकेर पुरानो डाटाको आधरमा काठमाडौं र आसपासको वायु प्रदुषण सूचकांक नक्सा तयार भएको छ। यस लेखमा यसैलाई मात्र आफ्नो प्रेरणा सम्झेको छु।

यस लेखको लागि आफूले अध्ययनको क्रममा सिकेका केही ज्ञान, अनलाइन पोर्टलमा प्रकाशित लेखहरू, नेपाल सरकार वन तथा वातावरण शाखाले व्यापक ज्ञान अभिलेख नेटवर्कलाई उपलब्ध गराएको सन् २०१९ र २०२० को वास्तविक समय डाटा र अमेरिकी वातावरणीय प्रणाली अनुसन्धान संस्थानले विकास गरेको बौद्धिक डार्क वेब (आइडीडब्लू) कम्प्युटर सफ्टवेयरको प्रयोग गरिएको छ। हावाको गुणस्तर मापनको लागि प्रतिघन मिटर हावामा रहेका कुल निलम्बित कणहरूको संख्यालाई आधार बनाइएको छ। जुन वातावरण शाखाले व्यापक ज्ञान अभिलेख नेटवर्कलाई उपलब्ध गराएका विभिन्न किसिमका वायु प्रदुषणको प्रकारमध्ये एक हो।

वायु ग्यासहरूको एक अदृश्य मिश्रण हो, जसले पृथ्वीलाई घेरेर रहेको छ। जसमा नाइट्रोजन (७८%), अक्सिजन (२१%), आर्गन, कार्बन डाइअक्साइड र पानीको वाष्पजस्ता अन्य ग्यासहरूको थोरै मात्रा मिलेर बनेको हुन्छ। हावाको गुणस्तर एयर क्वलिटी इन्डेक्स विधिद्वारा मापन गरिन्छ। एयर क्वलिटी इन्डेक्स मापन गर्दा पाँच प्रमुख वायु अवयवहरूलाई लिएर गरिन्छ। तिनिहरू ओजन तह, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइड हुन्।

वायु प्रदुषण भन्नाले वायुमण्डलको प्राकृतिक विशेषताहरूलाई परिमार्जन गर्ने र मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्न सक्ने कुनै पनि रासायनिक, भौतिक वा जैविक तत्वद्वारा भित्री वा बाहिरी वातावरणको प्रदुषणलाई बुझिन्छ। यसले हावामा हुने हानिकारक पदार्थहरूको उपस्थितिलाई जनाउँछ, जुन सामान्य पृष्ठभूमि स्तरभन्दा बढी हुन्छ र जीवित जीवहरूमा नकारात्मक प्रभाव पार्छ।

गत हप्प्ता काठमाडौंबाट प्रकासित सबैजसो पत्रपत्रिकामा काठमाडौंको वायु प्रदुषणबारे समाचार तथा लेखहरू प्रकाशित भए। कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा २०८१  चैत्र २१ गते बसेको बैठकले ९ बुँदे निर्णयमा वायु प्रदुषण बढ्न नदिन सम्बन्धित सरोकारका निकाय र सर्वसाधारणका नाममा एक निर्देशिका जारी समेत गरियो।

वायु प्रदुषणको कारणहरू

• नेपालमा हिउँदमा पश्चिमी वायु बहन्छ जुन चिसो र सुख्खा हुन्छ। त्यस समयमा जमिनमा रहेका धुलोका कणहरु सुक्खा हुँदै जान्छन्। यसका साथै रुखबाट झरेका पातहरू पनि सुख्खा भएर जमिनमा रहेका हुन्छन्। चैत महिना लागेसँगै पश्चिमी वायुको प्रभाव घट्दै जाने र मनसुनी वायु विस्तारै बढ्दै जाने क्रम सुरू हुन्छ। अर्थात् यो समय दुई फरक प्रकृतिका वायुको बीचको संक्रमणकालीन अवधि पनि भन्न सकिन्छ। यो समयमा जमिनमा रहेका सुख्खा धुलकण र सुक्खा पात पतिङगरहरू हावाको गति बढेसँगै वायुमन्डलमा मिसिन्छन् र यस समयमा वायु प्रदुषण बढ्ने उच्च सम्भावना रहन्छ। यसका अलावा ज्वालामुखी विस्फोट र समुद्रबाट निस्कने नुनको कणजस्ता कारणले वायु प्रदुषण बढ्न जान्छ। यस्ता कारणहरू प्राकृतिक कारणहरू हुन्, जसमा मानव जातिले स्थानीय तहमा केही गर्न सक्दैन।

• नेपालमा गर्मी बढेसँगै आगलागीका प्रशस्त घटनाहरू हुने गर्छन्, तिनमा अधिकांश घटनाहरू मानव निर्मित हुन्छन्। काठमाडौंमा चल्ने अधिकांश सवारी साधनहरूबाट निस्कने धुवाँका कारण त्यहाँको वायुमन्डलमा अतिरिक्त धुल कण मिसिनाले वायुमन्डल थप प्रदुषित हुन जान्छ।

