चुनावमा गरेको वाचा बिर्सिएको छैन्ः अध्यक्ष प्रचण्ड

गोरखा। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गोरखा–बारपाक सुलिकोट गाउँपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै चुनावमा गरेका वाचा नबिर्सेको बताएका छन्।

 

कार्यपालिका सदस्य तथा गाउँपालिका अध्यक्ष विष्णु भट्टले बाटो, खानेपानी र अन्य भौतिक पूर्वाधार निर्माणमा बजेट अभावका समस्या उठाउँदै गर्दा अध्यक्ष प्रचण्डले सो जवाफ दिएका हुन् । “चुनावमा मैले तपाईंहरूसँग गरेका वाचा कहिल्यै भुलेको छैन। सरकारले हुँदा ती वाचा पूरा गर्न इमान्दार प्रयास गरियो। जे सकियो, गर्‍यौं, त्यसको मूल्याङ्कन तपाईंहरूले नै गर्नुहुन्छ। अहिलेसम्म उठाइएका प्रश्नहरू म प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा संसद्मा समेत उठाउँदै आएको छु,’ उनले भने ।

 

मुख्यमन्त्री पाण्डेले अध्यक्ष प्रचण्डसँग सहकार्य गर्दै प्रदेश सरकारका योजनाहरू सबै स्थानीय तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकमा स्थानीय जनप्रतिनिधिहरूले ढुंगा, गिटी र बालुवा निकासी भए पनि त्यसको राजस्व सङ्कलन नहुँदा जनप्रतिष्ठानमा दरार आएको गुनासो पोखेका थिए ।

 

“राजस्व सङ्कलन र पारदर्शितालाई सुशासनको आधार मानेर अघि बढ्नुपर्छ। कानुन निर्माण र कार्यान्वयनमा प्रदेश सरकारको सक्रिय सहयोग अनिवार्य छ,’ उनले भने ।अध्यक्ष प्रचण्डले अन्त्यमा सुशासन र पारदर्शितालाई विकासको मापदण्ड बनाएर सबै राजनीतिक दल र जनप्रतिनिधि एकजुट भएर अघि बढ्न आह्वान गरेका छन।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९