सशस्त्रद्वारा साढे ४ करोडको सामान, १४३ सवारी साधन बरामद

रौतहट। सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा गण रौतहट र मातहतका युनिट हरुले साढे ४ करोड बढीको अबैध सामान सहित ओसार पसारमा प्रयोग गरिएको १४३ सवारी साधन बरामद गरेको छ।यस आर्थिक वर्षको गत साउन देखी यही बैशाख १३ गतेसम्म अबैध चोरी तस्करी नियन्त्रणमा  ४ करोड ५१ लाख ६५ हजार ७ सय चौरहत्तर बराबरको विभिन्न अबैध सामानहरु बरामद गरी राजश्व अनुसन्धान कार्यालय तथा भन्सार कार्यालयमा दाखिला गरिएको छ।

 

 

 

तस्करीको अवैध सामान ओसार पसारमा प्रयोग गरिएका तथा अवैध १४३ वटा सवारी साधन र बिभिन्न अपराधिक गतिबिधि तथा घटनामा संलग्न १८ जना ब्यक्तिलाई प्रकाउ गरि कारवाहीको दायरामा ल्याईएको छ। सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा रौतहटको १८ स्थापना दिवसको अवसरमाआयोजित बिशेष समारोहका बीच सशस्त्र प्रहरीका जिल्ला प्रमुख एसपी सन्तोष कुमार बस्नेतले बैशाख १३ गतेसम्म भएको उपलब्धिको प्रतिबेदन सार्वजनिक गरेका थिए। सोही अवधिमा भारतसँगको ३२ किलोमिटर लामो अन्तराष्ट्रिय सीमाको सुरक्षालाई थप व्यवस्थित बनाउन लागिपरेको उनले बताएका थिए।

 

सीमा क्षेत्रका शान्ती सुरक्षा प्रभावकारी बनाउन १३८ पटक संयुक्त सीमा गस्ती सञ्चालन गरिएको, ९ वटा स्थानमा दशगजा अतिक्रमण हटाईएको, सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत १ वटा सार्बजनिक शौचालयको निर्माण, ३ वटा चापाकल निर्माण र १ वटा सार्वजनिक चौतारा निर्माण कार्य सम्पन्न गरिएको एसपी बस्नेतले प्रतिवेदनमार्फत बताएका थिए।

 

 

 

लागु औषध सीमा अपराध जस्ता बिषयमा ११७ वटा सचेतनामुलक कक्षा संचालन गरिएको छ। विपद्जन्य घटनाहरुमा उद्दार, राहत तथा पुनस्थापना जस्ता कार्यमा अहोरात्र खटिदै आईरहेको छ । जिल्लामा बाढी तथा डुबान, आगलागी, सवारी दुर्घटना लगायतका १६६ वटा घटनाहरुमा ९१७ जना जनशक्ति परिचालन गरिएको उनले बताएका छन्।बर्षायामको समयमा घट्ने बाढीको डुबानका घटना तथा उद्धार सम्बन्धी विविध पक्षलाई समावेश गरी २ पटक संयुक्त कृत्रिम घटना अभ्यास संचालन गरिएको उनले बताएका छन्।

 

 

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनी बर्दिवासका निमित प्रमुख एसएसपी सूर्यबहादुर सेन ओलीले सशस्त्र प्रहरीको जन्म एक बिशेष अवस्थामा भएको हुनाले  हरेक दृष्टिकोणले बिशेष परिस्थितिको सामना गर्नुपर्ने बताए ।सशष्त्रको ब्यक्तिगत स्वार्थ र चाहना कहिल्यै पनि राष्ट्र मुलुकको आवश्यकता भन्दा माथी नहुने उनले बताएका थिए। रौतहटस्थित केही सशस्त्र बेस पतीले आफ्नो कर्तब्य बिर्सिएको जस्तो देखिएकाले बेला मै सचिन एसएसपी ओलीले सुझाव दिएका थिए।

 

