मङ्लबार, भदौ ३१, २०८२

श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उप्रमुखबीच श्रम सम्झौतालागि छलफल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र बोस्निया र हर्जगोभिना दूतावासमा मिसन उपप्रमुख आर्मिन मेसिनोभिक बीच श्रम सम्झौता गर्ने सम्बन्धमा छलफल भएको छ । शुक्रवार मन्त्रालयमा मन्त्री भण्डारी र भारतको नयाँ दिल्लीस्थित बोस्निया र हर्जगोभिना दूतावासका मिसन उपप्रमुख मेसिनोभिकबीच नेपाली कामदार लैजाने बिषयमा द्धिपक्षीय छलफल भएको हो ।

 

उक्त छलफलमा नेपाली कामदारका लागि बोस्निया अवसरको नयाँ गन्तव्य हुने भएको हुँदा द्धिपक्षीय श्रम सम्झौताका लागि प्रकृया अगाडि बढाउन चाहेको  मिसन उप्रमुख मेसिनोभिकले प्रस्ताव अगाडि सारेका थिए ।

 

छलफलमा मन्त्री भण्डारीले पच्छिलो समय युरोपका विभिन्न देशहरुसँग नेपाली श्रमिकहरुका लागि कामदार लैजाने सम्बन्धमा द्धिपक्षीय श्रम सम्झौता तथा गृहकार्यहरु अगाडि बढी रहेको बताउँदै बोस्निया पनि नेपाली कामदारको लागि नयाँ श्रम गन्तव्यको रुपमा नेपाल सरकार श्रम सम्झौता गर्न तत्पर रहेको बताउँदै द्धिपक्षीय सम्झौताका लागि प्रकृया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

 

उनले, नेपाली श्रमिकहरुलाइ आवश्यक तालिम प्रदान गरी दक्षजनशक्तिको रुपमा वैदेशिक गन्तव्यमा पठाउन श्रम मन्त्रालय लागि परेको जानकारी दिँदै बोस्नियाका लागि आवश्यकताको आधार दक्षजनशक्ति माग भए सोही अनुसार दक्ष जनशक्ति तयार गरी रोजगारीका लागि पठाउने बताए ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९