कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ पृथ्वीपुर बजारमा रहेको श्री काेटा तुल्सिपुर ग्रामिण विद्युुत सहकारी सस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष प्यारे लाल डगौराको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारु रहनु भएको थियो ।
संस्थाका उपाध्यक्ष पदम शाहीको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा श्री जागरण महिला समुहका अध्यक्ष बिमला डगौरा ,हरि बैसनव सन्त समुहका अध्यक्ष फत्तेराम डगौरा,पृथ्वीपुर गाउँ समाजको भल्मान्सा लहानु डगौरा , पृथ्वीपुर गाउँ समाजको सल्लाहकार माटिराम डगौरा,श्री सनातन हिन्दु सामाका अध्यक्ष डा. राम बहादुर चौधरी लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।
कार्यक्रममा आर्थिक बर्ष २०७८/०७९ को १७ लाख २ हजार ८ सय ४१ रुपैयाँ बराबरको आय ब्यय रकम अनुमोदन गरिएको छ। र ३लाख ७७ हजार ४ सय ८९.५रुपैयाँ बचत गरेको छ ।
कार्यक्रममा काेटातुल्सिपुर ग्रामिण विद्युत सहकारी सस्थाका लि . शेयर सदस्य नियमित महशुल बुझनेलाई जस्तै धन बहादुर शाही बैदिपुर टाेल ,टिकाराम डगौरा भुरुवा टाेल, छाेटेलाल डगौरा छराही घैला टाेल ,छुन्ना लाल डगौरा,कालीराम चौधरी ,रानी देवि चौधरी ,भजन लाल कठरिया तुल्सिपुर टाेल, पुनम ओझा ,जुगाना कठरियाले सस्थामा पुर्याउनु भएको योगदान को उच्च मुल्यांकन गर्दै १ पिस बल्ब सहित सम्मान गरिको छ।
कार्यक्रमको संचालन श्री जनजागरण युवा क्लबका सचिब सागर चौधरीले गर्नु भएको थियो।





























































































































































