नेपालमा चरम गर्मीको जोखिममा रहेका जिल्लाहरू

जसरी ९९ डिग्री सेल्सियसमा पानी उम्लँदैन तर ९९ डिग्री सेल्सियस तापक्रमको पानीमा १ डिग्री सेल्सियस मात्र अतिरिक्त ताप थप्दा पानी उम्लन्छ। अर्थात् १ डिग्री सेल्सियसको परिवर्तनले पानीको गुण र स्वरुपमा ठूलो परिवर्तन गर्दछ। ठिक वायुमण्डलमा पनि यस्तै परिवर्तन हुन्छ।

 

प्रकाश रेग्मी

 

परिचय

 

अप्रिल १५, २०२५ को सिएनएनको अनलाइन पोर्टलको समाचरमा ‘भारत र पाकिस्तानमा बढेको चरम गर्मीको लहरले तापक्रम डेथ भ्याली स्तरमा पुग्ने छ’ भन्ने प्रसंग छ। यस अप्रिल महिनाको १५ देखि १८ तारिखको अवधिमा पाकिस्तानको बलुचिस्थानमा हरेक अप्रिल महिनामा हुने नियमित तापक्रमभन्दा ८ डिग्री सेल्सियस बढी हुन गई त्यहाँको तापक्रम ४९ डिग्री सेल्सियस (१२० फरेनहाइट) सम्म पुग्न सक्छ भन्ने अनुमान गरेको छ। यही समाचारले यो लेख तयार पार्ने प्रेरणा गर्‍यो।

 

पृथ्वीको सतहको तापक्रमलाई प्रभाव पार्ने धेरै कुराहरूमध्ये जमिनको सतहको उचाइ एक प्रमुख आधार हो। सतहको उचाइ र तापक्रमबीच एक विपरीत सम्बन्ध हुन्छ। जब-जब जमिनको सतहको उचाइ बढ्दै जान्छ, तब पृथ्वीको सतहको तापमान घट्दै गएको पाइन्छ।

 

पृथ्वीको तापको प्रमुख स्रोत सूर्यबाट प्राप्त हुने तापका किरणहरू नै हुन्। आफ्नो खपत क्षमताभन्दा बढी भएको तापक्रम पृथ्वीले परावर्तन गरी अन्तरिक्षमा फर्काउने गर्दछ। पृथ्वीले आफ्नो आवश्यकता भन्दाबढी तापक्रम फर्काउने बाटोमा रहेको वायुमण्डलमा अतिरिक्त अवरोध सिर्जना भई परावर्तित तापका किरण वायुमण्डलमा नै घुलेर रहने हुँदा पृथ्वीको सतहमाथि रहेको हावाको तापक्रम बढ्न गएको हो। मानवीय अनियन्त्रित र अत्यधिक क्रियाकलापले गर्दा वायुमण्डलमा कार्बन डाइअक्साइड र अत्यधिक धुलिकरणको मात्रा बढ्न गई तापका किरण फर्कने बाटोमा अवरोध सिर्जना भएको छ।

 

नेपालमा उत्तर-दक्षिणको छोटो दुरीको अन्तरमा अत्यधिक उचाइमा विविधता छ। यसको उचाइ समुन्द्री सतहबाट ५९ मिटरदेखि ८ हजार ८४८ मिटरसम्म रहेको छ। सबै भन्दा अग्लो सगरमथाको शिखर हो भने सबैभन्दा होचो भू-भाग धनुषा जिल्लाको मुखियापट्टीमा जम्मा ५९ मिटर रहेको छ।  सन् २०१७ भन्दा पहिला नेपालको सबैभन्दा होचो भू-भाग झापा जिल्लाको केचनाकलनलाई मानिन्थ्यो, जसको उचाइ समुद्र सतहदेखि ७० मिटर छ। तर पछि सन् २०१७ मा नेपाल सरकारले गरेको सर्वेक्षणले धनुषा जिल्लाको मुखियापट्टीमा जम्मा ५९ मिटर रहेको पत्ता लगाएको हो।

 

यस लेखका लागि सन्दर्भ सामग्रीको रुपमा विश्व बैंकले अनलाइन पोर्टललाई लिइएको छ। यहाँ सन् १९०१ देखि २०२३ सम्मको नेपालको जमिनको सतहको वायुको वार्षिक औसत तापक्रम  र नेपालका विभिन्न ८२ वटा मेट्रोलोजिकल स्टेशनहरूको आजसम्मको सबैभन्दा बढी तापक्रम भएको बेलाको तापमानको तुलना गरिएको छ।

 

नेपालमा तापक्रम वृद्धि

 

