भूकम्पीय प्रकोपको जोखिममा नेपाल

सन् १९९४ देखि सन् २०२४ सम्म ४ रेक्टर स्केल भन्दामाथिका जम्मा  १२५४ वटा भूकम्प गएको राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रले सूचीकृत गरेको छ।

–  प्रकाश रेग्मी

परिचय

यस लेखका लागि विभिन्न अनलाइन पोर्टलका लेखहरू, नेपालको राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रले पूर्ण आउट-अफ-द-बक्स सफ्टवेयर समाधान केन्द्रलाई उपलब्ध गरएको सन् १९९४ देखि सन् २०२४ सम्मका ४ रेक्टर स्केलभन्दा माथीका १२५४ वटा भूकम्पका केन्द्रहरू र तिनका आवृत्तिहरुलाई माइक्रोसफ्टको एक्सेल र अमेरिकी वातावरणीय प्रणाली अनुसन्धान संस्थानले विकास गरेको स्पलाइन कम्प्युटर सफ्टवेयरको प्रयोग भएको छ।

भूकम्प भनेको पृथ्वीको सतहमा अचानक हुने हलचल नै हो। पृथ्वीको आन्तरिक भाग धेरै चापको कारण अत्यन्त तातो अवस्थामा रहेको हुन्छ। त्यस क्षेत्रका चट्टानहरू पग्लिएको अवस्थामा रहेका हुन्छन् र त्यसलाई म्याग्मा भनिन्छ। पृथ्वीभित्रको अत्यधिक ताप र चापले गर्दा तातो म्याग्मामा गति उत्पन्न हुन्छ। पृथ्वीको आन्तरिक भागमा हुने त्यो गतिले पृथ्वीको परतमा रहेका सात वटा टेक्टोनिक प्लेटहरूमा पनि गति पैदा हुन्छ। कहिले त्यो गतिले छुट्टाछुट्टै रहेका टेक्टोनिक प्लेटहरूलाई एक-आपसमा नजिकतिर ल्याउँदछ भने कहिले टाढा तिर घकेल्छ। यसरी यी सात वटा प्लेटहरू निरन्तर चलायमान हुन्छन्।  यसो हुँदा पृथ्वीको परतमा वा सतहमा रहेका चट्टानहरूमा तनाव उत्पन्न भई चट्टानहरू अचानक भाँचिन्छन् वा चिप्लन्छन् र पृथ्वीको सतहमा कम्पीय तरंगहरू उत्पन्न हुन जाँदा जमिन हल्लिन्छ। यसका अलावा पृथ्वीको कुनै भागमा ज्वालामुखी विस्फोट हुँदा पनि जमिन हल्लिन्छ।

नेपालको हिमालय क्षेत्रमा लाखौं वर्षदेखि नियमित रूपमा सक्रिय रहेको संपिडन बलको कारण भारतीय प्लेट र तिब्बती प्लेटबीच टक्कर भइरहँदा यी दुई प्लेटहरूको सिमानामा रहेको नेपालको अवस्थितिले यस क्षेत्र भूकम्पीय रूपमा सक्रिय हुँदै आएको छ।

वि.सं. १९९० माघ २ गते अर्थात जनवरी २, १९३४ मा आएको महाभूकम्पले काठमाडौं भक्तपुर र पाटनमा ठूलो क्षति पुर्‍याएको कुरा लेखहरूमा पढ्न पाइन्छ। त्यसै मितिलाई आधार मानेर नेपालमा हरेक वर्षको माघ २ का दिन भूकम्प दिवस मनाइन्छ। २०४५ भदौ २० गते अर्थात् सेप्टेम्बर ५, १९८८ मा एकाबिहानै यो प्रेरणता आफैं खाटमा नै सुतिराहेको बेला एक्कासी खाट हल्लाएपछि हतार-हतार भाइ र बहिनीलाई समेत लिएर खाटमुनि लुकेको सम्झना अहिले पनि ताजा छ। तर, सानै उमेरमा त्यो ज्ञान कहाँबाट आयो भन्ने जानाकारीमा छैन। वि.सं. २०७२ वैशाख १२ गते तदानुसार २५ अप्रिल २०१५ दस वर्ष अगाडिको ठिक आजकै दिन शनिबार परेकाले ढिलो गरी स-परिवार खाना खाइरहेको बेला लगभग १२ बजे तिर घर हल्लिँदा सबैभन्दा पहिला आमा भागेर बाहिर पुगेको अनुभवले मान्छेले सबैभन्दा बढी माया आफैंलाई गर्दो रहेछ भन्ने शिक्षा  पनि पाएको छु।

