लम्कीचुहामा विपन्नका हातमा पक्की घरको साँचो : घर नै पाइए, अरु के खाँचो ?

लम्की । वर्षौँदेखि टालटुलको सहारामा जीवन गुजारिरहेका लम्कीचुहाका विपन्न परिवारका लागि यो बैशाख उत्सवसरह बन्यो । छाना चुहिने डर, हुरीसँगै काँप्दै बिताएका रात, र भित्ताबाट झर्ने माटोको डर अहिले उनीहरूको जीवनबाट हराउँदै छ । कारण, अब उनीहरूको हातमा छ, आफ्नै पक्की घरको साँचो । त्यो साँचो केवल ताल्चा खोल्ने औजार होइन, साँचो: सुरक्षा, सम्मान र स्थायित्वको हो ।

 

हिजोका दिनहरूमा खाना पकाउँदा छाता ओढ्नु पर्ने बाध्यता थियो, हावाहुरी चल्दा पूरै घर हल्लिने डर थियो, अनि सुत्दा पनि मनमा शंका र डर थियो । आज ती सबै पीडाका पानाहरू पुराना भए । अब उनीहरू ढुक्क छन्, न्यानो ओछ्यानमा चैनको निन्द्रा सुत्न सक्छन् । अब उनीहरूलाई लाग्न थालेको छ ‘जब टाउकोमाथि पक्की छाना हुन्छ, तब जीवन अलिक सहज लाग्दो रहेछ ।’ २५ वर्षीया आशा चौधरी भन्छन् ।

 

लम्कीचुहा नगरपालिका वडा नं. ४, कौवापुरस्थित शिविर क्षेत्रमा बुधवार ३८ विपन्न परिवारलाई शौचालय सहितको दुई कोठे पक्की भवन हस्तान्तरण गरिएको छ ।

 

नगर प्रमुख सुशीला शाहीका अनुसार यो घर हस्तान्तरण उनीकै निर्वाचनकालीन प्रतिबद्धताको परिपूर्ति हो । ‘त्यो बेला उम्मेदवारी पनि टुंगो लागेको थिएन,’ उनी भन्छिन्, ‘भुप्रा जस्ता घर देखेर मैले यहाँका जनतासँग प्रतिवद्धता गरेकी थिएँ, र आज त्यो पूरा भएकोमा खुसी छु ।’

 

२५ वर्षीया आशा चौधरीका आँखा अहिले अझ उज्याला छन् । उनले भनिन्, ‘पहिले छाना चुहिन्थ्यो, हुरी आउँदा सुत्नै सक्दैनथ्यौं । अब नगरपालिकाले बनाइदिएको घरले हामीलाई ढुक्क बनाएको छ ।’

 

यस सुरक्षित नगर आवास कार्यक्रम ह्याविटाट नेपाल, लम्कीचुहा नगरपालिका, र सुदूरपश्चिम प्रदेश सरकारको संयुक्त लगानीमा संचालित हो । कुल ४५ घरमध्ये ३८ घर तयार भई हस्तान्तरण गरिएका हुन्, जसमा वडा नं. ४ कौवापुरमा ३१ र वडा नं. ३ बल्चौर बादी बस्तीमा ७ घर निर्माण गरिएको हो ।

*लागत सहभागिता*

ह्याविटाट् नेपाल, लम्कीचुहा नगरपालिका र सुदूरपश्चि प्रदेश सरकारको संयुक्त लगानीमा सञ्चालित सुरक्षित नगरवास कार्यक्रम अन्तरगत लम्कीचुहामा ४५ घर निर्माण गरिएका छन् । वडा नं.४ को शिविर कौवापुरमा ३१ घर र वडा नं.३ को बल्चौर बादी बस्तीमा ७ घर निर्माण गरिएको छ । ३८ घर परिवारका २ सय २८ जनाको लागि निर्माण गरिएको जम्मा लागत २ करोड ६१ लाख ६० हजार ४ सय रहेको ह्याविटाट् नेपाल, की पश्चिम कार्यालय प्रमुख पुनिता चौधरीले जानकारी दिइन् । जसमा ह्याविटाट् नेपालको ९४ लाख ५३ हजार ७ सय ५०, लम्कीचुहा नगरपालिकाको ८० लाख १६ हजार ४ सय, सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट ३५ लाख रुपैयाँ र समुदायकोको ५१ लाख १० हजार ४ सय रुपैयाँ बराबरको श्रमदान रहेको छ ।

*थप १४ घरको शिलान्यस*

 

असुरक्षित आवासमा रहेका नागरिकलाई सुरक्षित अवास प्रदान गर्दै उनीहरूको आवास निर्माणमा गर्ने खर्च कटौती गरि आयआर्जनमा बृद्धि गर्ने, प्राकृतिक विपत्तिबाट बचाउने उदेश्य रहेको सुरक्षित आवास कार्यक्रम अन्तरगत लम्कीचुहामा थप १४ घरको शिलान्यस पनि भएको छ । लम्कचुहा नगर प्रमुख सुशीला शाही, ह्याविटाट् नेपालकी पश्चिम कार्यालय संयोजक पुनिता चौधरी, र ह्याविटाट् नेपालको साझेदार संस्था राष्ट्रिय दलित नेटवर्कका कन्द्रीय अध्यक्ष मोहन ओड लगायतको सहभागीतमा बुधवार नै लम्कीचुहा–८ डम्मरीयामा १४ वटा घरको शिलान्यास भएको छ । ६ लाख ८८ हजार २ सय ८५ रुपैयाँ पचास पैसा लागत रहेको प्रति घरमा लम्कीचुहा नगरपालिकाले ५० हजार, सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबा २ लाख ९४ हजार, ह्याविटाट् नेपालको २ लाख ५० हजार रुपैयाँ र ९४ हजार २ सय ८५ रुपैयाँ ४७ पैसा बराबरको जनश्रमदान रहने छ ।

 

वडा अध्यक्ष तारा प्रसाद अधिकारीले सिँचाइ, तारबार र खानेपानी जस्ता समस्याहरू पनि समाधानको चरणमा रहेको जानकारी दिए । उनका अनुसार सम्बन्धित निकायहरूसँग छलफल भइसकेको छ र चाँडै सकारात्मक परिणाम आउने अपेक्षा छ ।

 

घर मात्र होइन, आत्मविश्वासको पुनर्निर्माण पनि भइरहेको छ लम्कीचुहामा । जहाँ हिजोका दिन भुप्राजस्ता टहरामा काटेकारू आज आफ्नै पक्की घरको छानोमुनि आश्वस्त जीवन बाँच्न थालेका छन् ।

किनभने, घर नै पाइए, अरु के खाँचो?

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहा,  सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष...

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

काठमाडौँ, सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उहाँहरूबीच भएको भेटमा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको थियो ।       भेटमा सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९