• काठमाडौं वरपरका जिल्लाहरूमा अझै पनि घरेलु इन्धनको रुपमा दाउराको प्रयोग हुन्छ र यसै समयमा घर वरपरका झारपातहरू सुक्ने हुनाले तिनलाई बिसर्जन गर्न आगो लगाउने प्रचलन छ।

• काठमाडौं उपत्यका एक पठारजस्तै रुपमा रहेको छ। जाडो र सुक्खा मौसम बढेसँगै तराईका क्षेत्रहरूमा पराल र भुसको प्रयोग गरेर आगो ताप्ने, वन क्षेत्रमा आगो लगाउनेजस्ता क्रियाकलापले गर्दा वायुमन्डलको तल्लो तहको हावा तातेर हल्का हुन गई माथितिर उडेर जान्छ। फेरि चैत महिनाको वरपर पश्चिमी वायुको प्रभाव घट्दै जाने र बंगालको खाडीबाट उत्तर-पश्चिम दिशा भएर बहने हावाले नेपालको तराईको वायुमन्डलमा रहेका निलम्बित कणहरूसहितको हावा उडाएर काठमाडौं उपत्यकाको आकाशमा पुर्‍याउँछ र उक्त निलम्बित कणहरूसहितको हावा रातिको समयमा चिसो हुन गई त्यो हावाको घनत्व बढ्छ, उक्त हावाको तौल पनि बढ्न जानाले वायुमन्डलको तल्लो तहमा आएर चिसो हावाले भरिएको कुवाजस्तो भएर रहन्छ।

काठमाडौं र यसको वरपरको वायुमन्डलको प्रदुषण अवस्था  

माथि उल्लेखित सूचना स्रोत अनुसार नेपालमा भएका २७ वटा वायु प्रदुषण मापन केन्द्रहरूबाट उपलब्ध वायुमन्डलमा रहेका निलम्बित कणहरूको संख्याको आधारमा तयार गरिएको रास्टर नक्साले काठमाडौं र वरपरका ठाउँहरूको वायु प्रदुषणको अवस्थालाई देखाउँछ।

वास्तवमा वायुमन्डलमा रहेको हावा अत्यन्त गतिशील हुने हुनाले प्रत्येक ठाउँ र हरेक समयमा यसको दर फरक हुन्छ। तर पनि यस नक्सा तयार पार्दा सन् २०२० को जनवरी महिनाको १ गते प्रत्येक सूचना केन्द्रबाट सङ्कलन गरिएका प्रतिघनमिटरमा वायुमन्डलमा रहेका निलम्बित कणहरूको संख्या सयौंको संख्यामा रहेका वास्तविक समय डेटालाई औसत मान निकालेर तयार पारिएको हो।

प्रतिघनमिटर हावामा ५० भन्दा कम निलम्बित कणहरूको संख्या भएमा त्यस्तो हावालाई सुरक्षित हावा मानिन्छ। त्यस दिन काठमाडौंमा रहेको भैंसेपाटी केन्द्रमा सबैभन्दा बढी निलम्बित कणहरूको संख्या पाइएको थियो। त्यहाँ त्यस दिन प्रतिघनमिटरमा हावामा ६८७  निलम्बित कणहरूको संख्या रहेको पाइयो। यो संख्या वायु गुणस्तर श्रेणीमध्ये सबैभन्दा खतरनाक श्रेणीमा प्रदर्छ। त्यसदिन काठमाडौंको नजिकै रहेको धुलिखेलमा सबैभन्दा कम निलम्बित कणहरूको संख्या रहेको पाइयो (११)। त्यसपछि क्रमश: पोखरा (३०), लुम्बिनी (३१), धनकुटा (३१), दमक (४३) र सुर्खेतमा (५०) देखिएका थिए। यसको मात्रा ५१ देखि १०० सम्म भएका स्थानलाई मध्यम वर्गमा राखिएको छ, जसमा दाङ (५३), शंकरपार्क (७०) र नेपालगन्जमा (८१) मापन गरिएको छ। मापनको मात्रा १०१-१५० :  संवेदनशील मानव समूहहरूको लागि अस्वस्थ मानिन्छ, जसमा चितवन (१२७), पुल्चोक (१३२), रत्नपार्क (१३७) र सिमरामा १५० रहेको छ। त्यसैगरी, तराईको जिल्ला सुनसरीमा १८५ मापन गरिएको छ, यो मात्रालाई अस्वस्थ वर्गमा राखिएको छ।

