बारामा साढेतीन क्विन्टल बढी गाँजा ट्रक सहीत ५ जना पक्राउ

रौतहट। बारा जिल्लाको बिभिन्न स्थानमा प्रहरी गस्ती टोलीले ट्रक, र साढेतीन क्विन्टल लागुऔषध गाँजा सहित ५ जना तस्कर लाई पक्राउ गरेको छ।

 

जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा सञ्चालन गरिएको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत चेकजाँचको क्रममा प्रहरीले ३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जना तस्करलाई पक्राउ गरेको हो।

 

 

विशेष सूचनाको आधारमा गएराति पौने १२ बजे ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलिले जीतपुर सिमरा उप महानगरपालिका–३ बजन स्थित हेटौडाबाट वीरगंजतर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गरेको थियो।

 

चेकजाँचमा ट्रक भित्र लुकाई छिपाई लगी रहेको लागू औषध गाँजा ३०५ किलो (१९ पोका) बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले बताएका छन्।

 

 

लागू औषध गाँजा वरामद गरी ट्रक सहित ओसारपसार कार्यमा संलग्न रहेका ट्रक चालक  मकवानपुर कैलास गाँउपालिका– ४ बस्ने वर्ष ३२ को राजन लामा, ट्रकमा सवार हेटौडा उपमहा नगरपालिका–३ बस्ने वर्ष ३३ को ईश्वर लोप्चन र ओसार पसारमा संलग्न कैलास गाउँपालिका–१० बस्ने वर्ष २७ को जिवन ठोकर पक्राउ गरिएको प्रवक्ता पण्डितले जानकारी दिएका छन्

 

 

त्यसै गरी विशेष सूचनाको आधारमा बिहीवार ईलाक प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले  प्रसौनी गाउँपालिका ४ खुटवा बस्ने वर्ष ३१ को पवन कुमार साहले आफ्नै घरमा विक्री वितरण गर्ने र लुकाई छिपाई राखेको लागू औषध गाँजा २ किलो १४० ग्राम वरामद गरी पवनकुमार साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 

 

त्यस्तै विशेष सूचनाको आधारमा आज बिहान ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलिले पचरौता नगरपालिका– १ मुसहरी टोलस्थित मकै बारी हुँदै टाउकोमा बोकी नेपालबाट भारततर्फ ओसारपसार गर्दै गरेको अवस्थामा लागू औषध गाँजा ६० किलो (४ पोका) सहित भारत बिहार मोतिहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने बर्ष २५ को राजबिहारी कुमारलाई पक्राउ गरेको छ।

 

 

पक्राउ परेका सबैजना नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कार्वाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ।

 

जिल्ला प्रहरी कार्यालय बाराको प्रमुखको रूपमा एसपी सन्तोष तामाङले कमाण्ड सम्हाले देखि सानो अवधिमै प्रहरीले लागुऔषध गाँजा, चरेस, अफिमसहित दर्जनौं तस्कर र दजनौं सवारी साधन नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउन सफल भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९