मजदुर दिवस विषेश, समान कामको असमान ज्यालाः महिलाको श्रम अझै पनि सस्तो 

लम्की । २५ शैय्या अस्पताल सञ्चालन गर्ने उदेश्यले लम्कीचुहा नगरपालिकाले निर्माण गरिरहेको भवन निर्माण स्थलमा बिहानैदेखि खटिएकी छन्, सुशीला डगौरा । चिनाईको काम चलिरहेकाले उनको हात खाली छैन । कपडाले बेरिएको मुख, र चर्को गर्मीमा पसिना पुछ्दै पलास्टरका लागि बालुवा–सिमेन्ट झिकिरहेकी छिन् । चर्किलो घाममा पनि झट्ट हेर्दा नदेखिने चोटहरूसँगै बसेको मौनताका साथ असिन पनि हुँदै कडा शाररिक श्रम गरिरहेकी छन् । छेउमै टेटराम चौधरी पनि उस्तै काममा व्यस्त छन् । तर फरक यत्ति हो रामबहादुरको दैनिक ज्याला ७ सय रुपैयाँ छ, जबकि सुशीलाई ४ सय ५० रुपैयाँ मात्र दिइन्छ । काम एउटै, समय बराबर, श्रम उस्तै तर ज्यालामा भने आकाश–पातालको फरक ।

 

त्यस्तै लम्कीचुहा–५ की ३६ वर्षिय रमिता डगौरा बघौराको एक घरको निर्माण कामको गरिहेकी छन् । उनी जस्तै काम गर्ने पुरुष कामदारलाई ठेकेदारले ७ सय दिदा रमिता डगौराले भने ५ सय मात्र पाउँछन् ।

 

यो कुनै सुशीला र रमिताको मात्र कुरा होइन । मजदुर दिवसको १३६ औँ संस्करण मनाइँदै गर्दा पनि देशभरका महिला श्रमिकहरू ‘समान कामको असमान ज्याला’ को चक्रबाट मुक्त हुन सकेका छैनन् । राष्ट्रिय जनगणना, २०७८ अनुसार लम्कीचुहामा १२,५१९ कामदार छन्, जसमा ४,६९९ महिला छन् । तर, धेरैजसो महिलालाई यो थाहा छैन कि कम ज्याला पाउनु उनीहरूको अधिकारमाथिको ठाडो उल्लंघन हो ।

 

सबैभन्दा चिन्ताको कुरा के हो भने, धेरै महिला श्रमिकहरूलाई किन कम ज्याला दिइन्छ भन्ने थाहा नै छैन । उनीहरूले कम ज्याला पाउनु अन्याय हो भन्ने नै महसुस गर्न पाएका छैनन् ।

रमिता चौधरी भन्छिन्, ‘काम त हामीले पनि उस्तै गर्छौं, उनीहरूले पनि । खै, हिसाब गर्दा ठेकेदारले हामीलाई ५ सयका दरले गर्छ, उनीहरूलाई ७ सयका दरले । यस्तै त होला ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल समान प्रकृतिको कामको समान ज्याला पाउनुका साथै, महिलाले थप सेवा सुविधा पाउनु पर्ने बताउँछन् ।

 

‘समान प्रकृतिको काममा समान ज्याला पाउनु पर्छ । यो कानुनमै उल्लेख छ । ज्याला विभेद गर्न पाईदैन् ।’ प्रमुख जिल्ला अधिकारी हमाल भन्छन्, ‘महिलालाई घरयासी कामको बोझ हुने भएकाले झ्न महिलाहरूलाई थप सेवा सुविधा दिनुपर्छ ।

 

प्रमुख जिल्ला अधिकारीले भने जस्तै श्रम ऐन, २०७४ अनुसार ‘समान कामका लागि समान ज्याला’ दिनु अनिवार्य छ । उक्त ऐनको दफा ७ मा लिङ्गको आधारमा श्रमिकबीच समान मूल्यको काम (इक्वयल भ्यालु अफ वर्क) को लागि पारिश्रमिकमा भेदभाव गर्न हुँदैन भन्दै समान कामको लागि पारिश्रमिकमा भेदभाव गर्न नहुने स्पष्ट उल्लेख गरेको छ । तर व्यवहारमा नीति कागजमा सीमित देखिन्छ ।

 

 

समान कामको लागि समान ज्यालाको कानूनी प्रावधान स्पष्ट रूपमा समावेश गरिएको छ, तर व्यवहारमा यसको कार्यान्वयनमा ठूलो अन्तर देखिन्छ । श्रमको उचित मूल्य निर्धारण गर्न सक्रिय कदम उठाउनु अपरिहार्य छ । धेरै किसिमका विभेद रहेका सुशीला र रमिता जस्ता महिलालाई समान कामको असामान ज्यालाको विभेद कहिलेसम्म सहनुपर्ने त्यो भने थाहा छैन् । समानताकोे नारा भने कागजबाट सडकसम्म अब आउनैपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९