युक्रेन खनिजका भण्डार रूसकाे कब्जा क्षेत्रमा, अझै सहज छैन अमेरिकालाइ

काठमाडौं। अमेरिका र युक्रेन बिचमा युद्धग्रस्त क्षेत्रका केही प्राकृतिक स्रोतहरूमा वाशिंगटनलाई पहुँच दिने सम्झौतामा हस्ताक्षर गरेका छन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच फेब्रुअरीमा भएको चर्को बहसपछिको दुइ महिना पछि खनिज सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

 

रुसविरुद्धको युद्धमा अमेरिकाले युक्रेनलाई ३५० अर्ब डलर सहयोग गरेको थियो । बदलामा ट्रम्पले युक्रेनलाई दुर्लभ खनिज उपलब्ध गराउन माग गरिरहेका थिए ।जेलेन्स्की खनिज सम्झौतामा हस्ताक्षर गर्न फेब्रुअरीको अन्त्यमा अमेरिका गएका थिए। तर, ह्वाइट हाउसमा युद्धविरामलाई लिएर दुवैबीच चर्को बहस भएको थियो । यसपछि जेलेन्स्की सम्झौतामा हस्ताक्षर नगरी अमेरिकाबाट फर्किएका थिए । तर, अब यो सम्झौता पूरा भएसँगै अमेरिकाले युक्रेनबाट दुर्लभ खनिज प्राप्त गर्ने बाटो खुलेको छ।

 

युक्रेनमा १०० भन्दा बढी दुर्लभ खनिजको भण्डार रहेको छ। तीमध्ये २० वटा यस्ता भण्डार छन्, जसलाई अमेरिकी भूगर्भ सर्वेक्षणले अमेरिकाको आर्थिक वृद्धि र सुरक्षाका लागि अत्यन्तै महत्वपूर्ण मानेको छ । युक्रेनमा अवस्थित केही प्रमुख खनिजहरू यस्ता छन् ।

 

 

टाइटेनियमः यो चाँदी जस्तो देखिने सामग्री चट्टानको टुक्राको रूपमा भूमिगत पाइन्छ। टाइटेनियम फलाम भन्दा ५० प्रतिशत हल्का र स्टील भन्दा ५६ प्रतिशत हल्का छ तर दुवै धातु भन्दा धेरै गुणा बलियो छ। टाइटेनियम पग्लन २ हजार डिग्री सेल्सियसको तापक्रम चाहिन्छ। यसको मतलब यो अधिक गर्मी सहन सक्छ। त्यसकारण यो विमान देखि पावर स्टेशनहरू सबैमा प्रयोग गरिन्छ। रूस–युक्रेन युद्ध सुरु हुनु अघि युक्रेनले विश्वव्यापी टाइटेनियम उत्पादनको ७ प्रतिशत हिस्सा ओगटथ्यो ।

 

 

लिथियमः ज्वालामुखी चट्टानका मुहानहरूमा पाइने लिथियम हल्का सेतो रंगको हुन्छ। यो संसारको सबैभन्दा हल्का धातु हो। लिथियमलाई खुला हावामा राखिँदैन किनभने यो अक्सिजनको सम्पर्कमा आउँदा तुरुन्तै आगो लगाउँछ। यस कारणले गर्दा लिथियमलाई तेलमा डुबाइन्छ। लिथियमलाई चक्कुले पनि काट्न सकिन्छ किनकि यो धेरै नरम हुन्छ। यसलाई विद्युतीय ब्याट्री बनाउन प्रयोग गरिन्छ। युक्रेनले युरोपको कुल लिथियम भण्डारको ३३ प्रतिशत हिस्सा ओगटेको छ।

 

 

यूरेनियमः  यो एक रेडियोधर्मी धातु हो, जुन चट्टानमा पाइन्छ। परमाणु बम बनाउन प्रयोग हुने भएकाले युरेनियमलाई विश्वको सबैभन्दा खतरनाक धातु पनि भनिन्छ। विश्वको कुल युरेनियमको २ प्रतिशत युक्रेनमा पाइन्छ।

 

 

 

