पूर्वप्रहरी महानिरीक्षक थापाको निधन

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ । मंगलबार उनको ९७ वर्षको उमेरमा निधन भएको नेपाल प्रहरीले जनाएको छ।थापाले २०३५ सालमा  प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए । उनकै अग्रसरतामा निमित्त आईजीपी निवास, कमाण्डो तालिमको सुरुवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना भएको थियो । प्रहरी महानिरिक्षक दिपक थापाले उनकाे निधन प्रति गहिराे दुःख ब्यक्त गरेका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?