काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गरेका छन् ।नेपाल बिधुत प्राधिकरणका पुर्व निर्देशक कुलमान घिसिङको पक्षमा लागेर बिभागीय मन्त्री दिपक खडकालाई असहयोग गरिरहेको आरोप लागिरहेको बेला तामाङ बर्खास्तमा परेका हुन् ।उता, शिक्षा तथा प्रवृधी मन्त्री बिधा भट्टराईको स्थानमा रघुजी पन्त शिक्षा मन्त्री हुने भएका छन् । उनको भोली राष्ट्रपति कार्यालयमा सपथ हुने जनाइएको छ।
मुस्ताङ, यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो ।आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी दिएको छ । उद्योग तथा व्यक्तिगत व्यवसाय दर्तासम्बन्धी सम्पूर्ण...



















































































































