नेपालमा वैशाख १२, २०७२ तदनुसार अप्रिल २५, २०१५ मा गोरखा जिल्लाको बारपाकमा  गएको ७.८ रेक्टर स्केलको भूकम्पले व्यापक विनाश गरेको थियो। त्यो घटनाले झन्डै ९ हजार मानिसको ज्यान लिनुका साथै भवन र पूर्वाधारमा व्यापक क्षति पुर्‍यायो। देशको आन्तरिक स्रोतले उक्त क्षतिको व्यवस्थापन गर्न नसकेर नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायहरूसँग  सहयोगको लागि अपिल गरेको थियो।

नेपालमा केन्द्रबिन्दु भएर गएका भूकम्पहरुको आवृत्ति

सन् १९९४ देखि सन् २०२४ सम्म ४ रेक्टर स्केल भन्दामाथिका जम्मा  १२५४ वटा भूकम्प गएको राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रले सूचीकृत गरेको छ। त्यसमा ४ रेक्टर स्केलदेखि ४.९ रेक्टर स्केलका भूकम्प १०६२, ५ रेक्टर स्केल देखि ५.९ रेक्टर स्केलका भूकम्प १७३,  ६ रेक्टर स्केलदेखि ६.९ रेक्टर स्केलका १६, र ७ रेक्टर स्केल भन्दामाथि ३ वटा भूकम्प रहेका छन्। जसमा ७.६ रेक्टर स्केलको भूकम्प गोर्खा जिल्लाको बारपाक केन्द्रबिन्दु बनाएर आजको ठिक १० वर्ष पहिले गएको थियो।

वि.सं. २०४५ भदौ २० गते तदानुसार अगस्ट २० १९८८ मा उदयपुर जिल्लामा केन्द्रबिन्दु भएर गएको ६.५ रेक्टर स्केलको भूकम्पले नेपालको पूर्वी क्षेत्रमा ठूलो नोक्सान पुर्‍याउनाको साथै ७२१ जनाको ज्यान गएको थियो र एक लाख भन्दाबढी घरमा क्षति पुगेको थियो। त्यस्तै, सन् २००१ मा भारत र पाकिस्थानको सीमा क्षेत्रमा रहेको भारतको भुजमा गएको ६.९ रेक्टर स्केलको भूकम्पले पश्चिम नेपालमा ठूलो मात्रामा नोक्सान पुर्‍याएको थियो। सेप्टेम्बर १८ २०११ मा सिक्किममा आएको ६.८ रेक्टर स्केलको भूकम्पले पुन: पूर्वी नेपालमा नोक्सान पुर्‍एको थियो।

त्यस्तै, १० वर्ष पहिले गोरखाको बारपाकमा आएको ७.८ रेक्टर स्केलको झन्डै ९ हजारको मृत्यु हुनाको साथै अर्बौंको नोक्सान भएको थियो।  त्यसपछि क्रमश: ६ रेक्टर स्केल भन्दामाथिका ५ वटा भूकम्पको चपेटामा नेपाल परेको तथ्याङ्कले देखाउँछ। त्यस्तै, तिब्बतको डिङ्ग्ये काउन्टीको जनवरी ७ २०२५ मा गएको ७ रेक्टर स्केलको भूकम्पको धक्का उत्तर पूर्व नेपालले महसुस गरेको थियो।