हाल संसारमा भएको जलवायु परिवर्तनका कारण चरम मौसमी घटनाहरूमा वृद्धि हुने क्रम जारी छ। यसै क्रममा ग्रीष्मकालीन समयमा नेपालमा पनि छोटो-छोटो समयमा विभिन्न ठाउँहरूको तापक्रममा उछाल आउने गरेको छ। विश्व बैंकको तथ्याङ्क हेर्दा प्रत्येक ३० वर्षको अवधिमा चरम गर्मीका लहरहरू आएको देखिन्छ। साथै यस लेखमा देखाइएको ग्राफले पनि तापक्रमका लहरहरू तल-माथि गर्दै क्रमस तपक्रम बढदै आएको देखिन्छ। सन् २००९ पछि लगातार रुपमा औसत तापमानभन्दा निकै माथि चरम गर्मीका लहरहरू आएको देखिन्छ। साथै झन्डै १२० वर्षको अवधिमा नेपालमा जम्मा ०.६६ डिग्री सेल्सियस ( प्रति वर्ष ०.००५५ डिग्री सेल्सियस ) बढेको देखिन्छ।

 

सामान्य रुपमा हेर्दा प्रति वर्ष ०.००५ डिग्री सेल्सियस सानो अंक लाग्छ तर वायुमण्डलमा यसको प्रभाव ठूलो परेको हुन्छ। जसरी ९९ डिग्री सेल्सियसमा पानी उम्लँदैन तर ९९ डिग्री सेल्सियस तापक्रमको पानीमा १ डिग्री सेल्सियस मात्र अतिरिक्त ताप थप्दा पानी उम्लन्छ। अर्थात् १ डिग्री सेल्सियसको परिवर्तनले पानीको गुण र स्वरुपमा ठूलो परिवर्तन गर्दछ। ठिक वायुमण्डलमा पनि यस्तै परिवर्तन हुन्छ। वायुमण्डलको थोरै तापक्रमको परिवर्तनबाट स्थानीय हावाको चापमा परिवर्तन भई हावाको बहाव र दिशामा ठूलो परिवर्तन हुनाको साथै सम्पूर्ण मौषममा नै गुणात्मक परिवर्तन हुन्छ। यसको परिणामस्वरुप सम्पूर्ण जीव तथा वनस्पति जगतले आफूलाई अनुकूलन गर्न आफ्नो प्राकृतिक स्वरुपमा नै परिवर्तन गर्नुपर्छ। जसले आफूलाई बदल्न सक्दैन, यस धर्तीबाट लोप भएर जानुपर्छ।

 

तापक्रमको स्थानीय वितरण

 

इन्टरनेटमा प्राप्त हुन सकेका ८० मेट्रोलोजिकल स्टेशनहरूको नेपाल सरकार वन तथा वातावरण शाखाले व्यापक ज्ञान अभिलेख नेटवर्कलाई उपलब्ध गराएको ग्रीष्मकालीन औसत तापमान विवरण र गुगल सर्चबाट उक्त स्टेशनहरूको चरम तापमान पत्ता लगाई नेपालको तापक्रम वितरण तयार पारिएको हो र यसैको आधरमा नेपालको चरम तापक्रम वितरण नक्सा तयार गरिएको हो। उक्त नमूनास्वरुप लिइएका ८० स्टेशनहरूको वितरणको ढाँचा अनियमित रहेकोले नक्शामा देखाइएको तापक्रम वितरणमा केही फरक पर्न सक्छ तर सामान्यतया सत्यताको नजिकै हुन्छ।

 

समान्यतया ३० वर्षको औसत तापक्रमले स्थानीय हावापानीलाई प्रतिनिधित्व गर्दछ। यस लेख तयार पर्दा सो अवधिको तथ्याङ्क इन्टरनेटमा उपलब्ध हुन नसक्दा जम्मा १० वर्षको ८० वटा स्टेशनका ग्रीष्मकालीन डाटालाई मात्र आधार बनाएर गरिएको छ र नक्शा तयार पार्दा अमेरिकी वातावरणीय प्रणाली अनुसन्धान संस्थानले विकास गरेको बौद्धिक डार्क वेब (आइडिडब्लू) कम्प्युटर सफ्टवेयरको प्रयोग भएको छ।

 

नक्शामा गाढा हरियोबाट फिका हरियो, फिका पहेंलोबाट गाढा पहेलो अनि फिका रातोबाट गाढा रातो रङबाट क्रमश: चरम गर्मीका लहरहरू हुन सक्ने स्थानहरूको वर्गीकरण गरिएको छ। गाढा रातो रङले पोतिएका स्थानहरू सम्भावित चरम गर्मी हुन सक्ने क्षेत्रहरू हुन्। पूर्वी तराईका झापा, सुनसरी र सप्तरीमध्ये तराईका रौतहट, नवलपरासी र रुपन्देही, त्यस्तै, पश्चिम तराईका जिल्लाहरू बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा चरम गर्मीका लहरहरू हुन सक्ने देखिन्छ।

 

१. झापा : झापा जिल्लाको गैडा कनकाई मेट्रोलोजिकल स्टेशनको ग्रीष्मकालीन औसत तापक्रम ३२.७ डिग्री सेल्सियस रहेकोमा सन् १९९५ जुन ५ का दिन अचानक तापमान वृद्धि भई ४२.५  डिग्री सेल्सियस पुगेको गुगल रेकर्डमा देखाउँछ।

 

