लागुऔषधको कारोबारमा युवतीको प्रयोग बढ्दै

इलामको चुलाचुली गाउँपालिका–१ की ३४ वर्षीया मञ्जु चापागाईँलाई शुक्रबार भारतबाट स्कुटर चढेर नेपाल आउँदै गर्दा भद्रपुरको मेची पुलमा प्रहरीले जाँच ग¥यो । उनले चलाएको स्कुटरबाट १६ ग्राम आठ सय मिलीग्राम खैरो रङको लिसाइलो पदार्थ बरामद भयो । बरामद भएको लिसाइलो पदार्थ लागुऔषध ब्राउन सुगर थियो । युवतीले सामान्य अवस्थामा हाँकिरहेको स्कुटरको जाँचमा यति धेरै प्रतिबन्धित लागुऔषध फेला पर्ला भन्ने प्रहरीले सोचेकै थिएन । झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार लागुऔषधको कारोबारमा अचेल युवतीको प्रयोग बढिरहेको हुँदा नाकामा प्रहरी चनाखो भएको छ । चुलाचुलीकी मञ्जुले चलाएको प्रदेश१–०१–०१३ प १९७३ नम्बरको स्कुटीसँगै उहाँको साथबाट रु पाँच हजार ७५ र एक थान रेडमी मोबाइल बरामद गरिएको सूचना अधिकारी रिजालले जानकारी दिनुभयो । भारतको सीमावर्ती पश्चिम बङ्गालस्थित पानीटङ्की र बिहारको गलगलियाबाट ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध लुकीछिपी नेपाल भित्रिने गरेको प्रहरीको आसङ्का छ ।

 

प्रहरीको निगरानी छल्न कारोबारीले युवतीको प्रयोग गर्न थालेपछि प्रहरीले सीमामा कडाइका साथ जाँच गरिरहेको रिजालले बताउनुभयो । यही एक साताभित्र लागुऔषधका कारोबारमा संलग्न ११ जनालाई झापाको प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाएको छ । स्कुटी चालकदेखि लजमा बसेकासम्म युवतीको साथबाट प्रहरीले लागुऔषध ब्राउन सुगर बरामद गरेको छ । प्रहरीले सात घटनामा पक्राउ गरेका ११ जनाबाटै ब्राउन सुगर बरामद भएको प्रहरीको भनाइ छ । पक्राउ परेका व्यक्तिको औसत उमेर २० वर्ष रहेको छ । यसबाट झापामा ब्राउन सुगरको कारोबार र खपत ज्यादा हुने गरेको देखिएको छ । फागुन २० गते विर्तामोड वडा नं २ का विश्वास सङ्ग्रौलाको डेरामा शङ्का लागि जाँच गर्दा बिर्तामोड–४ का विश्वास मण्डल र अनिशा मण्डल फेला परेका थिए । इलाका प्रहरी कार्यालय अनारमनीबाट दिइएको जानकारीअनुसार उनीहरूको साथबाट प्रहरी टोलीले आठ ग्राम खैरो धुलोजस्तो देखिने ब्राउन सुगर, रु ११ हजार छ सय नगद, दुई थान मोबाइल र डिजिटल तराजु बरामद गरेको छ । यस घटनामा बिर्तामोड–४ की २० वर्षीया युवती अनिशा मण्डललाई लागुऔषधका कारोबारीले प्रयोग गरेको देखिएको छ । प्रहरीले युवतीसहित तीनै जनालाई अनुसन्धानका लागि पक्राउ गरी कानुनी कारबाही अघि बढाएको छ ।

 

यसैगरी अर्जुनधारा नगरपालिका वडा नं ११ स्थित बिर्तामोडको नयाँ बसपार्कमा रहेको पशुपतिनगर होटल एण्ड लजमा बस्दै आएकी मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ४ की १९ वर्षीया तिलु राईलाई शिवसताक्षी वडा नं १२ का २० वर्षीय मनिष बरालसँगै पक्राउ ग¥यो । उहाँहरूको साथबाट खैरो पदार्थजस्तो देखिने ब्राउन सुगर अढाइ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । होटलमा बसेर लागुऔषधको कारोबारमा संलग्न भएको आशङ्कामा प्रहरीले उहाँहरू बसेको कोठामा छापा मारेको थियो । फागुन २४ गते झापा गाउँपालिकाको सीमावर्ती लसुनाबाट सोही पालिका वडा नं ५ का २२ वर्षीय देवेन्द्र चौधरी, फागुन २१ गते काँकरभिट्टाको मेची पुलबाट इलाम–१२ का सुजनबाला राई र बिर्तामोड–१ का २१ वर्षीय विशाल धिमाल, फागुन २० गते नै काँकरभिट्टाको मेची पुलबाट बिर्तामोड–१ का २१ वर्षीय विशाल धिमाल र फागुन १९ गते भद्रपुरस्थित मेची पुल नजिकबाट शिवसताक्षी–९ का २८ वर्षीय मोहन शेर्पा ब्राउन सुगरसहित पक्राउ परेका छन् । झापा कारागारका आधाजसो कैदीबन्दी लागुऔषध अभियोगमा थुना परेकाहरू छन् ।

 

सहर र बजारतिर मात्र होइन, लागुऔषधको सेवनकर्ता र कारोबारी ग्रामीण क्षेत्रमा छ्याप्ती–छ्याप्ती देखिन थालेका छन् । अधिवक्ता डिगबहादुर बुढाथोकी प्रहरी र अदालतले प्रयोगको मात्रालाई मात्र आधार मानेर सजाय दिने नीति अवलम्बन गर्दा कारागारमा समेत लागुऔषधका कैदीबन्दीको सङ्ख्या बढेको बताउनुहुन्छ । लागुऔषध नियन्त्रण ऐन, २०३३ मा सेवनकर्ताको सुधारका लागि चिकित्सकको सल्लाहमा थोरै मात्रामा लागुऔषध लिन पाउने व्यवस्था भएता पनि यसको कार्यान्वयनमा ध्यान नगएको उहाँको भनाइ छ । बढी सङ्ख्यामा थुनामा पु¥याउने नीति लिनुभन्दा सुधारात्मक गतिविधि बढाउन आवश्यक भएको अधिवक्ता बुढाथोकी बताउनुहुन्छ । लागुऔषधको सेवन गर्दा अधिकतम् एक वर्षसम्म र कारोबार गरेमा आजीवन काराबाससम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।   अन्नपूर्ण–४ का वडाध्यक्ष...

विश्व शान्ति प्रार्थना महोत्सव २०२५ भुटानको थिम्पूमा प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा सुरु

थिम्पू(भुटान), भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितीमा विश्वव्यापी शान्ति प्रार्थना महोउत्सव २०२५ मङ्गलबार भुटानको थिम्फु स्थित चाङ्लिमिथाङ स्टेडियममा सुरु भएको छ ।यस पर्वले नोभेम्बर ४–१७ सम्म विश्वभरका बौद्ध नेताहरू, र शान्ति समर्थकहरूलाई एकसाथ ल्याउने १३ दिने ऐतिहासिक आध्यात्मिक जमघटको सुरुवात गर्ने जनाइएको छ ।यसले द्वन्द्व...

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

काठमाडौँ,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो ।आज ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९