प्रहरीले दाेषीलाइ हिरासतबाट भगाएपछि रूपन्देहीका पत्रकारद्वारा आन्दोलन घोषणा

भैरहवा । रूपन्देहीकाे भैरहवाका पत्रकार राधेश्याम विश्वकर्माको न्याय र दोषीलाई कारबाहीको माग गर्दै लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । क्लबका निवर्तमान कोषाध्यक्ष तथा अन्नपूर्ण मिडिया नेटवर्क प्रालि (एपी वान टेलिभिजन) मा कार्यरत पत्रकार विश्वकर्मामाथि रुपन्देहीको मर्चवारमा आफूलाई दीपेश यादव बताउने व्यक्तिसहित ७–८ जना तस्करहरुको समूहले बैशाख ८ गते संचारउपकरण खोस्ने, भिडियो मेटाउन लगाउने, दुव्र्यबहार गर्ने र भौतिक आक्रमणको प्रयास गरेका थिए ।

 

घटनामा संलग्नलाई कानूनी दायरामा नल्याइएको बरु प्रहरी नियन्त्रणबाटै भगाइएको भन्दै प्रेस क्लबले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । क्लबको कार्यसमिति, सल्लाहकार, पूर्वपदाधिकारीसहितको बैठकले पत्रकार विश्वकर्माको न्यायका लागि भन्दै पहिलो चरणमा तीन दिवसीय आन्दोलनका कार्यक्रम घोषणा गरेको सचिव शशि पन्थीले जानकारी दिए । क्लबले उक्त आन्दोलनमा प्रेस स्वतन्त्रता, मानव अधिकारवादी र सामाजिक न्यायको पक्षमा हुने सम्पूर्णमा सहयोग र सहकार्यका लागि समेत आह्वान गरेको छ ।

 

क्लबले पहिलो दिन बैशाख ११ गते बिहीबार बिहान सवा १० बजेदेखि १ घण्टासम्म जिल्ला प्रशासन कार्यालय, रुपन्देही अगाडि धर्ना दिने जनाएको छ । साथै, आन्दोलनका कार्यक्रमबारे नेपाल पत्रकार महासंघसहित विभिन्न पेसागत संघसंगठनलाई जानकारीसहित ऐक्यबद्धताका लागि आग्रह गर्ने विज्ञप्ती मार्फत् जानकारी दिएको छ ।

 

दोस्रो दिन बैशाख १२ गते शुक्रबार सम्पूर्ण पत्रकारहरुले कालोपट्टी बाँधेर बिहान सवा १० बजेदेखि १ घण्टासम्म प्रशासन अगाडि धर्ना दिने कार्यक्रम तय गरिएको छ । यस्तै, तेस्रो दिन बैशाख १४ गते आइतबार सम्पूर्ण पत्रकारहरुले संचार सामग्रीहरु प्रशासनको गेटमा राखेर, कालोपट्टी बाँधेर बिहान सवा १० बजेदेखि १ घण्टासम्म प्रशासन अगाडि धर्ना दिने जनाइएको छ । यसपछि पनि दोषीलाई पक्राउ गरी कानूनी दायरामा नल्याइए दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरी चरणबद्ध आन्दोलनमा उत्रिने क्लबका अध्यक्ष कमल रायमाझीले बताए । ‘न्याय नपाउँदासम्म हाम्रो आन्दोलन जारी रहन्छ’, उनले भने, ‘दोस्रो चरणका आन्दोलन काठमाडौं केन्द्रित पनि हुन सक्छन् ।’

 

क्लबले दोषीउपर कारबाहीको मागसहित सम्बन्धित निकायमा उजुरी दिइसकिएको जनाएको छ । पत्रकार विश्वकर्मामाथि घटाइएको घटनाबारे लुम्बिनी प्रेस क्लब, नेपाल पत्रकार महासंघ, रुपन्देही शाखा, महासंघ लुम्बिनी प्रदेश, महासंघ केन्द्रिय समितिसहित विभिन्न संघसंगठनले यसअघि नै विज्ञप्ती जारी गरी दोषीमाथि कारबाहीको माग गरिसकेका छन् । उक्त घटना घटेको दुई घण्टापछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता समेत रहेका डीएसपी सुरज कार्कीले पत्रकार विश्वकर्मामाथि आक्रमण प्रयास गर्ने दीपेश यादव पक्राउ परेको जानकारी गराएको तर, पक्राउ गरिएका यादव सोही दिन साँझपख प्रहरीकै नियन्त्रणबाट भागेको भन्ने गैरजिम्मेवारी कुरा अहिले प्रहरीले गरिरहेको विज्ञप्तीमा उल्लेख छ ।

 

यसबारे सतथ्यतथ्य छानविन गरी दोषी र दोषी भगाउन सहयोग गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै लुम्बिनी प्रेस क्लब र नेपाल पत्रकार महासंघ, रुपन्देहीले २४ घण्टाको अल्टिमेटम दिँदै बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए । ‘तर, २४ घण्टा वित्दा समेत प्रहरी प्रशासनबाट दोषी र दोषी भगाउने प्रहरीलाई कानूनी दायरामा ल्याइएको कुनै जानकारी प्राप्त भएको छैन । जसले गर्दा पीडित पत्रकार विश्वकर्माले न्याय पाउनेमा अझै विश्वस्त हुने अवस्था छैन’, विज्ञप्तीमा भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९