रौतहटमा पहिलाे पटक नागरिक अभिनन्दनसहित एसपी घिमिरेकाे बिदाई

रौतहट। रौतहट प्रहरी प्रमुख  एसपी दिलीप घिमिरेलाई जिल्लावासी नागरिकद्वारा सम्मान सहित बिदाई गरिएको छ। उनको १३ महिने रौतहटको कार्यकालमा चौतर्फी उपलब्धि देखिएको छ । कार्यकाल सकेर रवाना हुनु अघी एसपी दिलिप घिमिरेलाई नागरिकले अभिनन्दनसहित सम्मान गरेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा आयोजित विदाई कार्यक्रममा स्वस्फूर्त रुपमा गाँउ गाँउबाट आएका सैयौं महिला पुरुषहरुले एसपी घिमिरेलाई अभिनन्दन सम्मान गर्दै उनको खुलेरै सराहना गरेका थिए। आफ्नो कार्यकालमा शून्य सहनशीलताको नीति लिएर गरेको सेवाले उनी जिल्लाबासीको मन जित्न सफल भएका हुन्।

 

 

जिल्लाको ईतिहासमा लामो समय पछि रवाना लिएर जाने समयमा एसपीलाई नागरिकबाट सम्मान गरिएको हो। पछिल्ला वर्षहरूमा जिल्ला प्रहरी प्रमुखको रूपमा आउने एसपीलाई आउने समय जिल्ला बासीले सम्मान गर्ने र जाने समयमा कर्मचारी मिलन केन्द्रमा सामान्य कार्यक्रमको आयोजना गरी बिदाई गर्ने परम्परा बनेको थियो।तर एसपी घिमिरेको कुशल नेतृत्व र सौहार्दपूर्ण ब्यवहारले बिभिन्न पालिकाबाट गएका महिला पुरुषले उनलाई टिका, माला र खाँदा लगाएर सम्मान गर्दै उनको खुलेरै प्रशंसा गरेका थिए।

बिगतमा जिल्ला प्रहरी प्रमुखहरूले सादा पोसाकमा घुमुवा राखेर आर्थिक लाभ लिनेगरेको चर्चा चलिरहेको बेला उनको कार्यकाल बिना घुमुवाको सकिएको छ। कार्यालय समय देखी बिहान बेलुका एसपी घिमिरे स्वयं फिल्डमा खटेर सर्वसाधारणको समस्या सुनेर समाधानको प्रयास गरेका थिए। कुनै कसैको समस्या भन्न नेता तथा जनप्रतिनिधि अथवा सिफारिस गर्ने कोही चाहिँदैन म स्वयं जनताको सेवक हूँ उनको धारणा रहेको थियो। त्यही नीतिको कारण जिल्लाको सबै क्षेत्रमा एसपी घिमिरे सफल हुनुका साथै उनको कार्यकालमा चौतर्फी उपलब्धि देखिएको छ।

 

 

उनको सुक्षम अनुसन्धानले जिल्लामा भएको जघन्य तथा आपराधिक घटनामा संलग्न आरोपीहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन  सफल भएका थिए।४१ बर्षदेखिको सांप्रदायिक विवादको टुंगो
जिल्लाको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको ईशनाथ नगरपालिका–६ खाप घिउरा टोलमा ४१ बर्ष देखिको हिन्दू मुस्लिम बिच सम्प्रदायिक विवादको अन्त गरिएको छ।

 

 

खाप घिउरामा प्रत्येक बर्ष श्रावन महिना लाग्ने महाविरी मेलाको झण्डा घुमाउन  र माघ महिनामा हुने सरस्वती पुजाको मुर्ती सेलाउन हिन्दु समुदायको मानिसहरु मुस्लिम टोल हुदै गाँउ परिक्रमा गर्ने क्रममा साम्प्रदायिक बिवाद हुँदै आएको थियो।

 

 

मुस्लिम समुदायका मानिसहरुले मुस्लिम बस्ती हुदै उक्त मुर्ती र झण्डा लैजान नपाउने भनि विगत बर्षौ देखि  बाटो अवरोध गर्दा हिन्दु र मुस्लिम बिच सम्प्रदायिक हिंसा  हुदै आई रहेको थियो । अघिल्लो वर्षमात्रै त्यही बिषयमा बिवाद हुँदा कैयौ दिनसम्म कर्फ्यू लगाइएको थियो भन्ने प्रदेशभरीको सुरक्षा अधिकारीहरु केन्द्रित भएका थिए।

 

 

 

तर  एसपी घिमिरेसहित जिल्लाका सुरक्षा अधिकारीको प्रयासले हिन्दु र मुस्लिमको मानिसहरु मेलमिलाप गराई २०८१ सालको महाविरी मेलाको झण्डा घुमाउन  र सरस्वती पुजाको मुर्ती सेलाउन हिन्दु  समुदायको मानिसहरु एक आपसी सद्भाव कायम गरी बाजागाजा सहित हर्षोलासका साथ मुस्लिम टोल हुदै गाँउ परिक्रमा गरी झण्डा घुमाउन र मुर्ति बिसर्जन गर्न सफल भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

हुम्लाको पर्यटकीयस्थल लाप्चामा सञ्चार सुविधा

सिमकोट (हुम्ला),हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ । सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको छ । लाप्चाबाट चीनमा पवित्र तीर्थस्थल मानसरोवर कैलाश पर्वतको सहजै दर्शन गर्न सकिन्छ ।लिमी उपत्यकाका तीन गाउँ हल्जी, तीलर...

राष्ट्रिय समाचार समिति (रासस)

काठमाडौँ,  जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपाल ‘जिपीम्यान’को आज यहाँ सम्पन्न २७औँ साधारणसभाले डा विश्वराज दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिको निर्वाचन गरेको छ ।आगामी तीन वर्षका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा डा सुरेशप्रसाद नेपाल, उपाध्यक्षमा डा तीर्थमान श्रेष्ठ, महासचिवमा डा विकास गौचन,...

बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री

झापा, बिर्तामोडस्थित कृषि थोक बजारबाट एक महिनाको अवधिमा रु एक करोड पाँच लाख ९० हजार ८०० को केरा बिक्री भएको छ । इलामको दानाबारी, महमाई र झापाको खुदुनाबारी, शनिश्चरे, मेचीनगर, भद्रपुरलगायत स्थानबाट केरा बिक्रीका लागि किसान यहाँ आउछन् । दसैँ, तिहार र छठ पर्वको अवसरमा...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

मकालु आधार शिविरबाट स्पेनिस नागरिकको उद्धार

किमाथाङ्का (सङ्खुवासभा),  सङ्खुवासभाको मकालु गाउँपालिका–२स्थित मकालु आधार शिविर आरोहणका लागि पुगेका विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।   प्रतिकूल मौसमका र हिमपातका कारण मकालु–२ शेर्पेनोकोलमा फसेका स्पेनिस नागरिक जेसस मार्टिनेज नोभासको छ दिनपछि आज बिहान पाँच हजार ७०० मिटर उचाइबाट हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला...

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ,  बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर,  कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौँ, नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।   प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९