एकता नगर शिविरका मुक्त कमैया : कहिलेसम्म असुरक्षित र बेवास्ताको जीवन ?

लम्की । कैलाली जिल्लाको सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारमै रहेको छ—मुक्त कमैयाहरू बसोबास गर्ने एकता नगर शिविर । लम्की बजारको नजिकै रहेको यो शिविर तत्कालीन सात राजनीतिक दलहरूको सहमतिमा १५ वर्षअघि बनाइएको थियो । मुक्त कमैयाहरूको व्यवस्थापनका लागि । तर, दशकौं बितिसक्दा पनि एकता नगरका नागरिकहरू अझै पनि असुरक्षित र बेवास्ताको जीवन बाँच्न बाध्य छन् ।

 

शिविरका झण्डै १ सय २० घरधुरीमध्ये अधिकांशको दैनिकी ज्याला मजदुरीमै सीमित छ । बिहानै उठेर पेट पाल्ने संघर्षमा निस्कने र साँझ थकित शरीर बोकेर घर फर्किने चक्र उनीहरूको नियति बनेको छ । तर श्रमको थकान मेट्ने न्यानो ओछ्यान र निश्चिन्त निद्रा उनीहरूको जीवनबाट हराइसकेको छ । हावाहुरीको त्रासले रात उनीहरूका लागि सुत्ने समय होइन, भाग्ने र बाँच्छु कि मर्छु भन्ने भयमा बिताउने घडी बनेको छ ।

 

२०७९ सालमा सुमैयालाल चौधरीको घरमा साझको समयमा रूखको हाँगा खसेपछि, उनको घरको छाना मात्र हैन, खुट्टासमेत च्यापियो । महिनौं थलिएका उनले बेदना मात्र होइन, बेवास्ताको पीडा पनि भोगे । हावाहुरी चल्ने बित्तिकै शिविरभरि त्राहिमाम् मच्चिन्छ, ‘कतिबेला रूख खस्ने हो, कतिबेला ज्यान जान्छ ?’ भन्ने अनिश्चयले सबैको रातको निन्द्रा हराएको छ ।

 

२८ वर्षिया निर्मला चौधरी भन्छन्, ‘हावाहुरी चल्ने वित्तिकै अरुको घरमा जानुपर्छ । अरूको घरमा जस्तो हुँदैन् ।’ उनी थप्छन्, ‘सुताउने त केटाकेटीलाई मात्र हो, हामी भने मनमा चिन्ता र क्रासँगै भित्तामा टाँसिएर बस्ने हो ।’

 

हुरी आएको रातको अनिद्रो सुत्न नपाएको पीडा मात्र होइन, त्यसले अर्को दिनको काम पनि हर्ज गराउँछ । ४५ वर्षीय मिना चौधरीको भनाइले त्यसको गहिरो चोटलाई अझ स्पष्ट पार्छ ‘रातभर केटाकेटीलाई कोखमा च्यापेर बस्नुपर्छ । अनिदो भइन्छ । अनि अर्को दिन कसरी काम गर्न जाने?”

 

एकता नगर शिविरको जीवनमा सधैं त्रास, पीडा र संघर्ष सँगसँगै बाँचेको छ । सुकेको रूख ढल्ने डर त सतत थियो नै, तर सुरुका ती कठिन दिनहरूमा जंगलको बीचमा बस्दा उनीहरूलाई ज्यानैको डरले सतायो । कहिले हात्ती आयो र मेहनतले बनाएका झुपडी भत्काइदियो, कहिले निलगाई आएर बारीभरि लगाएको तरकारी सखाप पारिदियो ।

 

५२ वर्षीय एकता नगर शिविरका बड्घर मैतु चौधरी आज पनि ती कष्टपूर्ण दिनहरू सम्झँदा गह भर्दै आएका आँसु रोक्न सक्दैनन् । उनी बिस्तारै ती भयावह क्षणमा फर्किन्छन् र भन्छन्, ‘नागपञ्चमीको दिन थियो, ज्यालामजदुरीको कमाइले केही मिठो मसिनो जोहो गरेको थियौं । सिंगो परिवार खुसीसाथ बाँडीचुडी खाइरहेका थियौं । त्यो पल एक दुर्लभ रमाइलो थियो हाम्रो जीवनमा ।’ उनी थप्छन्, ‘अचानक हात्तीको बथान आयो । सबै जना आआफ्नो ज्यान जोगाउन भागाभाग गर्न थाल्यौं,’ उनले भावुक हुँदै सम्झिए । ‘खाना खाइरहेका परिवारका सदस्य तितरवितर भए । हात्तीले पकाएको खाना कुल्च्यो, अनि घर भत्काउन थाल्यो । हाम्रो त्यो सानो खुशीको महल, आखै अगाडि गल्र्यागुलुम ढल्यो ।’

