पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका १० वर्षीय छोराको तस्बिर पहिलो पटक विश्वसामु सार्वजनिक भएको छ ।बेलायती समाचार संस्था  डेली मेलले टेलिग्राम च्यानल भिसीएचे–युजीपियुलाई उद्धृत गर्दै दुई तस्बिरहरू सार्बजनिक गरेको हो ।यी दुवै तस्बिर पुटिनका छोरा इभान भ्लादिमिरोविच पुटिनको भएको दाबी गरिएको छ । जसकी आमाको नाम एलिना काबाएवा हो, जो एक जिमनास्टसमेत हुन्।

 

 

 

रिपोर्टका अनुसार इभान मानिसहरुसँग धेरै कम बोल्छन् र आफ्नो अधिकांश समय सुरक्षा गार्ड र शिक्षकहरुसँग बिताउँछन्। इभानको कान्छो भाइ भ्लादिमिर जूनियर पनि छन्, जो ४ वर्षका छन् तर अहिलेसम्म उनको कुनै तस्बिर सार्वजनिक भएको छैन। मिडिया रिपोर्टका अनुसार पुटिनका छोराको तस्बिर सार्वजनिक भएको यो पहिलो पटक हो । इभानको अनुहार पुटिनको जस्तै देखिन्छ।

 

 

पुटिनले आफूभन्दा ३० वर्ष कान्छी ओलम्पिक स्वर्ण पदक विजेता एलिना काबाएवासँग सम्बन्धमा रहेको पुष्टि गरेका छैनन् । तर, ५ महिनाअघि एक विज्ञप्तिमा उनले  ‘मेरा साना छोराछोरीसँग’ चलचित्र हेर्ने गरेको भने उल्लेख गरेका थिए । आजसम्म पुटिनका छोराहरू सार्वजनिक रूपमा कहिल्यै देखिएका छैनन्, तिनीहरू प्रायः उच्च सुरक्षामा रहन्छन्।

 

एलिना र पुटिनको अफेयरको हल्ला बेलाबेलामा आउने गरेको थियो । जिमनास्टका रूपमा खेलकुदबाट सन्यास लिए पछि एलिना राजनीतिमा प्रवेश गरेकी थिइन। यति मात्र होइन, एलिना पुटिनको युनाइटेड रसिया पार्टीबाट सांसदसमेत बनिन् । एलिनाले पनि गायक बन्न पनि धेरै प्रयास गरिन तर सफल हुन सकिनन्।

 

सन २००७ देखि २०१४ सम्म एलिना राज्य ड्यूमा रूसी संसदको तल्लो सदनको एक उप थियो। यसबाहेक, उनी सेप्टेम्बर २०१४ मा रसियाको राष्ट्रिय मिडिया समूहको निर्देशक बोर्डको अध्यक्षको रूपमा नियुक्त भएकी थिइन्। पुटिनले उनीसँग नै बिबाह गरेको अनुमान गरिन्छ ।

 

खासमा यसअघि भ्लादिमिर पुटिनले १९८३ मा लुडमिलासँग विवाह गरेका थिए । उनका छोरीहरूको नाम मारिया र क्याट्रिना हो। पुटिन र ल्युडमिलाले सन् २०१३ मा सम्बन्धविच्छेद गरेका थिए तर त्यस पछि पुटिनले अहिलेसम्म विवाह गरेको जानकारी गराएका छैनन् ।

 

भ्लादिमिर पुटिनकी जेठी छोरी डा. मारिया भोरोन्टोभा क्रेमलिन अर्थात् रुसी राष्ट्रपतिको कार्यालयमा काम गर्छिन्। यद्यपि, आधिकारिक रूपमा उनी रुसको स्वास्थ्य मन्त्रालयको एन्डोक्रिनोलोजी विभागको राष्ट्रिय चिकित्सा अनुसन्धान केन्द्रका प्रमुख अनुसन्धानकर्ता हुन ।

 

त्यसैगरी, पुटिनकी कान्छी छोरी कटरिना टिखोनोभा पनि क्रेमलिनमा काम गर्छिन्। उनी रक्षा विभागमा प्राविधिक सहयोग सम्बन्धी कामको हेरचाह गर्छिन्। कट्रिनाले २०१५ मा रुसकी क्रिल शामलोवीसँग विवाह गरेकी थिइन् । समाचार अनुसार कट्रिनासँग १५ हजार करोडभन्दा बढीको सम्पत्ति रहेको छ । उनका श्रीमान् शामलोवी पनि रुसी बैंकमा सेयरधनी हुन् ।

 

खासमा राष्ट्रपति पुटिन धेरै गोप्य जीवन बिताउँछन्। उनले आफ्ना कति सन्तान छन् भन्ने कुरा सार्वजनिक रूपमा स्वीकार गरेका छैनन् । तर पुटिनका छोरीहरू उनको पूर्व पत्नी ल्युडमिला ओचेरेटनायाबाट धेरै प्रसिद्ध रहेको छन्। पुटिनका दुई छोरीहरू व्यवसायी मारिया भोरोन्टोभा र कटेरिना टिखोनोभा उच्च प्रोफाइल महिलाको रूपमा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९