इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता

तेहरान । अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पको धम्की पछि इरान र अमेरिकाबीच परमाणु वार्ता सुरु भएको छ । पछिल्ला केही महिनायता बढेको तनावका बीच ओमानले यी वार्ताहरू मध्यस्थता गरिरहेको छ, जुन हार्दिकतापुर्ण र सफलताको दिशातर्फ लम्किरहेको देखिएको छ ।

 

इरानका विदेशमन्त्री अब्बास अराघचीले वार्तालाई ‘रचनात्मक’ भन्दै आगामी हप्तामा थप बैठक गर्ने जानकारी दिएका छन । बिदेशमन्त्री अरघाचीले आगामी दिनमा प्राविधिक विज्ञहरुको बैठक बस्ने बताउँदै यस बैठकबारे थप विवरण नदिई अर्को चरणको वार्ता अप्रिल २६ मा  ओमानमा हुने जानकारी दिएका छन्।

 

यस वार्तामा अमेरिकाको सर्त इरानले आणविक हतियार बनाउनु हुँदैन भन्ने रहेको छ भने इरानले यस सम्झौताका लागि अमेरिकालाई प्रतिबन्ध हटाउने शर्त राखेको छ ।वार्ताको नेतृत्व अमेरिकाको तर्फबाट विटकफ र इरानको तर्फबाट अराघचीले नै यसअघि गरेका थिए । इटालीको राजधानीमा अरघाचीले वार्ता सकारात्मक भएको बताएका छन् । त्यसपछि मध्यपूर्वमा बढ्दो तनावको चिन्ता केही समयका लागि कम भएको छ किनभने अमेरिकासँगै इजरायल पनि इरानको आणविक कार्यक्रमबाट खतरा महशुश गरिरहेको छ ।

 

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार  एक वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै शनिबार रोममा भएको बैठकमा ‘धेरै राम्रो प्रगति’ भएको र अर्को हप्ता थप वार्ता हुने बताएको छ। ‘रोममा अपेक्षाकृत सकारात्मक वातावरणले सम्भावित सम्झौताको सिद्धान्त र उद्देश्यहरूमा प्रगतिलाई सक्षम बनाएको छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन, ‘विज्ञ स्तरको ट्रयाकको प्रारम्भिक विवरणहरू सेयर  गर्ने उद्देश्यले आगामी दिनहरूमा सुरु हुनेछ। त्यस पछि हामी न्याय गर्न राम्रो स्थितिमा हुनेछौं, अहिलेको लागि, आशावादी भने हुन सक्छौं तर केवल धेरै सावधानीका साथ।’ उक्त बैठकको बारेमा अमेरिकाले अहिलेसम्म कुनै आधिकारिक जानकारी भने दिइसकेको छैन् ।

 

ओमानको मध्यस्थताबाट अमेरिका र इरानजस्ता कट्टरपन्थी मुलुकले एकअर्कासँग वार्ता गर्न सम्भव भएको हो । ओमानले यस अघि इरान र अमेरिकाबीच मध्यस्थता गर्दै आएको थियो। इरानी अधिकारीहरूले भने कि प्रतिनिधिमण्डल रोमस्थित इरानी दूतावासको छुट्टै कोठामा बसेको थिए।

 

ओमानी विदेशमन्त्री बद्र अल–बुसैदीले उनीहरूबीच सन्देश आदानप्रदान गरिरहेका थिए। यदि यी वार्ताका क्रममा अमेरिकाबीच आणविक सम्झौता भयो भने यो ओमानको लागि ठूलो कूटनीतिक विजय हुनेछ। उ मध्यपुर्वमा शान्तिको बहाकको रूपमा उभिनेछ । खासमा दुई शत्रु देशलाई शान्तिका लागि मञ्च प्रदान गर्ने कतार–साउदी पछिको अब तेस्रो अरब राष्ट्रका रूपमा ओमान विश्वसामु उभिन सक्छ । गाजा विवादमा कतार मध्यस्थकर्ता बनेको छ भने साउदी अरेबियाले युक्रेन–रुस युद्धविराममा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९