 

यस्ता अनगिन्ती घटनाले एकता शिविरमा बसोबास गर्नेहरूमाथि एउटा निरन्तर असुरक्षाको छायाँ छरिरहेकै छ, जसको अन्त्य कहिले होला भन्ने प्रश्न अझै अनुत्तरित छ । किन भने रूख कटानको आदेश आउने हो की बस्ती नै सार्नु पर्ने हो यकिन कुरा डिभिजन वन कार्यालय पहलमानपुरलाई समेत थाहा छैन् ।

 

 

‘एकता नगर शिविरलाई यस वन कार्यालयले अतिक्रमित बसोबास गरेको रुपमा चिन्दछ । जसका कारण त्यहाँ बाटोका रूख बाहेक अरू रूख हटाउने कुरा सजिलो भने छैन् ।,’ डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेल भन्छन्, ‘अतिक्रमित गरिएको क्षेत्रमा रूख हटाउन थालियो भने वन ‘अतिक्रमणलाई प्रोत्साहन’ गरिएको रुपमा देखिन जान्छ । त्यस्तै बस्ती बसेको छ, हटाउने कसरी ? भन्ने पनि छ । मानवीयताका आधारमा रूख हटाउने पर्ने हो तर, प्रयाप्त कानुनी आधारको कमीका कारण रूख हटाउने कुरा पनि जटिल नै छ ।’ यद्यपी एकता नगरको शिविरको रूख सम्बन्धमा कुनै प्रावधान आउने सक्नेमा संकेत गर्दै आफू एकता नगर शिविरको अवलोकनमा आउने जानकारी समेत डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेल दिए ।

 

यता मुक्त कमैयाको पुनः स्थापनाका लागि आन्दोलन गर्दै आएका अगुवा पशुपति चौधरी भने रूख कसरी हटाउने, कसरी शिविरका बस्तीलाई सुरक्षित गर्ने जिम्मा राज्यले लिनु पर्ने बताउँछन् ।

 

‘हिजो जे सहमतिका आधारमा हामीलाई विभिन्न शिविरमा राखेर व्यस्थापन गरिएको थियो । त्यसै सहमतिमा रहेर हाम्रो व्यवस्थापन हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ अगुवा पशुपति चौधरीले भने, ‘जनता रूखमुनी जोखीमपूर्ण तरिकाले बसेको राज्यले अनुभूति राज्यले गर्नुपर्ने हो । सबै समस्याको सामाधान राज्यले गर्नु पर्ने हो ।’

 

राज्यले नचिनेको र वेवास्ता गरेको बुझाई एकता शिविरको छ । ‘चुनाव आयो भने यहाँ नेताको लर्को लाग्छ । रूख काट्ने आदेश भोली नै ल्याउला जस्तो गर्ने आश्वान दिन्छन् ।’ शिविरका बड्घर मैतु चौधरी भन्छन्, ‘जब उनीहरू चुनाव जितेर जान्छन्, चिन्नै छोड्छन् । गाह्रो साह्रो पर्दा गरेको फाने समेत उठाउँदैन् । हामीलाई वेवास्ता गरेको महसुस हुन्छ ।

 

त्यस्तै नेपाली कांग्रेसका नेता भक्त बहादुर थापा जोखिमपूर्ण रुपमा एकता शिविरमा बसोबास गरेका नागरिकको सम्पूर्ण जिम्मेवारी लिनु पर्ने बताउँछन् ।

 

नेकपा एमाले जिल्ला कमिटी सदस्य बखत बहादुर बिष्ट एकता शिविरका नागरिक पनि नेपाली नागरिक भएका कारण उनीहरूलाई नेपाली नागरिक सरह व्यहार गर्नु पर्ने तर्क गर्छन् ।

