काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गरेका छन् ।नेपाल बिधुत प्राधिकरणका पुर्व निर्देशक कुलमान घिसिङको पक्षमा लागेर बिभागीय मन्त्री दिपक खडकालाई असहयोग गरिरहेको आरोप लागिरहेको बेला तामाङ बर्खास्तमा परेका हुन् ।उता, शिक्षा तथा प्रवृधी मन्त्री बिधा भट्टराईको स्थानमा रघुजी पन्त शिक्षा मन्त्री हुने भएका छन् । उनको भोली राष्ट्रपति कार्यालयमा सपथ हुने जनाइएको छ।
काभ्रेपलाञ्चोक, धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ (कृत्रिम बुद्धिमत्ता सम्मेलन)को आयोजना गरिएको छ । केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गतको आर्टिफिसियल इन्टेलिजेन्स क्लब (केयुएआइसी)को आयोजनामा हुन लागेको सो सम्मेलन क्लबमार्फत सञ्चालन गरिएको ‘एआई कन्भर्जेन्स–२०२६’ अन्तर्गत दोस्रो चरणको यस कार्यक्रम आयोजना गरिएको जनाइएको छ...




















































































































