दुर्लभ खनिजहरूः यो १७ खनिजहरूको समूह हो, जुन उपभोक्ता इलेक्ट्रोनिक्स देखि सैन्य उपकरणहरूमा सबै चीजहरूमा प्रयोग गरिन्छ। यसमा सेरियम, डिस्प्रोसियम, एर्बियम, युरोपियम, ग्याडोलिनियम, होल्मियम, ल्यान्थेनम, ल्युटेटियम, नियोडियम, प्रासियोडियम, प्रोमेथियम, समेरियम, स्क्यान्डियम, टेर्बियम, थुलियम, यटरबियम र इराडियम समावेश छ। यसबाहेक युक्रेनमा ग्रेफाइटको ठूलो भण्डार पनि छ, जुन विद्युतीय सवारी साधन बनाउन प्रयोग गरिन्छ।

 

 

दुर्लभ खनिजबाट अमेरिकाले कसरी अर्बौं डलर कमाउँछ ःट्रम्पले युक्रेनको दुर्लभ खनिजको ५० प्रतिशतभन्दा बढी लिने प्रस्ताव गरेका छन्। यसमा ग्रेफाइट, युरेनियम, टाइटेनियम, लिथियमलगायत धेरै बहुमूल्य र दुर्लभ खनिजहरू समावेश छन्। तिनीहरू टेस्ला कारहरूदेखि स्पेस एक्स रकेटहरू, होइट्जर तोपदेखि मोबाइल चिप्ससम्म सबै चीजहरूमा प्रयोग गरिन्छ।

 

 

फ्लिन्डर्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका वरिष्ठ लेक्चरर जेसिका गेनाउरले एबीसी न्यूजलाई बताइन् कि युक्रेनको दुर्लभ खनिजहरू ट्रम्पको केन्द्रबिन्दुमा रहेको छ किनभने उनले अमेरिकी सुरक्षा र उद्योगलाई बढावा दिन खोजिरहेका छन्। ट्रम्प यी खनिजहरूको सहयोगमा चीनलाई कडा प्रतिस्पर्धा दिन चाहन्छन्।

 

 

युक्रेनसँग दुर्लभ सामग्रीको धेरै महत्त्वपूर्ण भण्डारहरू छन्। यद्यपि, युद्ध पछि, यी मध्ये धेरै क्षेत्रहरू रूसको कब्जामा छन् । युक्रेनको लुहान्स्क, डोनेस्क, जापोरिजिया र खेरसन हाल रुसको कब्जामा छन्। यी प्रान्तहरूमा युक्रेनको कुल खनिज भण्डारको ५३ प्रतिशत हिस्सा ओगटछ, जसको मूल्य ६ ट्रिलियन पाउण्ड अनुमान गरिएको छ तर जुन क्षेत्रमा खनिज रहेको त्यो क्षेत्र भने सेप्टेम्बर २०२२ देखि पुटिनको कब्जामा छ।

 

 

फेब्रुअरी २५ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासँग दुर्लभ खनिजको सम्झौता गर्ने इच्छा व्यक्त गरेका थिए । पुटिनले दुर्लभ खनिजका लागि अमेरिकासँग काम गर्न तयार रहेको बताएका थिए । यसमा रुसले युक्रेनबाट कब्जा गरेको जमिन पनि समावेश छ ।

 

 

ट्रम्पले यसबारे एक बयान दिएका थिए, ‘म रूसबाट खनिज किन्न चाहन्छु। रूससँग दुर्लभ धातुहरूको राम्रो भण्डार छ। त्यहाँ तेल र ग्यास पनि ठूलो मात्रामा छ। यो रूसको लागि राम्रो कुरा हो, किनकि हामी यसमा सम्झौता गर्न सक्छौं।’

 

विश्वमा दुर्लभ खनिजको आपूर्तिमा चीनको नियन्त्रण छ। पछिल्ला केही दशकहरूमा, चीन दुर्लभ खनिजहरूको उत्खनन र प्रशोधन गर्ने हिसाबले सबैभन्दा ठूलो देश बनेको छ। खानी प्रविधि प्रतिवेदनका अनुसार विश्वका दुर्लभ खनिजमध्ये ६० प्रतिशतदेखि ७० प्रतिशत चीनले उत्पादन गर्छ भने ९० प्रतिशत दुर्लभ खनिज चीनमा प्रशोधन गरिन्छ।

 

 

सन २०२३ मा अमेरिकी भूगर्भ सर्वेक्षण रिपोर्ट अनुसार २०१९ देखि २०२१ सम्म अमेरिकाले ७४ प्रतिशत दुर्लभ खनिजहरू चीनबाट आयात गरेको थियो। यसबाहेक ५३ प्रतिशत ग्यालियम र ३३ प्रतिशत ग्रेफाइटसहित ९ अन्य खनिज पनि आयात गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९