२. सप्तरी : सप्तरी जिल्लाको राजविराज मेट्रोलोजिकल स्टेशनको ग्रीष्मकालीन औसत तापक्रम ३३.५ डिग्री सेल्सियस हुने गरेकोमा सन् २०१९ जुन १६ मा ४३ डिग्री सेल्सियस पुगेको र अति तापक्रमका कारण बढेका बिमारीहरूको संख्यालाई व्यवस्थापन गर्न अस्पताललाई कठिनाइ परेको कुरा गुगल सर्चमा देखिन्छ।

 

३. रौतहट : रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिकाको ग्रीष्मकालीन औसत तापक्रम ३२.३  डिग्री सेल्सियस रहेकोमा सन् २०१५ को जुन १९ तारिखका दिन तापक्रम बढेर ४४.१  डिग्री सेल्सियस पुगेको थियो।

 

४. परासी : साबिकको नवलपरासी र हालको परासी जिल्लामा पर्ने दुम्कौली मेट्रोलोजिकल स्टेशनको ग्रीष्मकालीन औसत तापक्रम ३४.३ डिग्री सेल्सियस हुने गरेकोमा सन् १९७९ जुन ५ का दिन ४३.८ डिग्री सेल्सियस र फेरि जुन २०२३ मा पनि ४३.८ डिग्री सेल्सियस पुगेको थियो। यस प्रकारको तथ्यांकले उक्त क्षेत्रमा पटक-पटक चरम गर्मीका लहरहरू आउन सक्ने सम्भावनालाई इंगित गर्दछ।

 

५. बाँके : बाँके जिल्लाको नेपालगन्ज चरम गर्मीको सूचीमा लगातार जसो परिरहन्छ। नेपाल सरकारको जलविज्ञान तथा नाप विज्ञान विभागले व्यापक ज्ञान अभिलेख नेटवर्कलाई उपलब्ध गराएको डाटा सेटअनुसार नेपालगन्जको ग्रीष्मकालीन औसत तापक्रम ३५.१ डिग्री सेल्सियस देखिन्छ।  तर, सन् १९९५, २०१३ र २०२३ का जुन महिनामा चरम गर्मीको लहर ४५.९ डिग्री सेल्सियसभन्दा बढी मापन भएको देखिन्छ।

 

६. बर्दिया : बर्दिया जिल्लाको रानी जरुवामा रहेको मेट्रोलोजिकल स्टेशनको ग्रीष्मकालीन औसत तापक्रम ३५.१ डिग्री सेल्सियस हुने गरेकोमा सन् १९९५ कि जुन ५ का दिन ४६.४ डिग्री सेल्सियससम्म मापन गरिएको थियो।

 

७. कैलाली : कैलाली जिल्लाको टिकापुर र धनगडी अत्तरिया सर्वाधिक गर्मी हुने स्थानहरू हुन्। यी स्थानहरूमा ग्रीष्मकालीन औसत तापक्रम क्रमश: ३५.२ र ३५.८  डिग्री सेल्सियस हुने गरेकोमा सन् १९९५ जुन १६ का दिन ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो। नेपालको हालसम्मको सबैभन्दा बढी तापक्रम यही नै हो।

 

सारांश

 

नेपालको तराईबाट क्रमश: तापक्रम पहाडी क्षेत्रतिर घट्दै गएको देखिन्छ। पूर्वी पहाडी क्षेत्रभन्दा मध्य र पश्चिमी पहाडी भू-भाग ग्रीष्मकालीन समयमा बढी गर्मी रहेको देखिन्छ। पश्चिमी पहाडका डडेल्धुरा र दार्चुला उच्च पहाडी भू-भागमा रहेर पनि ग्रीष्मकालीन चरम तापक्रम ३४ डिग्रीसम्म पुगेको पाइयो।

 

अत्यधिक गर्मीको बेला मानिसको टाउको दुख्ने, पसिना बढी आउने, रिङ्टा लाग्ने, बान्ता आउने, सास छिटो-छिटो फेर्ने, अत्यधिक तिर्खा लाग्ने जस्ता मानवीय स्वास्थ्यमा प्रभाव पर्दछ। यस्तो बेला सकेसम्म तातोबाट बच्ने, धरै पानी पिउने, विशेष कामबाहेक घर वा छहारीबाट बाहिर ननिस्कने र शरीरले असजिलो महसुस गरेमा नजिकमा प्राप्त हुने स्वास्थ्य सुविधाहरू लिनु नै सामान्य बचावटको उपाय हुन सक्छन्। (चितवन, हाल अमेरिका)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ,  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो ।   कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गर्नुभएको आयोगका प्रवक्ता...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ,समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् । आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

उदयपुरमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु

उदयपुर (गाईघाट),  चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

जलेश्वर (महोत्तरी),  पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रेपलाञ्चोक,काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज हुँदै छ । पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी दीक्षित हुने बताइएको छ ।   समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा,...

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

बनियानी (झापा),  झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ ।जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र...

एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

काठमाडौँ, त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९