कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ खैरेनीमा रहेको टप डल्फिन बोडिङ्ग स्कुलको १४ औं वार्षिक उत्सव शनिबार खैरेनीमा सम्पन्न भएको छ। विद्यालयको प्राङगणमा आयोजित वार्षिक उत्सव कार्यक्रममा विभिन्न कक्षामा अध्यनरत विद्यार्थीहरुले नाच , नाटक गायन र अभिनय लगायतका विभिन्न कलाहरू देखाएका थिए । विभिन्न विधामा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थी लाई पुरुस्कार वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सीता विष्टको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष मनऋषि आचार्यको प्रमुख आतिथ्य रहनु भएकाको कार्यक्रममा विशिस्ट आतिथ्य बर्दगोरिया गाउँपालिका वडा नं ३ की दलित महिला वडा सदस्य भावना देवी विक र जगदम्बिके भगवती माध्यामिक विद्यालयका प्रधानाध्यापक नेत्र बहादुर खड्का विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले जानेको कुरा व्यवहारमा उतार्न सके बोडिङ्ग स्कुलको स्तर स्वतः वृद्धि हुने बताउनु भयो। विद्यार्थीको मनोविज्ञान अनुसारको पढाई गर्नु पर्ने समय आएको बताउदै विद्यार्थीको मनोभावना अनुसारको शिक्षा नै आजको अनावश्यक्ता रहेको बताउनुभयो। शिक्षा मन्त्रालयले शिक्षा संग सम्बन्धीत सबै नियम कानुन तयार पारेको तर हरेक सामुदायीक र बोडिङ्ग स्कुल विद्यालयले बुझेर पनि व्यवहारमा लागु नगरेको कारण नेपालका सामुदायीक र बोडिङ्ग स्कुल विद्यालयको अवस्था दिन प्रतिदिन बिग्रँदो अवस्थामा पुगेको भन्दै तत्काल त्यसपक्षमा ध्यान दिन विद्यालयलाई अनुरोध गर्नु भयो। बिश्वको शिक्षा सामुहिक उत्पादनतर्फ जादै गर्दा हाम्रो देश सामन्तबादी चिन्तन संस्कार र मनोबृत्तिबाट माथी नउठ्दा शिक्षामा आमूल परिवर्तन हुन नसकेको र कमिसन कै चक्करमा शिक्षा क्षेत्र रहेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै बिशिस्ट आतिथी वडा नम्बर ३ की वडा सदस्य भावना देवी विकले वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उत्कृष्ट विद्यालयको रुपमा स्थापित हुन सकोस् भनि शुभकामना दिनु भयो। गुणस्तरीय शिक्षामा नै केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो। नेपालका सामुदायीक र इंग्लिश बोडिङ्ग स्कुल विद्यालयहरुमा गुणस्तर खस्किदै जानु चिन्ताको विषय रहेको भन्दै त्यस तर्फ पालिका सुक्ष्मरुपले अध्ययन गरिरहेको र सुधार्नका लागि विद्यालय परिवार, शिक्षक/शिक्षिका सबै संग सहकार्य गरेर गुणस्तरीय शिक्षा दिनका लागि सधै तपाईहरु संंग हातेमालो गर्न तयार रहेको बताउनुभयो। हिजोका दिनहरूमा पर्याप्त भौतिक पूर्वाधारहरु नहुंदा विद्यार्थीहरु लाई पठनपाठनमा समस्या हुने गरेको त आज पर्यन्त भौतिक पूर्वाधारहरु हुँदा पनि शिक्षाको गुणस्तर चिन्ताजनक रहेको भन्दै सुधारगर्न आवश्यक रहेको र त्यो सुधार्नै शिक्षक/शिक्षिका, अभिभावक/विद्यार्थी, विद्यालय व्यवस्थापन समिति सबैको जिम्मेवारी भएको बताउनुभयो।
कार्यक्रममा जगदम्बिके भगवती माध्यामिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष गोबिन्द बुढा क्षेत्री,दनुवाफाँटा नमुना सामुदायीक वन उपभोक्ता समूहका उपाध्यक्ष उदय राम विष्ट, राधा कृष्ण मन्दिरका अध्यक्ष चक्र बहादुर विष्ट र समाजसेबी गज बहादुर बम लगायतका अतिथिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले गीत मार्फत स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका संस्थापक तथा प्रिन्सिपल देब बहादुर बोहराले गर्नु भएको थियो ।
वार्षिक उत्सवमा देउडा गायक धोज महरा र माया पाण्डेको वेजोड प्रस्तुती रहेको थियो । विद्यालयमा बर्ष भरी गरिएका अतिरिक्त क्रियाकलाप कक्षा १ देखि ५ कक्षाका विद्यार्थीहरुलाई प्रथम, द्वीतृय र तृतीय हुनेलाई प्रमाण पत्र ,मेडल र पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनऋषि आचार्य, डम्मरा धर्ती र नरेन्द्र महतरालाई सम्मान गरिएको थियो । कार्यक्रममा वाक्लो रूपमा अभिभाबकको उपस्थिती रहेको थियो ।
विद्यालय हितमा उत्कृष्ट कार्य गरेको भन्दै विद्यालयले ऋतु बोहरा (साउँद) गीता थापा र राजेश विश्वकर्मालाई सम्मान गरिएको विद्यालयले वैज्ञानिक मिडियालाई जानकारी दिएको छ ।





























































































































































