वडा अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी, एमाले सांसदकाे दबाबले समातिएनन अझै

सिरहा। सिरहाका एकजना वडा अध्यक्ष विरुद्ध आपराधिक उपद्रव, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी  गरे पनि उनी अझै समातिएका छैनन ।राजनीतिक संरक्षकका कारण स्थानिय प्रहरीले उनलाई पक्राउ नगरेकाे स्थानियकाे भनाइ रहेकाे छ । एमाले पार्टीबाट निर्वाचित सिरहा नगरपालिका-१३ का वडाध्यक्ष सर्भेन्द्र साहलाई राजनीतिक दवावका कारण गर्न प्रहरीले आनाकानी गर्दै आइ रहेकाे जनाइएकाे छ ।

 

वडा अध्यक्ष साह सहित १२ जनाविरुद्ध आपराधिक उपद्रव, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको महिना दिन भन्दा बढी बितिसक्दा पनि प्रहरीले पक्राउ नगरेको पछि स्थानिय रूष्ट भएका छन् ।

 

उच्च अदालत, राजविराजको परमादेश अनुसार आपराधिक उपद्रब, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा उनीहरूविरुद्ध चैत १३ गते जिल्ला प्रहरी कार्यालय, सिरहामा मुद्दा दर्ता भएको थियो। मुद्दा दर्ता भएको एक महिना भन्दा पनि बढी भइसकेकाे छ । तर,प्रहरीले उनीहरूमध्ये कसैलाई पक्राउ गर्न नसकेको स्थानिय दिनेश यादवले बताए।

 

उनले भने, ´अदालतले चैत १७ गते नै वडाध्यक्ष साहसहित १२ जना प्रकाश महतो, दुखी महतो, पञ्चलाल महतो, सोगारथ महतो, अमन महतो, रामदिनेश यादव, सतिश यादव, जीवछ महतो, सोभित महतो, खुशीलाल महतो र पाण्डब महतोविरुद्ध पक्राउ पुर्जी जारी भए पनी उनीहरु अहिले पनी खुलेआम घुमिरहेका छन् ।’यता घटनाको अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रमुख (एसपी ) अनन्तराम शर्माले जनाए । ‘म आउनुभन्दा अगाडी नै यो मुद्दा दर्ता भएको रहेछ,  प्रहरीले गर्नु पर्ने काम गरिरहेको छ, अनुसन्धानसमेत हुँदैछ।´

 

वडा अध्यक्ष सहित १२ जनाको समुहले सिरहा नगरपालिका-१३, फुलबरियाका ६६ वर्षीय रामसेवक भण्डारीको घरमा २०८० पुष २२ गते गालिगलौज गर्दै लुटपाट गरेको विपक्षीको आरोप छ। आफनै जग्गामा तार बार लगाउन खोज्दा उनीहरूले आफूसहित घरका सदस्यलाई गाली बेइज्जती तथा दुर्व्यवहार गर्दै घरमा आगो लगाइदिएको र घरमा भएका सुनचाँदीसहितका सामान लुटपाट गरी ५० लाख रुपैयाँको क्षति पुर्‍याएको भन्दै उच्च अदालत राजविराजमा रिट निवेदन दिएका थिए।

 

त्यसअघि घटनालगत्तै उनी जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराउन गएका थिए। तर, पटकपटक गुहार्दा पनि प्रहरीले जाहेरी दर्ता नगरी दिएपछि उनी २०८१ असार २१ मा परमादेशका लागि रिट निवेदन लिएर उच्च पुगेका हुन् ।

 

वडा अध्यक्ष सहित १२ जनालाई सिरहा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य तथा पुर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले संरक्षण गरिरहेको स्थानियकाे भनाइ रहेकाे छ । श्रेष्ठ कै दवावका कारण प्रहरीले उनीहरुलाई पक्राउ गर्न नसकेको उनीहरुको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९