रौतहटमा पहिलाे पटक नागरिक अभिनन्दनसहित एसपी घिमिरेकाे बिदाई

रौतहट। रौतहट प्रहरी प्रमुख  एसपी दिलीप घिमिरेलाई जिल्लावासी नागरिकद्वारा सम्मान सहित बिदाई गरिएको छ। उनको १३ महिने रौतहटको कार्यकालमा चौतर्फी उपलब्धि देखिएको छ । कार्यकाल सकेर रवाना हुनु अघी एसपी दिलिप घिमिरेलाई नागरिकले अभिनन्दनसहित सम्मान गरेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा आयोजित विदाई कार्यक्रममा स्वस्फूर्त रुपमा गाँउ गाँउबाट आएका सैयौं महिला पुरुषहरुले एसपी घिमिरेलाई अभिनन्दन सम्मान गर्दै उनको खुलेरै सराहना गरेका थिए। आफ्नो कार्यकालमा शून्य सहनशीलताको नीति लिएर गरेको सेवाले उनी जिल्लाबासीको मन जित्न सफल भएका हुन्।

 

 

जिल्लाको ईतिहासमा लामो समय पछि रवाना लिएर जाने समयमा एसपीलाई नागरिकबाट सम्मान गरिएको हो। पछिल्ला वर्षहरूमा जिल्ला प्रहरी प्रमुखको रूपमा आउने एसपीलाई आउने समय जिल्ला बासीले सम्मान गर्ने र जाने समयमा कर्मचारी मिलन केन्द्रमा सामान्य कार्यक्रमको आयोजना गरी बिदाई गर्ने परम्परा बनेको थियो।तर एसपी घिमिरेको कुशल नेतृत्व र सौहार्दपूर्ण ब्यवहारले बिभिन्न पालिकाबाट गएका महिला पुरुषले उनलाई टिका, माला र खाँदा लगाएर सम्मान गर्दै उनको खुलेरै प्रशंसा गरेका थिए।

बिगतमा जिल्ला प्रहरी प्रमुखहरूले सादा पोसाकमा घुमुवा राखेर आर्थिक लाभ लिनेगरेको चर्चा चलिरहेको बेला उनको कार्यकाल बिना घुमुवाको सकिएको छ। कार्यालय समय देखी बिहान बेलुका एसपी घिमिरे स्वयं फिल्डमा खटेर सर्वसाधारणको समस्या सुनेर समाधानको प्रयास गरेका थिए। कुनै कसैको समस्या भन्न नेता तथा जनप्रतिनिधि अथवा सिफारिस गर्ने कोही चाहिँदैन म स्वयं जनताको सेवक हूँ उनको धारणा रहेको थियो। त्यही नीतिको कारण जिल्लाको सबै क्षेत्रमा एसपी घिमिरे सफल हुनुका साथै उनको कार्यकालमा चौतर्फी उपलब्धि देखिएको छ।

 

 

उनको सुक्षम अनुसन्धानले जिल्लामा भएको जघन्य तथा आपराधिक घटनामा संलग्न आरोपीहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन  सफल भएका थिए।४१ बर्षदेखिको सांप्रदायिक विवादको टुंगो
जिल्लाको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको ईशनाथ नगरपालिका–६ खाप घिउरा टोलमा ४१ बर्ष देखिको हिन्दू मुस्लिम बिच सम्प्रदायिक विवादको अन्त गरिएको छ।

 

 

खाप घिउरामा प्रत्येक बर्ष श्रावन महिना लाग्ने महाविरी मेलाको झण्डा घुमाउन  र माघ महिनामा हुने सरस्वती पुजाको मुर्ती सेलाउन हिन्दु समुदायको मानिसहरु मुस्लिम टोल हुदै गाँउ परिक्रमा गर्ने क्रममा साम्प्रदायिक बिवाद हुँदै आएको थियो।

 

 

मुस्लिम समुदायका मानिसहरुले मुस्लिम बस्ती हुदै उक्त मुर्ती र झण्डा लैजान नपाउने भनि विगत बर्षौ देखि  बाटो अवरोध गर्दा हिन्दु र मुस्लिम बिच सम्प्रदायिक हिंसा  हुदै आई रहेको थियो । अघिल्लो वर्षमात्रै त्यही बिषयमा बिवाद हुँदा कैयौ दिनसम्म कर्फ्यू लगाइएको थियो भन्ने प्रदेशभरीको सुरक्षा अधिकारीहरु केन्द्रित भएका थिए।

 

 

 

तर  एसपी घिमिरेसहित जिल्लाका सुरक्षा अधिकारीको प्रयासले हिन्दु र मुस्लिमको मानिसहरु मेलमिलाप गराई २०८१ सालको महाविरी मेलाको झण्डा घुमाउन  र सरस्वती पुजाको मुर्ती सेलाउन हिन्दु  समुदायको मानिसहरु एक आपसी सद्भाव कायम गरी बाजागाजा सहित हर्षोलासका साथ मुस्लिम टोल हुदै गाँउ परिक्रमा गरी झण्डा घुमाउन र मुर्ति बिसर्जन गर्न सफल भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९