यी फरक केन्द्रका औसत मानहरूलाई नियमित वितरणको हिसाबले नक्सामा उतार्दा माथिको नक्सा तयार भएको छ। त्यस दिन झन्डै विराटनगरदेखि बुटवलसम्म प्रदुषित हावा रहेको देखिन्छ। काठमाडौंको पश्चिमी भागमा झन्डै ४५ किलोमिटरको परिधिभित्र झन्डै चितवन र सिमरासम्म त्यस दिन अति संघन वायु प्रदुषण रहेको देखिन्छ।

वायु प्रदुषण न्यूनीकरण प्रविधिहरू

वायु प्रदुषणको प्रभावलाई कम गर्न नेपाल सरकारको मिति २०८१/१२/२१ गतेको बैठकबाटै ९ बुँदे निर्णय पत्र सम्बन्धित निकाय र सर्वसाधारणका लागि प्रसारण गरिसकिएको छ। जसमा सचेतनामुलक कर्यक्रमसहित केही नीतिगत निर्णय भएका छन्। ती बुँदाहरू दोहोर्‍याइरहन आवश्यक परेन। तिनका अलवा केही आफ्नो मनमा आएका भावनाहरू यस लेखमा राख्न चाहें।

हेरचाहभन्दा रोकथाम राम्रो हो तर पनि रोग लागिसकेपछि हेरचाह पनि आवश्यक कुरा भयो। हावामा आइसकेको वायु प्रदुषण घटाउन सबैभन्दा उत्तम उपाय हावामा पानीको मात्रा बढाइ वर्षा गराउनु हुन्छ। वर्षापछि वायुमन्डलमा रहेका निलम्बित कणहरू वर्षाको पानीसँगै जमिनमा झर्छन् र वायुमन्डल स्वच्छ हुन जान्छ।  यसका अलावा स-सानो कोठामा हावा सफा गर्न विधि र उपकरणहरू पनि बजारमा आएका छन्।

• कृत्रिम वर्षा, जसलाई क्लाउड सिडिङ पनि भनिन्छ, यो एक मौसम परिमार्जन प्रविधि हो जसमा वर्षा गराउनको लागि सिल्भर आयोडाइड, पोटासियम आयोडाइड, वा सुख्खा बरफजस्ता पदार्थहरू बादलहरूमा घुसाएर हावामा रहेका कणहरूलाई थप सघन गराई बादलमा रहेका स-साना पानीका कणहरूलाई ठूला पानीका थोपाहरूमा परिमार्जित गराई तौल भार बढाएर वर्षा गराइन्छ।

• स्थानीय ज्ञान,  म सानो छँदा तराईमा लामो समयसम्म पानी नपर्दा जलधारो खेल्ने प्रचलन थियो। यो एक फागू पूर्णिमामा फागु खेलिने प्रक्रियाजस्तै रङको सट्टा पानीको प्रयोग गरेर खेलिन्छ। र यो खेलपछि वर्षा हुन्छ भन्ने विश्वास गरिन्छ। यो विश्वासमा कति सत्यता छ, त्यो भने म भन्न सक्दिन्नँ तर यो खेलपछि जमिन भिजेको हुन्छ र जमिनबाट थप धुलोका कणहरू हावामा जान पाउँदैन। अर्को, जमिननजिकको हावामा पानीको मात्रा बढ्न गई हावामा रहेका स-साना पानीका कणलाई संघन र तौल भार बडाउने काम भने पक्का गर्दछ। फेरि यो काम गर्न ठु्लो धनराशी खर्च गर्न पर्दैन र स्थानीयहरूलाई अत्यधिक परिचालन गर्न पनि सकिन्छ।

• हावा शुद्ध गर्ने,  आजकल हावा शुद्ध गर्ने मेसिन बजारमा पाइन्छन्। यसले खुल्ला हावामा काम गर्दैन तर बन्द कोठामा राम्रोसँग काम गर्दछ। वायु गुणस्तर सूचकांक ५० भन्दा कमलाई राम्रो मानिन्छ। यसले यदि कोठाबाहिरको वायु गुणस्तर सूचकांक १५० देखि २०० सम्मको छ भने बन्द कोठाभित्र ५० सम्म ल्याउन मद्दत गर्छ। त्यसैले, निश्चित वर्गका मानिसले यसको प्रयोग गरेर सम्भाव्य वायु प्रदुषणको जोखिमबाट बच्न सक्छन्।

(भरतपुर, चितवन, हाल : अमेरिका)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ

काठमाडौँ,  जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीको रु १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नुवाकोट बेलकोटगढी–९ का दीपक...

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर, सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ ।   विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलको गेट...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर, सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अघि बढाइएको छ । भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण तथा संरचना निर्माणको काम निरन्तर रहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिनुभयो ।   वडाको रु छ लाख...

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि

इटहरी (सुनसरी),  पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन ९ गतेसम्म तेस्रो संस्करणको अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।आयोजक ‘द योङ ब्रदर्स क्लब’ इटहरीले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो । क्लबका संरक्षक विकास केसीका अनुसार प्रतियोगितामा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९