
काठमाडौं। आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने भएको छ । आज दिउँसो ३ः०० बजे सिंहदरवारस्थित कार्यालयमा उक्त बार्ता हुनेछ ।सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले लगायत उपस्थित हुनेछन भने महासंघको तर्फवाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलगायत पदाधिकारीको प्रतिनिधित्व हुनेछ । यद्दपी, सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।मन्त्रीमा नियु्क्त हुने बितिक्कै शिक्षा मन्त्री पन्तले आन्दोलनरत शिक्षकलाइ बार्तामा बोलाएका थिए । लगत्तै, उनीहरू बार्तामा बस्न तयार भएका हुन् ।