नेपालमा भूकम्पको स्थानीक वितरण

नेपाल बहुप्रकोपीय जोखिम भएको देश हो। नेपाल विश्वका अन्य देशहरूको तुलनामा भूकम्पीय जोखिमका दृष्टिकोणबाट ११ औं उच्च स्थानमा रहेको विभिन्न अध्ययनहरूले जनाएका छन्। २०७२ वैशाख १२ गते गएको महाभूकम्पको केन्द्रबिन्दु गोरखा जिल्लाको बारपाक थियो। यो ठाउँ नेपालको पूर्व-पश्चिम फैलावटको हिसाबले झन्डै बीच भागमा पर्दछ। सन् १९९४ देखि सन् २०२४ सम्म गएका १२५४ वटा भूकम्पका केन्द्रबिन्दुलाई नेपालको नक्सामा राखेर हेर्दा नेपालको पहाडी र हिमाली भागमा पूर्वदेखि पश्चिम सबैतिर भूकम्पका केन्द्र बिन्दुहरू वितरित भएको देखिन्छ। यसो भए तापनि अधिकांश भूकम्पका केन्दहरू तीन छुट्टाछुट्टै पकेट क्षेत्रमा वितरित भएको देखिन्छ।

भूकम्पका केन्द्रबिन्दुहरूको संघनताले पृथ्वीको आन्तरिक र सतहको बनावट परिवर्तन गर्ने भए तापनि मानवीय क्षति र मानव निर्मित संरचनाहरूको क्षतिमा भने भूकम्पको तीव्रताले बढी प्रभाव पारेको हुन्छ। त्यसैले, कुन ठाउँमा कति संख्यामा भूकम्प गयोभन्दा पनि कति रेक्टर स्केलको भूकम्प भन्ने कुराले बढी महत्त्व राख्दछ। तर, धेरै भूकम्प गइरहने स्थानहरूमा कहिलेकाहीँ ठूला भूकम्प पनि जान सक्ने सम्भावनालाई भने नकार्न मिल्दैन।

नेपालमा भूकम्पका सबैभन्दा बढी केन्द्रहरू काठमाडौंभन्दा उत्तरपूर्वका जिल्लाहरू सिन्धुपाल्चोक (१८४), दोलखा (२०६) र संखुवासभा (१९) मा देखिन्छ। सिन्धुपाल्चोक र दोलखा बढी संख्या भूकम्पका केन्द्रबिन्दु भएका जिल्ला हुन् भने संखुवासभा बढी तीव्रताका भूकम्पका केन्द्रबिन्दु भएको जिल्ला हो।

काठमाडौंभन्दा उत्तर पश्चिमका जिल्ला नुवाकोट (४२), रसुवा (४८), धादिङ (५८) र गोरखा (५१) बढी संख्यामा भूकम्पका केन्द्रबिन्दु भएका जिल्ला हुन्।  ती चार जिल्लाहरूमध्ये गोरखा र धादिङ बढी तीव्रताका भूकम्पका केन्द्रबिन्दु भएका जिल्ला हुन्। यसरी काठमाडौं उपत्यका भूकम्पको जोखिममा देखिन्छ।

पश्चिम नेपालका पहाडी जिल्लाहरू जाजरकोट, रुकुमपूर्व, रुकुमपश्चिम र रोल्पा तुलनात्मक रुपमा मध्यम संख्यामा भूकम्पका केन्द्र भएका जिल्ला देखिन्छन्।  त्यसो भए तापनि त्यस क्षेत्रमा बढी तीव्रताका भूकम्पका केन्द्रबिन्दु रहेका छन्।

सुदूरपश्चिमका पहाडी र हिमाली जिल्ला बझाङ (७४), बाजुरा (६९) र हुम्ला (३४) भूकम्पबाट बढी जोखिममा रहेका जिल्ला हुन्। बझाङ र बाजुरा धेरै संख्यामा भूकम्पका केन्द्र भएका जिल्ला हुन् भने हुम्ला बढी तीव्रताको भूकम्पको केन्द्रबिन्दु भएको जिल्ला हो। यस जिल्लामा  नोभेम्बर २७, २००१ र डिसेम्बर ८, २००८ मा क्रमस ५.७ र ६.३ रेक्टर स्केलका भूकम्प गएको रेकर्ड छ।

भूकम्पबाट हुने क्षति न्यूनीकरण विधि

भूकम्प आफैंले मान्छे मार्दैन। तर, भूकम्पबाट आएका कम्पनका कारण मानिसले निर्माण गरी प्रयोगमा ल्याएका भौतिक संरचनाहरू एकाएक भत्किन गई त्यसबाट खसेका भग्नावशेषहरूको ठक्करबाट लागेका चोटपटकले मानिस घाइते हुनाको साथै मृत्यु पनि हुन सक्छ। त्यस्तै प्रक्रियाबाट २०७२ वैशाख १२ को गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु बनाएर आएको भूकम्पले नेपालमा झन्डै ९ हजार व्यक्तिको ज्यान जानुको साथै अर्बौ रुपैयाँ बराबरको मानव निर्मित संरचनाहरूमा क्षति भएको थियो।

