काठमाडौं। राष्ट्रपति रामचन्द्र पाौडेलसँग अजरबैजानका उप विदेशमन्त्री एलनुर मामेडोभ Elnur Mammadov) ले शिष्टचार भेट गरेका छन ।राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएकाे भेटमा राष्ट्रपति पाैडेलले दुई देशबीचकाे सम्बन्धमा नयाँ प्रगति भएकाेमा खुशी व्यक्त गर्दै दुई देशबीचकाे सहकार्यका क्षेत्रहरूकाे पहिचान गरी मिलेर काम गर्नुपर्ने बताए । उनले काेप -२९ मा आफ्नाे सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशकाे सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।
उप विदेशमन्त्री मामाेडाेभले राष्ट्रपति पाैडेलकाे अजरबैजान भ्रमणका कारण दुई देशबीचकाे सम्बन्धमा नयाँ आयम थपिएकाे बताउदै ३० वर्षसम्म कुनै समझदारीपत्रमा हस्ताक्षर हुन नसके पनि अब कुनै न कुनै समझदारीपत्रमा चाँडै हस्ताक्षर हुने गरी काम भइरहेको जानकारी दिए ।