बिगत १८ महिना एसपिको रुपमा काम गरिसकेको रौतहटमा एसएसपी बनेर प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्न पाएकोमा गर्व र खुसी दुवै महसुस भएको बताएका थिए। कार्यक्रमका विशिष्ठ अतिथी राजदेवी नगरपालिकाका मेयर भिखारी यादवले बोर्डर छेउमा सशस्त्र बेस बोर्डर आउट पोष्टहरु स्थापना देखी आपराधिक क्रियाकलापमा कमी आएको बताएका थिए। विगतमा रातिराति भारतीय डाँकाहरु सीमावर्ती गाउँहरुमा आउने गर्दथे, लुटपाटबाट जोगिन गाउँलेहरु रातभरी जाग्राम बस्नु पर्ने वाध्यता थियो। तर सशस्त्र प्रहरीको उपस्थितिबाट शान्ति सुरक्षा कायम भएको उनको भनाइ छ ।अवसरमा नेपाली सेनाका कर्णेल किशोर अधिकारी , नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंह, सशस्त्र प्रहरी सर्लाही र बाराका एसपी द्धय,बिभिन्न कार्यालयका प्रमुखहरु, संघ संस्थाका प्रमुखहरु, सीमावर्ती पालिकाका वडा अध्यक्षहरु, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।सोही अवसरमा प्रमुख अतिथि एसएसपी ओलीले रेडक्रस सोसाइटी रौतहटका सभापती राजकिशोर यादव, पूर्वाधार विकास कार्यालय गौरका प्रमुख धर्मेन्द्र कुमार मिश्र संगै वर्षभरिमा बिभिन्न बिधामा उत्कृष्ट सशस्त्र प्रहरीका ५४ जनालाई सम्मान गरेका थिए। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ,  गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् । यस अवधिमा चार सय ७९ जनाको निधन भएको छ भने...

डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

दमौली (तनहुँ),  तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले  अर्थमन्त्री बन्नुभएको छ । रास्वपा सभापति रवि लामिछानेले निर्वाचनअगावै डा वाग्लेलाई अर्थमन्त्रीको जिम्मेवारी बनाइने अभिव्यक्ति दिनुभएको थियो । आफ्नो क्षेत्रबाट निर्वाचित सांसंद देशको महत्तुवपूर्ण...

चैत्र शुक्ल नवमी: देशभरका राम मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ,  रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ ।प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका– ९ आरुबारीस्थित राम मन्दिर, डिल्लीबजारस्थित राममन्दिर, राजधानी...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

टिप्परको ठक्करबाट एक जनाको मृत्यु

घोराही (दाङ),  टिप्परको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही–१३ भ्युडरकी ५२ वर्षीया जुठी पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो । आज बिहान सिमेन्ट उद्योगको चुन ढुङ्गा बोकेर घोराहीतर्फ जाँदै गरेको रा१प १२९३ नम्बरको टिप्परले...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षासँगै रोजगारी जोड्दै कञ्चनपुरको कृष्ण वैजनाथ क्याम्पस

कञ्चनपुर,  उच्च शिक्षाका लागि टाढाका सहर धाउनुपर्ने बाध्यता झेल्दै आएका यहाँको शुक्लाफाँटा र कृष्णपुर क्षेत्रका विद्यार्थीका लागि कृष्ण वैजनाथ बहुमुखी क्याम्पस अहिले भरपर्दो शैक्षिक गन्तव्य मात्र नभई ‘करियर’ निर्माणको मुख्य थलोका रूपमा स्थापित हुँदै गएको छ ।ग्रामीण क्षेत्रमै स्नातक र स्नातकोत्तर तहसम्म अध्ययनको अवसर...

पुगेन आँखा उपचारको सहज पहुँच, भएन सचेतना

काठमाडौं  विगत एक वर्षमा ४ लाख भन्दाबढी आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको छ । नेपाल नेत्रज्योति संघको सञ्जालभित्र आवद्ध २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्र तथा बिभिन्न बाह्य कार्यक्रमहरु मार्फत ४ लाख ५४ हजार ९ सय ४२ जना आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको...

प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज (पर्सा), प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।वीरगञ्जको नारायणी रङ्गशालामा भएको उक्त खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो । सुरुआती चरणमा ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३ दशमलव २ ओभरमा सबै विकेट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९