• भूकम्प आउने समय र स्थान कुनै निश्चित हुँदैन। यो जुनसुकै बेला आउन सक्ने हुनाले विद्यालय तहबाटै यसबाट बच्ने उपायको बारेमा विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्न आवश्यक छ।

• स्थानीय तहमा समय समयमा स्थानीय स्वयंसेवकबाट सचेतनाका कार्यक्रमहरू निश्चित समयको अन्तरालमा नियमित गर्नु पर्दछ।

• घर-परिवार र कार्यालय तहमा नियमित प्रयोग हुने सामग्रीहरू, विशेषगरी अग्ला र बढी तौल भएका वस्तु, जुन खसेमा जीवनको लागि जोखिम निम्त्याउँछन्, तिनीहरू जस्तै: बुककेसहरू, फाइल क्याबिनेटहरू, भण्डारण सेल्फहरू, कम्प्युटरहरू, मनिटरहरू, टेलिभिजनहरू बलियो गरी राख्न वा टाँस्न गैर-संरचनात्मक न्यूनीकरणका उपायहरू अवलम्बन गर्नु पर्दछ।

• पालिकास्तरबाट भूकम्प निरोधक संरचनाहरू बनाउन निर्देशिका तयार पारी स्थानीय जनताहरूबीच जानाकारी गराउने, यस सम्बन्धित नीति नियम बनाउने र लागू गर्नाको साथै नियमित अनुगमन गर्ने।

• संघीय सरकारबाट भूकम्प सम्बन्धित सूचनाहरू नियमित प्रसारण गर्ने, नीति निर्माण गर्ने, त्यसलाई लागू गर्ने र भूकम्प गइसकेपछि पुन:निर्माणको काममा आवश्यक सहयोग गर्ने।

(चितवन भरतपुर, हाल अमेरिका)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

गोरखा,  तेह्र दिनमा तीनपटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुग्नुभएको छ । हाल आफू आधार शिविरमा रहेको र केही दिनमा पहिलो शिविरतर्फ जाने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो...

विपद् जोखिम न्यूनीकरण : तीन दिनभित्र स्रोत यकिन गरिने

काठमाडौँ,  प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रतिनिधिसभा सदस्यहरूले छलफलमा उठाएका विपद्सम्बन्धी विषयहरूको वर्गीकरण गरी तीन दिनभित्र जोखिमका आधारमा प्राथमिकीकरण गर्ने र चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न सकिने कामहरू असार १५ गतेभित्र सक्ने निर्णय भएको छ ।       प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी निकायका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४४, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४४, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४८, आलु रातो...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ

गण्डकी,  गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी ३० वर्षीय केदार परियारलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । हाडनाता जर्बजस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय पाएका परियारलाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरी कास्की कारागार कार्यालयमा बुझाइएको...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

महाकाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

कञ्चनपुर, जिल्लाको शुक्लाफाँटा नगरपालिका-७ जुडाका अन्दाजी ४५ वर्षीय प्रकाशबहादुर सिंह महाकाली नदीमा नुहाउने क्रममा आज बेपत्ता भएका छन् । छिमेकीको मलामी गएका सिंह नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । घटनापछि स्थानीय र सुरक्षाकर्मीले तत्काल खोजी कार्य सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्यको समझदारी

दोधारा चाँदनी (कञ्चनपुर),  तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि बुधबार त्रिपक्षीय समझदारी भएको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिनुभयो ।       उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगका...

स्वास्थ्य चौकी निर्माण हुँदै

गलकोट (बागलुङ), भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिकास्थित भीमगिठे स्वास्थ्य चौकी भवन निर्माण गरिँदै छ ।बडिगाड गाउँपालिका–७ स्थित चौकीको भवन बिहीबार शिलान्यास गरिएको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमारसिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो...

एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु

राँझा (बाँके),  जिल्लाको खजुरामा रु सात लाख राशिको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताका विजेताले नगद रु सात लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु चार लाखसहित...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९