सशस्त्रद्वारा साढे ४ करोडको सामान, १४३ सवारी साधन बरामद

रौतहट। सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा गण रौतहट र मातहतका युनिट हरुले साढे ४ करोड बढीको अबैध सामान सहित ओसार पसारमा प्रयोग गरिएको १४३ सवारी साधन बरामद गरेको छ।यस आर्थिक वर्षको गत साउन देखी यही बैशाख १३ गतेसम्म अबैध चोरी तस्करी नियन्त्रणमा  ४ करोड ५१ लाख ६५ हजार ७ सय चौरहत्तर बराबरको विभिन्न अबैध सामानहरु बरामद गरी राजश्व अनुसन्धान कार्यालय तथा भन्सार कार्यालयमा दाखिला गरिएको छ।

 

 

 

तस्करीको अवैध सामान ओसार पसारमा प्रयोग गरिएका तथा अवैध १४३ वटा सवारी साधन र बिभिन्न अपराधिक गतिबिधि तथा घटनामा संलग्न १८ जना ब्यक्तिलाई प्रकाउ गरि कारवाहीको दायरामा ल्याईएको छ। सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा रौतहटको १८ स्थापना दिवसको अवसरमाआयोजित बिशेष समारोहका बीच सशस्त्र प्रहरीका जिल्ला प्रमुख एसपी सन्तोष कुमार बस्नेतले बैशाख १३ गतेसम्म भएको उपलब्धिको प्रतिबेदन सार्वजनिक गरेका थिए। सोही अवधिमा भारतसँगको ३२ किलोमिटर लामो अन्तराष्ट्रिय सीमाको सुरक्षालाई थप व्यवस्थित बनाउन लागिपरेको उनले बताएका थिए।

 

सीमा क्षेत्रका शान्ती सुरक्षा प्रभावकारी बनाउन १३८ पटक संयुक्त सीमा गस्ती सञ्चालन गरिएको, ९ वटा स्थानमा दशगजा अतिक्रमण हटाईएको, सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत १ वटा सार्बजनिक शौचालयको निर्माण, ३ वटा चापाकल निर्माण र १ वटा सार्वजनिक चौतारा निर्माण कार्य सम्पन्न गरिएको एसपी बस्नेतले प्रतिवेदनमार्फत बताएका थिए।

 

 

 

लागु औषध सीमा अपराध जस्ता बिषयमा ११७ वटा सचेतनामुलक कक्षा संचालन गरिएको छ। विपद्जन्य घटनाहरुमा उद्दार, राहत तथा पुनस्थापना जस्ता कार्यमा अहोरात्र खटिदै आईरहेको छ । जिल्लामा बाढी तथा डुबान, आगलागी, सवारी दुर्घटना लगायतका १६६ वटा घटनाहरुमा ९१७ जना जनशक्ति परिचालन गरिएको उनले बताएका छन्।बर्षायामको समयमा घट्ने बाढीको डुबानका घटना तथा उद्धार सम्बन्धी विविध पक्षलाई समावेश गरी २ पटक संयुक्त कृत्रिम घटना अभ्यास संचालन गरिएको उनले बताएका छन्।

 

 

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनी बर्दिवासका निमित प्रमुख एसएसपी सूर्यबहादुर सेन ओलीले सशस्त्र प्रहरीको जन्म एक बिशेष अवस्थामा भएको हुनाले  हरेक दृष्टिकोणले बिशेष परिस्थितिको सामना गर्नुपर्ने बताए ।सशष्त्रको ब्यक्तिगत स्वार्थ र चाहना कहिल्यै पनि राष्ट्र मुलुकको आवश्यकता भन्दा माथी नहुने उनले बताएका थिए। रौतहटस्थित केही सशस्त्र बेस पतीले आफ्नो कर्तब्य बिर्सिएको जस्तो देखिएकाले बेला मै सचिन एसएसपी ओलीले सुझाव दिएका थिए।

 

बिगत १८ महिना एसपिको रुपमा काम गरिसकेको रौतहटमा एसएसपी बनेर प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्न पाएकोमा गर्व र खुसी दुवै महसुस भएको बताएका थिए। कार्यक्रमका विशिष्ठ अतिथी राजदेवी नगरपालिकाका मेयर भिखारी यादवले बोर्डर छेउमा सशस्त्र बेस बोर्डर आउट पोष्टहरु स्थापना देखी आपराधिक क्रियाकलापमा कमी आएको बताएका थिए। विगतमा रातिराति भारतीय डाँकाहरु सीमावर्ती गाउँहरुमा आउने गर्दथे, लुटपाटबाट जोगिन गाउँलेहरु रातभरी जाग्राम बस्नु पर्ने वाध्यता थियो। तर सशस्त्र प्रहरीको उपस्थितिबाट शान्ति सुरक्षा कायम भएको उनको भनाइ छ ।अवसरमा नेपाली सेनाका कर्णेल किशोर अधिकारी , नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंह, सशस्त्र प्रहरी सर्लाही र बाराका एसपी द्धय,बिभिन्न कार्यालयका प्रमुखहरु, संघ संस्थाका प्रमुखहरु, सीमावर्ती पालिकाका वडा अध्यक्षहरु, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।सोही अवसरमा प्रमुख अतिथि एसएसपी ओलीले रेडक्रस सोसाइटी रौतहटका सभापती राजकिशोर यादव, पूर्वाधार विकास कार्यालय गौरका प्रमुख धर्मेन्द्र कुमार मिश्र संगै वर्षभरिमा बिभिन्न बिधामा उत्कृष्ट सशस्त्र प्रहरीका ५४ जनालाई सम्मान गरेका थिए। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अन्तर्वार्ता : हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक

काठमाडौँ,  फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त हुनुहुन्छ । सन् १९५२ मा फ्रान्समा जन्मिनुभएका उहाँले सन् १९८० को दशकदेखि दक्षिण एसियामा विशेष गरी नेपालमा निरन्तर काम गर्दै आउनुभएको...

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रू एक हजार एक सय र चाँदी तोलामा रू २५ ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला रू दुई हजार...

चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित

बेइजिङ, चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ । यससँगै विश्वका दुई ठूला अर्थतन्त्रबीचको नाजुक व्यापार युद्धविराम आगामी वर्षसम्म कायम...

सहकारीको रकम हिनामिना गरेको आरोपमा सात जना पक्राउ

गण्डकी, कास्कीस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारी सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित सात जनालाई आज नियन्त्रणमा लिएको छ । अध्यक्ष गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणी दाहाल, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, बजार प्रमुख वेदीप्रसाद...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

आइसिसी विश्वकप क्रिकेट लिग–२ : युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौँ,  आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध एकदिवसीय शृङ्खालको अन्तिम खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।दुबईस्थित आइसिसी एकेडेमीमा भर्खरै भएको टसमा युएईका कप्तान आलिशान शराफुले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यसँसगै नेपालले पहिला ब्याटिङको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९