कांग्रेस सह-महामन्त्री मन्सुरले तरुण दलका केन्द्रीय सदस्य आलमलाई धक्का दिएको भिडियो भाइरल

बारा – नेपाली कांग्रेस पार्टीका सह-महामन्त्री फरमुल्लाह मन्सुरले नेपाल तरुण दलका केन्द्रीय सदस्य महमद नौसाद आलमलाई सार्वजनिक रूपमा धक्का दिएको भिडियो भाइरल भएसँगै उनको चौतर्फी आलोचना सुरू भएको छ।

 

पूर्वमन्त्री, पूर्वसांसद तथा पार्टीका बारा जिल्ला पार्टी सभापतिसमेत रहेका पाको उमेरका मन्सुरले आफ्नै भ्रातृ संगठनका केन्द्रीय सदस्यलाई सयौं मानिसको बीचमा धक्का दिएको भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएसँगै उनको आलोचना सुरू भएको हो।

 

घटना विवरण अनुसार बुधबार बारा क्षेत्र नम्बर ३ बडहरवामा आयोजित नेपाली कांग्रेसको क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्न कांग्रेस महामन्त्री गगन थापा गएका थिए।

 

महामन्त्री थापालाई स्वागत गर्न बारा, पर्सा, रौतहटका कांग्रेस पार्टीका सयौं नेता-कार्यकर्ता बुधबार बिहानै सिमरा एयरपोर्ट पुगेका थिए। सोही क्रममा बिहान साढे ९ बजे सिमरा एयरपोर्ट पुगेका महामन्त्री गगन थापालाई नेता-कार्यकर्तासँग भेट्घाटको लागि केही समय पैदल हिँड्न सह-महामन्त्री मन्सुरले गरेको अनुरोध गरेका थिए। त्यसपछि थापा नेता-कार्यकर्ताको बीचमा पैदल हिँड्न सुरू गरेका थिए।

 

सो समय नेता-कार्यकर्ताहरू महामन्त्री थापासँग फोटो खिच्न झुम्मिएका थिए। सोही क्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य रौतहट घर भएका महमद नौसाद आलम मन्सुरभन्दा अगाडि बढेर हिँड्दै सेल्फी खिच्न खोज्दा पछाडि परेका मन्सुरले धक्का दिएर साइड लगाएका थिए।

 

दर्जनौं मानिसले महामन्त्री थापाको फोटो खिचिरहेको समय सहमहामन्त्री मन्सुरले गरेको गलत कार्यको भिडियो कैयौं नेता-कार्यकर्ताको मोबाइलमा कैद भएको थियो। अहिले त्यही भिडियो सामाजिक सञ्जाल फेसबुकमा अपलोड भएसँगै मन्सुरको चौतर्फी आलोचना हुन थालेको छ।

 

नेपाल तरुण दल बाराका सभापति दीपेन्द्र पटेलले नेपाली कांग्रेस पार्टी नेतृत्वले घटनाको सत्य-तथ्य छानबिन गरी मन्सुरमाथि कारबाही गर्नुपर्ने माग गरेका छन्।

 

एउटा जिम्मेवार बयोबृद्ध नेताले गरेको यस्तो गलत कार्यमा क्षमायाचना तथा आत्मलोचना गर्नुपर्ने सभापति पटेलले बताएका छन्।

 

नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा पीडित नौसाद आलमले मन्सुर ले गरेको भिडिओ भाइरल भएपछि मन्सुरका केही मानिसले फोन गरेर भिडिओ हटाउन भनेको बताएका छन्।

 

https://www.facebook.com/story.php?story_fbid=734331722400781&id=100074718802585&rdid=QB9tMeweR82xMdvj#

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९