कैलाली। ईलाका प्रहरी कार्यालय चिसापानीले ६३ वटा कडि बरामद गरेको बरामद गरेको छ । आज बिहान करिब २ बजे आसपास ईलाका प्रहरी कार्यालय चिसापानी बाट प्रहरी निरीक्षक टेक बहादुर जोराको कमाण्डमा खटिएको प्रहरी टोलीले कैलाली मोहन्याल गाउँपालिका ७ पितमारी स्थित सोल्टा चिसापानी सडक खण्डमा कुईनेबाट चिसापानी तर्फ आउँदै गरेको से १ ज ११४५ नम्बरको जिपलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीभित्र साल जातको जस्तो देखीने ६३ वटा कडी बरामद गरेको जोराले जानकारी दिनु भयो ।
पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका २ बस्ने वर्ष ३८ को दिनेश बि.सी र वडा नम्बर ४ बसन्ता बस्ने वर्ष १८ को राज रसाईली र गाडी सहित नियन्त्रणमा लिएको छ । बरामद काठ सहित गाडी उनिहरु लाई बन कार्यालय चिसापानी लाई बुझाइएको छ ।





























































































































