२०५७ साल साउन २ गते सरकारले कमैया मुक्ति घोषणा गर्यो । दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका मुक्त कमैयाहरूको पुनःस्थापनाका लागि सरकारले ०६५ मा ‘मुक्त कमैया पुनःस्थापना समस्या समाधान आयोग’ गठन ग¥यो । त्यही अनुसार विभिन्न राजनीतिक दल—नेकपा (माओवादी), नेपाली कांग्रेस, एमाले, मधेशी मोर्चा लगायतका प्रतिनिधिहरू सम्मिलित ‘जिल्ला पुनःस्थापना समिति’ गठन गरियो । समितिले कैलालीका मुक्त कमैयाहरूलाई विभिन्न शिविरमा व्यवस्थापन ग¥यो । तीमध्ये लम्कीचुहा–४ स्थित कौवापुर शिविरमा पनि केही परिवारलाई राखियो । तर त्यहाँको बसाइ असहज भएपछि केही परिवार लम्की बजारको पूर्वपट्टि रहेको जंगलतर्फ सरे । उनीहरूकै बसोबासबाट सुरु भएको त्यो ठाउँ आजको ‘एकता नगर शिविर’ हो ।

 

नेपालको संविधानको–२०७२, को भाग–४ राज्यका सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीतिमा मुक्त कमैया, कम्लहरी, हरवा, चरवा, हलिया, भूमिहीन, सुकुम्बासीहरूको पहिचान गरी बसोवासका लागि घर घडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमीन वा रोजगारीको व्यवस्था गर्दै पुनःस्थापन उल्लेख छ । राज्यको नजर र कार्यान्वयनको भरमा आशा गर्दै बस्न बाध्य यी नागरिकका कथा मात्र हैनन्, प्रश्न हुन् जुन उत्तर पाउनु लोकतान्त्रिक व्यवस्थामा उनीहरूको अधिकार पनि हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दुई फरार कैदीबन्दी पक्राउ

काठमाडौँ, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट फरार भएका दुई जनालाई पक्राउ गरेको छ । मानव बेचबिखन र अपहरण शरीर बन्धक डाका र सङ्गठित अपराध मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका काठमाडौँ...

सामुदायिक रेडियोलाई टिकाराइराख्न समस्या भयो : अकोराब

चितवन, सूचना र जानकारी समुदायमा पु¥याउन सशक्त माध्यम बनेको सामुदायिक रेडियो पछिल्लो समय संकटमा परेका छन् । यस्ता रेडियोको तीन दशकका यात्रामा टिकाइराख्न चरम आर्थिक संकट भएपछि कतिपय त बन्द समेत भएका छन् ।   सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अनुसार सङ्घमा आवद्ध ३८७ रेडियोमध्ये...

पाँचखपनका थापा बढी धान उत्पादन गर्ने किसानका रूपमा सम्मानित

खाँदबारी (सङ्खुवासभा),  सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ का किसान भीमकुमार थापालाई धान उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल गरेबापत सम्मान गरिएको छ । चालु आर्थिक वर्षमा ६० मुरीभन्दा बढी धान उत्पादन गर्न सफल हुनुभएका उहाँलाई नगरपालिकाभित्र सबैभन्दा बढी उत्पादन गर्ने किसानका रूपमा सम्मान गरिएको हो ।   आज यहाँ आयोजित...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौँ, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ ।   आसन्न निर्वाचनलाई मध्यनजर गरी नेपाल प्रहरीले जनशक्ति परिचालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको छ । निर्वाचन...

प्राकृतिक विपत्तितर्फको बीमा भुक्तानी ११ करोड १५ लाख

काठमाडौँ,  अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्म रु ११ करोड १५ लाखबराबरको बीमा रकम भुक्तानी भएको छ । बीमा प्राधिकरणका अनुसार गत असोज १८ गतेयताको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

उनान्तीस विद्यालयले राखे नेपालीपन झल्किने नाम

काठमाडौँ, यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै कामपाले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कनेगरी नाम परिवर्तन गरेका कामपा शिक्षा विभागले जानकारी दिएको छ ।   हाल कामपाभित्र आधारभूत विद्यालय २६, माध्यमिक...

तनहुँको थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु

दमौली (तनहुँ),जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आज आँखा उपचार केन्द्रको उद्घाटन गर्दै यहाँका नागरिकले स्थानीयस्तरमा प्रभावकारी सेवा लिन सक्ने बताउनुभयो ।   योसँगै यस क्षेत्रका सर्वसाधारणलाई आँखा उपचारका लागि दमौली...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९